Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for February, 2020

नेपाल आइडल र नेपाली एडेलहरु

Posted by Ram Kumar Shrestha on February 2, 2020

Nepali-Adele

करीब ढाइ बर्ष अघि बर्तमान नेपाली सांगितिक क्षेत्रका एक चर्चित ब्यक्तित्व सोनुप पौडेल भाईले एउटा गीतको प्रसंशा गरेर गर्नु भएको पोस्टको लिंक मार्फत एउटा गीतमा पुगें उहाँले प्रसंशा गरिने गीत सामान्य हुने भन्ने कुरै नभएकोले । सो गीतभित्र पसेपस्चात त्यस्लाई मैले धेरै पटक हेरें । नेपाली मूलको नयाँँ पुस्ताद्धारा गाइएको बिशेषत: सो गीतको १:४५ र २:१० समयको वरिपरिको केही सेकेण्डका क्षणहरु अत्यन्तै सेन्सेसनल छन । सोनुप भाईको स्टाटसलाई आधार बनाएर सो गीतको बारेमा समाचार पनि प्रकाशित भए । अभिशेक गुरुङ र कामाक्षी राईद्धारा गाइएको Meghan Trainor को यो गीत better than original भन्ने कमेण्टहरु पनि देखिए । सो गीतको लिंक जानकारीको लागि https://www.youtube.com/watch?v=DLR6lg39UBY

सन २००१ मा वेलायतबाट शुरु गरिएको पप आइडल १६ बर्षपछि नेपालमा शुरु गरिएपस्चात दोश्रो सेसनमा आइपुग्दा नै यस्ले ठूलो फड्को मारिसकेको देखिन्छ । दोश्रो सेसनको अहिलेसम्ममा बाँकी रहेका र बिदा भएका स्वस्तिका बराल, रमिता शर्मा लगायत केही कलाकार अब्बल दर्जाका कलाकारको हैसियतको रुपमा स्वीकार्न निर्णायक् मण्डल हिचकिचाएका छैनन । त्योभन्दा अगाडी बढेर न्ह्यू बज्राचार्यले त देशले १०-१२ बर्षमा एउटा कलाकार जन्माउनेमा त्यो कलाकार यो समूहबाट पाउन सक्ने संभावनातर्फ समेत इंगित गर्नु भएको छ । यदि यो कार्यक्रम शुरु नहुँदो हो त यी सबै सांगितिक युवा निधिहरु सीमित समुदायमा नै सीमित हुन सक्थे । यही कार्यक्रमकै कारण यी कलाकारहरु सार्वजनिक मात्रै भैरहेका छैनन कि नयाँ पुस्ताका यिनीहरुले पुराना पुस्ताका अमूल्य निधिहरुलाई नयाँँ पुस्ताको बीच थप जीवन्त बनाउने महत्वपूर्ण सेतुको रुपमा समेत काम गर्दैछन । Read the rest of this entry »

Posted in Article, रोचक जानकारी, लेख/ रचना /निबन्ध | Leave a Comment »