Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

मार्मिक कथा: फेसबुकमा फेला परेको बिना शिर्षकको अत्यन्तै मार्मिक कथा

Posted by Ram Kumar Shrestha on September 2, 2015


Capture10

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन – फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भनें: “तिमिसित एउटा कुरा गर्नु छ्”। तिनी बसिन र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो – म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमका साथ राखेँ | मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ | तिनी रिसाइन र चप्स्टिक हुर्याएर मलाई ‘नामर्द’ भन्दै चिच्याइन |

त्यस रात हामी दुवैबिच कुराकानी भएन,तिनी रुइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो | तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन | जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ | तिनिप्रति दया जागेर आयो | गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ | तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो |यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ | तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् |साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो |

अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, तिनी अझै लेख्दै थिइन | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन- सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले म बाट कुनै हकदावी गरिन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो | यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यो सँस्मरण गर्न भनिएको थियो| अनि त्यो एक महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो| कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ | मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन | हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो | ड्याडिले मम्मीलाइ बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो | छोराले त्यसो भन्दा मैले नजानिन्दो पिडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है | मैले दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर लागिन भने,म एक्लै गाडी हाँकेर अफिस गएँ |दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो | तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो|वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |

चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले | मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन | आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ | शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए,हाम्रो विवाह् अवसरमा झै मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |

तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन जब मैले तिनलाई बोकेँ,किन किन मैले पाइला चाल्न सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन | म काममा हिँडे,अफिस पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो | माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन | आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन | तिमीलाई जरो आएको छ ? तिनले सोधिन | निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु | जेन जुरुक्क उठिन,बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन | म गाडी चढेर घरतर्फ लागेँ | बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ – जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन – फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!

तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ| सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ |

(घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु | यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो,फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ,जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ | फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो | मौलिक लेख अंग्रेजिमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु | कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्| मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु| पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै…..)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: