Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

गणेशमानको लुकाइन खोजिएको सशक्त पक्ष

Posted by Ram Kumar Shrestha on September 4, 2015


रामकुमार श्रेष्ठ

बिस्वद्धारा वुद्धका रुपमा चिनिएका तात्कालिन सिद्धार्थ केही नगरिकनै कानूनत: राजा हुन पाउने अबसरलाई कुनै महत्व नै नदिएर जंगल पसे । शायद त्यसो नगरेका भए राजा सिद्धार्थको नाम कतिले पो सुन्थे होलान र, तर त्यही कुर्सी छाडेर जे गरे त्यसैका कारण झन्डै तीन हजार बर्ष अघि उन्ले प्रतिपादन गरेका सुख र शान्तिका आधारभूत सिद्धान्तहरु आज पनि उत्तिक्कै मान्य र स्तुतीय छन र तिनैका आधारमा विस्वले नै उन्लाई पुजेको छ । उनीपछि अहिलेसम्मको विस्वमा संसारभरी नै कुर्सीका लागि कस्ता कस्ता खेल भए, कति हत्याकाण्ड भए त्यस्को चर्चा परिचर्चा सामान्य र छोटो हुनेछैन । सरकार प्रमुख वा राष्ट्र प्रमुखको पाएको कुर्सीमा रहेर सामान्य जीवन ब्यतित गर्ने यदाकदा भेटिएलान, तर त्यस्लाई सहजै छाड्ने र अझ प्राप्त कुर्सीलाई अस्वीकार नै गर्ने भने शायदै भेटिएला । साधु सन्तको रुपमा परिचय स्थापित गर्न खरानी घस्नै पर्ने र गेरु वा पहेंलो बस्त्र लगाउनै पर्ने होइन र त्यसो गर्नेहरु पनि धेरै नक्कल्ली भएको पाइेएको छ । सबै लालायित हुने प्राप्त भौतिक सुबिधालाई ब्यक्तिगत स्वार्थबाट माथि उठेर व्यबहारसम्मत ढंगबाट त्याग्ने गणेशमान आधुनिक नेपालका त्यागी सन्त राजनेता पनि हुन ।

Ganesh Manलौह पुरुष, प्रजातन्त्रका पिता र प्रजातन्त्रका सेनानी जस्ता उपनामले चिनिने गणेशमान सिंहको शब यात्रामा तात्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पैदल नै सहभागी भएका थिए । पूर्व प्रधानमन्त्री चन्दद्धारा लिखित “बार्हौं खेलाडी” हाँस्य ब्यङबाट प्रभाबित भएर उन्लाई राजनीतिज्ञभन्दा पनि साहित्यकार र भद्र पुरुषको रुपमा सम्मान गर्ने भएकोले प्रधानमन्त्री भैसकेपछि पनि लामो समय डेरामा नै बसिरहेका उन्को गट्ठाघरस्थित डेरामा भेटन पुगें उनीसंग साहित्यिक बिषयमा कुराकानी गर्न र एउटा पत्रिकाको लागि लेख आग्रह गर्न । केही बेरको कुराकानीपछि भर्खरै लेखेर सकाउनु भएको अप्रकाशित लेख “कुर्सी” ल्याएर दिनु भयो । उहाँले त्यो लेखमा कुर्सीको लागि मानिसले के के मात्रै गर्दैनन, तर जब कुर्सीमा पुग्छन त कुर्सी प्राप्तीका लागि गरेका सम्पूर्ण दु:ख र प्रतिबद्धताहरुलाई कसरी बिर्सिन्छन भन्ने कुरालाई अत्यन्तै राम्रो ढंगले प्रस्तुत गर्नु भएको छ । पूर्व प्रधानमन्त्री चन्दको “कुर्सी” लेखको भावना र जस्तोसुकै हथकण्ठा अपनाएर पनि सबैले प्राप्त गर्न लालायित प्रधानमन्त्रीको कुर्सीको लागि तात्कालिन राजा बीरेन्द्रद्धारा गरिएको प्रस्तावलाई समेत तिलान्जली दिने गणेशमानको महानता दुबैको देशको बर्तमान अवस्थासंग आ-आफ्नै किसिमको गहिरो सम्बन्ध र महत्व छ । मूलत: कुर्सीकै खेलका कारण लामो समय पट्यार र कहालीलाग्दो किसिमले देश यसरी अनाबस्यक तवरबाट दलदलमा भाँसिएर गतिरोध सिर्जना भैरहेको यस्तो बेला यस्ता महान ब्यक्तिलाई सम्झनु र त्यस्को ब्यापक चर्चा परिचर्चा गर्दै देशले सामना गर्न परेको बर्तमानको दयनीय अवस्थाबाट पार लगाउन यस्लाई मार्गदर्शनको रुपमा लिनु आबस्यक देखिन्छ । बिशेषत: ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर उहाँले देखाउनु भएको कुर्सीप्रतिको अनाशक्तिको प्रबृति र मानसिकतालाई संस्थागत गरेर सम्मानित कुर्सीको वास्तबिक मर्यादा स्थापनार्थ लागिनु पर्ने हाम्रो समयको बिशेष माग हो र यस्का लागि जनता लालायित छन । तर अफसोंच यो महत्वपूर्ण पाटोलाई जानाजान छायाँमा पार्ने प्रयास भएको प्रस्टै देखिन्छ, जुन स्वार्थपूर्ण राजनीतिक बातावरणमा स्वाभाबिकै हो पनि । बर्तमान आधुनिक नेपालको सीमानाभित्र जन्मेर सरकार प्रमुख वा राष्ट्र प्रमुखको प्राप्त कुर्सीलाई तिलान्जली दिनेमा वुद्धपछिका महापुरुषमा गणेशमान सिंह नै हुन । र यस्लाई छायाँमा पर्न र पार्न नदिने दायित्व भने सचेत जनताको काँधमा आइपुगेको छ ।     

सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले संसारमै अत्यन्तै धनी देशको रुपमा मानिने नेपालमा केही जाती र भाषा लगायत संस्कृतिक बस्तुहरु र गतिबिधिहरु आधुनिकताका नाममा खुला विश्व परिबेशका कारण लोपोन्मुख अवस्थामा रहेकोले यिनीहरुको सक्दो संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उद्धेस्यका साथ काठमाण्डौंमा अन्तराष्ट्रिय संगोस्ठी आयोजना गरिएको थियो १९९६ मा । सोही कार्यक्रममा उपस्थित वेलायती महारानी एलिजावेथको नेपाल भ्रमण क्रममा इटालीको एक पत्रिकाका लागि रिपोर्टिङ गर्न सन् १९६१ मा पहिलो पटक नेपाल आएर नेपालको प्राकृतिक सुन्दरतासँग मोहित भै नेपालमै बसोबास गर्दै आएकी न्यू योर्ककी पत्रकार एबं चर्चित लेखिका बार्बरा एडम्ससंग आयोजक सदस्यको हैसियतमा छोटो कुराकानी गरेको थिएँ र कुराकानीको सिलसिलामा उन्ले भनेकी थिइन, “अत्यन्तै महत्वपूर्ण र महत्वाकांक्षी परियोजना । यस्लाई पूर्णता दिन धेरै कुराहरु समेटिनु पर्ने र कुर्सीको खेलबाट जोगिनु पर्ने ।” ‘भोलि म मर्दा एक अमेरिकन नागरिकको निधनको खवर नभई एक नेपाली नागरिको निधनको खवर छापियोस्, मेरो व्यक्त गर्नुपर्ने भावना यही हो ।’ भनी नेपाली नागरिकताको लागि मार्मिक निवेदन दिने काम र नेपालका ठूला ठूला भ्रस्टाचारका बिरुद्ध लेखहरु मार्फत चर्चामा रहकी यिनी पूर्व राजा ज्ञानेन्द्रकी काकी पनि हुन । यो त्यही परियोजना हो जस्को लागि मैले तयार गरेको प्रारंभिक गुरु योजना र परियोजना अबधारणालाई आधार सामग्री बनाएर तात्कालिन युवा तथा संस्कृति मन्त्री बल बहादुर केसीले क्याबिनेटमा प्रस्ताव राखी क्याबिनेट निर्णय मार्फत कीर्तिपुरको चम्पादेबीमा आबस्यक जग्गा उपलब्ध गराइेएको छ भने सो म्युजियम तयार नहुँदासम्म त्यस्को तलतल मेटाउने बिकल्पको रुपमा त्यस्को अबधारणा जनसाधारणलाई बुझाउने अभिप्रायले नेपाल टुरिज्म बोर्डको पहिलो तल्लामा म र एकजना म्युजिओलोजिस्टले कन्सल्ट्यण्टको रुपमा संयुक्त रुपमा तयार पारेको डिजाइन अनुरुप मिनी म्युजियम तयार गरिएको छ । यो परियोजनाको लागि तात्कालिन युबराज दीपेन्द्र संरक्षक बस्ने कुरा करीब अन्तिम अवस्थामा पुगेकै बेला दरबार हत्याकाण्ड भयो । यो समयाबधिमा योभित्र बार्बरा एडम्सले भने अनुसारको कुर्सीका खेल भए भएनन त्यो आफ्नो ठाउँमा छ र म आफू एक दशकभन्दा बढी देश बाहिर रहेकोले यसबारे बोल्नु उचित नहोला, तर नेपाल सरकारले जग्गा उपलब्ध गराएको झन्डै दुई दशकपछि बिस्तृत गुरु योजना तयार गर्नका लागि ठुलो रकम भने छुट्याएको थियो ।

