Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Jhalak Sharma’

Facebook upshot: सात समुद्र पारीबाट कोटी कोटी नमस्ते झलक शर्मा सर

Posted by Ram Kumar Shrestha on May 7, 2013

झलक सर माओबादी हुनुस अथवा काङ्रेस अथवा एमाले अथवा राजाबादी, त्यो मेरो सरोकारको बिषय होइन । सर जे हुनु भए पनि मलाई कुनै आपत्ति छैन । यो समय भनेको झलक सर माओबादी अथवा काङ्रेस अथवा एमाले अथवा राजाबादी बन्ने समय होइन यो समय भनेको त माओबादी, काङ्रेस, एमाले, राजाबादी सबै झलक सर बन्ने समय हो सर, झलक सर बन्ने । मर्दा पत्रिकाहरुमा अनगिन्ति ठूला ठूला फोटो सहितका समबेदनाहरु छापिंदा धेरै हाँसेको समेत पाएको छु, तर सर जब यो सांसारिक जीवनबाट बिदा लिनु हुनेछ सरको समबेदना नछापिए पनि धेरैको मन कुँडलिनेछ र समबेदना नछाप्नेहारुसंग क्रुद्ध हुनेछन । त्यसैले पुन: आत्मसन्तुस्टी र गौरवानुभूतिका लागि सात समुद्र पारीबाट कोटी कोटी नमस्कार झलक सर ! कोटी कोटी नमस्कार!!

Jhalakफेसबुकलाई आजकाल त्यत्ति प्रयोग नगर्ने बानीका कारण झलक सरको ट्याग गरिएको फोटो ट्याग गरिएको धेरै दिनपस्चात हेरेपछि प्राप्त जानकारीका कारण कौतुहलता जाग्यो सरको समाचार कत्तिको ‘कपी पेस्ट’ भएछ त भन्ने जान्न र गुगल दाइलाई सोधें । बिचरा गुगल दाइले निहुरिमुण्टो लगाए । यो औपचारिक संसारमा सरले गुडाउने गर्नु भएको त्यो ठेलालाई नेता वा अभिनेता वा अभिनेतृ वा ठूला ब्यापारीले केही सेकेण्डको लागि यसो छोएर फोटो खिचेको भए भंगेरा मार्ने अक्षरमा समाचार कसैले छाप्ने बित्तिकै त्यो समाचार ‘कपी पेस्ट’ गर्न कत्ति तछाड र मछाड हुन्थ्यो होला । त्यो फोटो र समाचार यो फेसबुकको भित्तोमा कत्ति ट्याग र शेयर हुन्थे होलान, तर अफसोंच एउटा स्कूल सन्चालनको लागि प्रधानाध्यापक भएर अहोरात्र ठेला गुडाउने सरको कान्तिपुरमा छापिएको समाचार न त ‘कपी पेस्ट’ भएछन न त एकाध ब्यक्ति बाहेक कसैले सरको फोटोलाई यो फेसबुकमा सजाउनुलाई कर्तब्य र गौरबको रुपमा लिएछन । शायद कान्तिपुरले यस्तै सामग्रीलाई एक किसिमले स्तम्भको रुपमा राख्ने नगरेको भए र यही एकाध ब्यक्ति नहुँदा हुन त सात समुद्र पारी बसेर सरसंग यसरी भावनात्मक सम्बन्ध गाँस्ने अबसर कहाँबाट जुटथ्यो र?

धेरैले चिनेकाहरुलाई चिनेरै पनि भेटदा आफ्नो स्वार्थको लागि कसैलाई खुशी बनाउन चाकडी गर्ने आफ्नो धर्म नभएको कारण मन लागि नलागी छाती खुम्च्याएर नमस्ते गर्ने गरेकोमा सरलाई भने नचिनेरै पनि राम्रैसंग चिनें र यो सात समुद्र पारीबाट छात्ती ठूलो बनाएर कोटी कोटी नमस्ते गर्दैछु र यसो गर्दा आनन्दानुभूति र गौरावानुभूति दुबै भैरहेछ । झलक सर, मलाई न त गोर्खा दक्षिण बाहु न त अन्य केही तक्मा हात पारेर छात्तिमा झुण्ड्याएको फोटो कोठामा झुण्ड्याएर गूड्डी हाँक्ने रहर छ न त यो फेसबुकमा राखेर लाइक र कमेण्ट बटुल्ने रहर नै । मलाई त सुकेनासले ग्रस्त लुलो नेपाल बाहुलाई मजबुत बनाउन सरकै जयजयकार गर्ने चाहना छ । मरेको भोलिपल्ट दुई दिन हुने यो जीवनमा बलेको आगो ताप्ने काम गरेर आफूलाई बिटुल्याउँदै भित्रभित्रै आँफैमा हिनताबोध गर्दै मनमनै भुटभुटिनुभन्दा त सरकै जयजयकार गर्दै आत्मसन्तुस्टी लिनु नै उचित ठान्छ मेरो धर्मले सर ।  Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Tagged: , , , | Leave a Comment »