Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for January, 2018

विलक्षण प्रतिभाकी धनी जलजला मृत्युलाइ जित्ने प्रयासमा संघर्षरत

Posted by Ram Kumar Shrestha on January 28, 2018

Jaljala Pariyar Nepali Tara Season 3नेपाली तारा सिजन ३ बाट आफूलार्इ चिनाउन सफल होनहार गायिका जलजला परियारको यति सानै उमेरमा दुबै मृगौलाले काम गर्न छोडेर हाल टिचिङ अस्पातलमा उपचारमा छिन । उन्को स्वास्थ्य समस्याको प्रकृतिका कारण ठुलो रकमको आबस्यक पर्ने भएकोले नेपाली साङ्गितिक आकाशमा चम्कदै गरेको एउटा नक्षत्रलाई निभ्न नदिने अभिप्रायले देश बिदेशमा बिभिन्न किसिमबाट “जलजला परियार बचाउ अभियान” शुरु भएका छन ।

जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले पनि सहयोग जुटाउने अभियान थालेका छन् उनको उपचारका लागि आफैंबाट १० हजार रुपैयाँ दिएर । त्यस्तै अन्य कलाकारहरु र सर्बसाधारणहरु पनि यस अभियानमा लागिरहेका छन ।

नेपाली सांगितिक बगैंचामा राम्रोसंग फुल्नै नपाई कोपिलामै यस्तो गंभीर स्वास्थ्य समस्या झेल्न बिबस हुनु परेकोमा देश बिदेशबाट जनस्तरमा सकृयता बढे तापनि सरकारको ध्यान भने अझै पुगेको छैन र एउटी सरस्वती पुत्रीलाई हामी सबैको सहयोगको आवश्यकता देखिन्छ आ-आफ्नो गच्छे अनुसारको । ठूलो सम्भावना बोकेकी विलक्षण प्रतिभाकी धनी जलजला मृत्युलाइ जित्ने प्रयासमा संघर्षरत भएको बेलामा आर्थिक सहयोग गर्न चाहनेहरुको लागि जलजलाकै बुवाको खाता विवरण:
Global IME Bank.
Acc no. :- 3507010003576.
Father:- Narayan Bahadur Darji.
Mob. No. :- 9843603005

ScotNepal Facebook Video

Read the rest of this entry »

Posted in Article, बिबिध, समाचार | Tagged: , , | Leave a Comment »

क्लिन काष्ठमान्डप अभियानका अभियन्ता १७ बर्षिय केपी खनाल

Posted by Ram Kumar Shrestha on January 13, 2018

काठमाण्डौं सफा राख्ने काममा सरकार दशकौंसम्म सफल हुन नसकिरहेको बेला “शुरुवात आँफैबाट गर्नुपर्छ”, “म बदलिन्छु, मेरो देश बदलिन्छ”, “मन बदलिए, सोंच बदलिए देश बदलिन्छ”, “बोलेरभन्दा गरेर देखाउने” जस्ता आधारभूत महत्वपूर्ण नाराहरुका साथ अभिभाबकहरुमाथि आश्रित हुने उमेर १७ बर्षको उमेरमा क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्षका रुपमा केपी खनालले पौष २७ गते औपचारिक रुपमा अभियान शुरु गर्नु भएको छ जस्को पछाडि बुद्धिजीबी, पत्रकार, राष्ट्रिय स्तरका नेता स्वत: स्फूर्त रुपमा देखा परेका छन । यस्मा सबैको आ-आफ्नो क्षेत्रबाट सहयोग, सदभाब र ऐक्यबद्धता भएको खण्डमा यो अभियानले काठमाण्डौं र बिस्तारै नेपाल नै सफा राख्ने सपनाले साकार रुप लिनेछ । 

KP Sonika काठमाण्डौं सफा राख्ने काममा सरकार दशकौंसम्म सफल हुन नसकिरहेको बेला “शुरुवात आँफैबाट गर्नुपर्छ”, “म बदलिन्छु, मेरो देश बदलिन्छ”, “मन बदलिए, सोंच बदलिए देश बदलिन्छ”, “बोलेरभन्दा गरेर देखाउने” जस्ता आधारभूत महत्वपूर्ण नाराहरुका साथ अभिभाबकहरुमाथि आश्रित हुने उमेर १७ बर्षको उमेरमा क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्षका रुपमा केपी खनालले पौष २७ गते औपचारिक रुपमा अभियान शुरु गर्नु भएको छ जस्को पछाडि बुद्धिजीबी, पत्रकार, राष्ट्रिय स्तरका नेता स्वत: स्फूर्त रुपमा देखा परेका छन । यस्मा सबैको आ-आफ्नो क्षेत्रबाट सहयोग, सदभाब र ऐक्यबद्धता भएको खण्डमा यो अभियानले काठमाण्डौं र बिस्तारै नेपाल नै सफा राख्ने सपनाले साकार रुप लिनेछ ।

Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , | Leave a Comment »

