Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for September, 2015

गणेशमानको लुकाइन खोजिएको सशक्त पक्ष

Posted by Ram Kumar Shrestha on September 4, 2015

रामकुमार श्रेष्ठ

बिस्वद्धारा वुद्धका रुपमा चिनिएका तात्कालिन सिद्धार्थ केही नगरिकनै कानूनत: राजा हुन पाउने अबसरलाई कुनै महत्व नै नदिएर जंगल पसे । शायद त्यसो नगरेका भए राजा सिद्धार्थको नाम कतिले पो सुन्थे होलान र, तर त्यही कुर्सी छाडेर जे गरे त्यसैका कारण झन्डै तीन हजार बर्ष अघि उन्ले प्रतिपादन गरेका सुख र शान्तिका आधारभूत सिद्धान्तहरु आज पनि उत्तिक्कै मान्य र स्तुतीय छन र तिनैका आधारमा विस्वले नै उन्लाई पुजेको छ । उनीपछि अहिलेसम्मको विस्वमा संसारभरी नै कुर्सीका लागि कस्ता कस्ता खेल भए, कति हत्याकाण्ड भए त्यस्को चर्चा परिचर्चा सामान्य र छोटो हुनेछैन । सरकार प्रमुख वा राष्ट्र प्रमुखको पाएको कुर्सीमा रहेर सामान्य जीवन ब्यतित गर्ने यदाकदा भेटिएलान, तर त्यस्लाई सहजै छाड्ने र अझ प्राप्त कुर्सीलाई अस्वीकार नै गर्ने भने शायदै भेटिएला । साधु सन्तको रुपमा परिचय स्थापित गर्न खरानी घस्नै पर्ने र गेरु वा पहेंलो बस्त्र लगाउनै पर्ने होइन र त्यसो गर्नेहरु पनि धेरै नक्कल्ली भएको पाइेएको छ । सबै लालायित हुने प्राप्त भौतिक सुबिधालाई ब्यक्तिगत स्वार्थबाट माथि उठेर व्यबहारसम्मत ढंगबाट त्याग्ने गणेशमान आधुनिक नेपालका त्यागी सन्त राजनेता पनि हुन ।

Ganesh Manलौह पुरुष, प्रजातन्त्रका पिता र प्रजातन्त्रका सेनानी जस्ता उपनामले चिनिने गणेशमान सिंहको शब यात्रामा तात्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पैदल नै सहभागी भएका थिए । पूर्व प्रधानमन्त्री चन्दद्धारा लिखित “बार्हौं खेलाडी” हाँस्य ब्यङबाट प्रभाबित भएर उन्लाई राजनीतिज्ञभन्दा पनि साहित्यकार र भद्र पुरुषको रुपमा सम्मान गर्ने भएकोले प्रधानमन्त्री भैसकेपछि पनि लामो समय डेरामा नै बसिरहेका उन्को गट्ठाघरस्थित डेरामा भेटन पुगें उनीसंग साहित्यिक बिषयमा कुराकानी गर्न र एउटा पत्रिकाको लागि लेख आग्रह गर्न । केही बेरको कुराकानीपछि भर्खरै लेखेर सकाउनु भएको अप्रकाशित लेख “कुर्सी” ल्याएर दिनु भयो । उहाँले त्यो लेखमा कुर्सीको लागि मानिसले के के मात्रै गर्दैनन, तर जब कुर्सीमा पुग्छन त कुर्सी प्राप्तीका लागि गरेका सम्पूर्ण दु:ख र प्रतिबद्धताहरुलाई कसरी बिर्सिन्छन भन्ने कुरालाई अत्यन्तै राम्रो ढंगले प्रस्तुत गर्नु भएको छ । पूर्व प्रधानमन्त्री चन्दको “कुर्सी” लेखको भावना र जस्तोसुकै हथकण्ठा अपनाएर पनि सबैले प्राप्त गर्न लालायित प्रधानमन्त्रीको कुर्सीको लागि तात्कालिन राजा बीरेन्द्रद्धारा गरिएको प्रस्तावलाई समेत तिलान्जली दिने गणेशमानको महानता दुबैको देशको बर्तमान अवस्थासंग आ-आफ्नै किसिमको गहिरो सम्बन्ध र महत्व छ । मूलत: कुर्सीकै खेलका कारण लामो समय पट्यार र कहालीलाग्दो किसिमले देश यसरी अनाबस्यक तवरबाट दलदलमा भाँसिएर गतिरोध सिर्जना भैरहेको यस्तो बेला यस्ता महान ब्यक्तिलाई सम्झनु र त्यस्को ब्यापक चर्चा परिचर्चा गर्दै देशले सामना गर्न परेको बर्तमानको दयनीय अवस्थाबाट पार लगाउन यस्लाई मार्गदर्शनको रुपमा लिनु आबस्यक देखिन्छ । बिशेषत: ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर उहाँले देखाउनु भएको कुर्सीप्रतिको अनाशक्तिको प्रबृति र मानसिकतालाई संस्थागत गरेर सम्मानित कुर्सीको वास्तबिक मर्यादा स्थापनार्थ लागिनु पर्ने हाम्रो समयको बिशेष माग हो र यस्का लागि जनता लालायित छन । तर अफसोंच यो महत्वपूर्ण पाटोलाई जानाजान छायाँमा पार्ने प्रयास भएको प्रस्टै देखिन्छ, जुन स्वार्थपूर्ण राजनीतिक बातावरणमा स्वाभाबिकै हो पनि । बर्तमान आधुनिक नेपालको सीमानाभित्र जन्मेर सरकार प्रमुख वा राष्ट्र प्रमुखको प्राप्त कुर्सीलाई तिलान्जली दिनेमा वुद्धपछिका महापुरुषमा गणेशमान सिंह नै हुन । र यस्लाई छायाँमा पर्न र पार्न नदिने दायित्व भने सचेत जनताको काँधमा आइपुगेको छ ।      Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध | Leave a Comment »

मार्मिक कथा: फेसबुकमा फेला परेको बिना शिर्षकको अत्यन्तै मार्मिक कथा

Posted by Ram Kumar Shrestha on September 2, 2015

Capture10

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन – फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भनें: “तिमिसित एउटा कुरा गर्नु छ्”। तिनी बसिन र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमका साथ राखेँ | मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ | तिनी रिसाइन र चप्स्टिक हुर्याएर मलाई ‘नामर्द’ भन्दै चिच्याइन |

त्यस रात हामी दुवैबिच कुराकानी भएन,तिनी रुइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो | तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन | जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ | तिनिप्रति दया जागेर आयो | गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ | तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो |यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ | तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् |साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो | Read the rest of this entry »

Posted in साहित्य | Tagged: | Leave a Comment »