दलाई लामाको स्वीकारोक्तिको अर्थ

Posted by Ram Kumar Shrestha on January 8, 2018

प्रधानमन्त्रीका रुपमा मोदीले बिभिन्न देशमा वुद्ध जन्मस्थलबारे गलत कुरा बोलोस वा धर्म गुरुका रुपमा दलाई लामाले वा योग गुरुका रुपमा रामदेवले आफ्नो पुस्तकमा लेखोस्, वा अझै खरबौं खर्चेर अन्य नक्कल्ली लुम्बिनी र कपिलवस्तु बनाओस त्यस्ले प्राबिधिक समस्याका कारण वुद्ध जन्मस्थल बिषयमा धेरै देशमा गलत जानकारी कायमै रहे तापनि बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएको आधिकारिक सत्य र तथ्यको जरो कसैले पनि हल्लाउन सक्ने होइन । ती कार्यले आस्थायी रुपमा यसो हाँगाबिंगा हल्लाउने मात्रै हुन ।

DLबुझ्नै पर्ने एउटा कुरा के हो भने चाहे प्रधानमन्त्रीका रुपमा मोदीले बिभिन्न देशमा वुद्ध जन्मस्थलबारे गलत कुरा बोलोस वा धर्म गुरुका रुपमा दलाई लामाले वा योग गुरुका रुपमा रामदेवले आफ्नो पुस्तकमा लेखोस्, वा अझै खरबौं खर्चेर अन्य नक्कल्ली लुम्बिनी र कपिलवस्तु बनाओस त्यस्ले प्राबिधिक समस्याका कारण वुद्ध जन्मस्थल बिषयमा धेरै देशमा गलत जानकारी कायमै रहे तापनि बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएको आधिकारिक सत्य र तथ्यको जरो कसैले पनि हल्लाउन सक्ने होइन । ती कार्यले आस्थायी रुपमा यसो हाँगाबिंगा हल्लाउने मात्रै हुन । आखिर बाध्यताबस उनीहरु सबैले सत्य नस्वीकारी धरै छैन र स्वीकारिरहेका पनि छन । हामीलाई चिन्ता के मात्रै हो भने त्यो स्तरका ब्यक्तिहरुले जे मन लाग्यो लेख्न वा बोल्न रमाउने नकारात्मक चरित्रयुक्त ब्यक्तिहरुले जस्तै आफूलाई प्रदर्शित गरेर आफूलाई हल्का बनाउनतिर नलागिदेवस ।

वुद्ध जन्मस्थलबारे दलाई लामाको २०१२ को वेलायतको र केही समय अघिको भनाइ, मोदीको नेपालमा बोलेको ठीक बिपरीत फ्रान्स र जर्मनमा गएर बोलिएको बोली, नेपालमा आउँदा सही बोले पनि रामदेबको पुस्तकमा भएको लेखाइ, नेपाल सरकारको लुम्बिनीप्रतिको नालायकी रवैया जस्ता कुराहरुलाई भर्याङ बनाएर बेला बखतमा केही नेपालीहरु पनि यदाकदा वुद्ध जन्मस्थलबारे अनौठा तवरले कुराहरु सार्वजनिक गर्ने गर्छन् । उनीहरुले उठाउने गरिएका कुराहरु वुद्ध भनेको ज्ञान हो र ज्ञानको जन्मस्थानबारे बिबाद अनाबस्यक, वुद्ध जन्मेको बेला न त नेपाल थियो न त भारत, सिद्धार्थ नेपालमा जन्मिएका हुन वुद्ध त भारतमा नै हुन, वुद्ध जन्मिएको ठाउँमा सरकारले केही नगर्ने अनि वुद्ध नेपालमा जन्मेको भनेर मात्रै के गर्ने, भारतले नक्कल्ली लुम्बिनी बनाएको नभएर नक्कल्ली कपिलवस्तु बनाएको भन्ने हुन । भारतले अत्यन्तै चतुर्याइका साथ नीजि क्षेत्रलाई अगाडि सारेर खरबौं खर्चेर नक्कल्ली कपिलवस्तु बनाएको मात्रै नभएर उस्को नेपालभित्र नदेखिने अर्को ठुलो लगानी भएको कुरामा पनि कोही पनि अनभिज्ञ छैनन ।

Read the rest of this entry »

Posted in Article, बिबिध, लेख/ रचना /निबन्ध | Leave a Comment »

“तिम्रै लागि” नेपाली गीतको भिडिओ सार्वजनिक

Posted by Ram Kumar Shrestha on January 2, 2018

Vicky

बिदेशमा बस्ने नयाँँ पुस्ताले नेपाली भाषालाई त्यत्ति वास्ता नगरेकोले यस्को लागि कार्यक्रम ल्याइनु पर्ने आवाज उठिरहेको बेला नयाँँ बर्षकै दिन नयाँँ पुस्ताका प्रतिनिधिका रुपमा मेलबर्न निवासी भिकी श्रेष्ठ र रुसा कर्माचार्यले “तिम्रै लागि” दु:खान्त नेपाली गीतको भिडिओ सार्वजनिक गरेका छन । यो भिडिओ जीवन रसाइलीद्धारा तयार गरिएको हो । संपूर्ण टिमलाई हार्दिक बधाई ।

Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , , , | Leave a Comment »