बीस वर्षको जेल बसाइपछि बाहिर आँउदा नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले समेत तीन घन्टाको लाइनमा बसेर हातमा पुष्पार्पण गरिएका ‘जेलमा बीस वर्ष’ नामक चर्चित पुस्तकका लेखक खड्गमान सिंहलाई भेट्न २०३९ मा सोध्दै खोज्दै पुग्दा उन्को घरमा ताल्चा लागेको देखेर वरिपरिका छिमेकीसंग जानकारी लियौं र आइपुग्ने बेला हुन लागेको थाहा पाइ पर्खी बस्यौं । केही समयमा दौरा सुरुवाल लगाएका र कम्मरमा पटुका बांधेका ७५ बर्षका एकजना साइकलमा आइपुग्दा सबै हुलिया बुझिसकेकोले हामीले प्रतिक्षा गरेको ब्यक्ति नै हुन भनी नमस्ते गर्यौं । केही बेरको कुराकानीपछी हामी उहाँको घरमा पस्यौं । हामीले नकार्दा नकार्दै पनि उहाँले स्टोभ बाली चिया बनाउनु भयो । एकाध घण्टाको बसाइको क्रममा कुराकानीको सिलसिलामा उठेका प्रसंगहरुलाई देखाउनका लागि बिभिन्न पुस्तकहरु ल्याउँदै तुरुन्तै खोजेको कुरा पता लगाएको देखेर त्यो उमेरमा पनि उहाँको स्मरणशक्ति कति सशक्त रहेछ भनी बुझ्न सकिन्थ्यो । राणाकालमा उहाँको सर्बस्व हरण भएकोले राजा त्रिभुवनले केही संपत्ती दिएर आफ्नी छोरी प्रज्ञा राज्यलक्ष्मीसंग बिहे गरिदिएका थिए । सिंह मन्त्री हुँदा आफ्ना स्वकीय सचिबले आफ्नु कारणले घुस खान नपाएको रिस पोख्ने क्रममा अरुसंग “खड्गे आफू पनि बिग्र्यो, अरुलाई पनि बन्न दिएन” भन्दै हिंडेको कुरा आफूकहाँ आइपुगेको बताउँदै इमान्दारितापूर्बक कुर्सीमा बसेर जिम्मेवारी निर्बाह गर्न पनि कठीन हुने गुनासो पोखे कुराकानीको सिलसिलामा । उनले जीवनको उत्तर्रार्धमा भनेका पनि थिए, “राजनीतिमा लाग्ने सबै स्वार्थी, कपटी र धुर्त हुँदैनन्, हृदयमा स्नेह र सेवापरायण, समता र सद्व्यबहार धारण गर्ने पनि हुन्छन् ।” आज यी महान ब्यक्ति पनि अन्य नि:स्वार्थी महत्वपूर्ण ब्यक्ति जस्तै छायाँमा परेका छन, छायाँमा पारिएका छन आदर्श छाँट्दै स्वार्थको लागि बलेको आगो ताप्नेहरुकै हालीमुहाली भएको समाजमा – देशको एउटा बिडम्बना ।

माथि तीन फरक फरक महत्वपूर्ण ब्यक्तित्वहरुका प्रस्तुति, त्याग र चिन्ता सहितका दृस्टान्तहरु पेश गरियो कुर्सीसंग सम्बन्धित फरक फरक समस्याहरुलाई समेट्ने गरी । उपर्युक्त दृस्टान्तहरुमा कुर्सीसंग सम्बन्धित तीन फरक प्रकृतिका बिषयबस्तु उठान गरिएका छन – कुर्सी प्राप्तीका लागि जे पनि गर्ने र जस्तोसुकै खेल पनि खेलिने तर प्रतिबद्धता र कर्तब्यबोधप्रति खासै गम्भीर नहुने, पहिलो । कुर्सीको खेलका कारण उद्धेस्य प्राप्ती कार्य असहज र जटिल हुने समस्या, दोश्रो । यी दुबै प्रकृतिको समस्याको प्राचुर्यताका कारण जनतामा राजनीतिप्रतिको बितृष्णा चरम उत्कर्षमा पुगेको छ र यो नै देशको गतिरोधको प्रमुख कारण पनि हो । इमान्दारिताका साथ् जिम्मेवारी बहन गर्न चाहनेहरुले परंपरागत ब्युरोक्रेसी र इमान्दार नहुनेहरुको बिभिन्न चक्रब्युहका कारण समस्या सामना गर्नु पर्ने प्रकृतिको समस्या, तेश्रो । इमान्दार ब्यक्तिहरु खटकिने भएकोले यस किसिमका समस्या थोरै हुन्छन र पनि उनीहरुका बारे सिर्जना गरिने अनेक अनाबस्यक स्वार्थपूर्ण कथाहरुले गर्दा सिर्जित दिग्भ्रमका कारण त्यस्ता ब्यक्तिहरु र जन समर्थनका बीच दरार कायम गरिन्छ । यस्ले गर्दा पनि देश र समाजले जन चाहना र समयानुकुल दिशाबोध गर्न सकिरहेको हुन्न ।

सरकार प्रमुख अथवा राष्ट्र प्रमुखको जिम्मेवारी प्राप्तीका खातिर संसारको जुनसुकै कुनामा पनि अनेक किसिमका खेल, षड्यन्त्र र हत्याकाण्ड हुने गरेका छन । प्राप्त जिम्मेवारीबाट बाध्यताबश पंछिने कार्य यदाकदा हुने भए तापनि यो स्तरको जिम्मेवारी प्राप्तीको निस्चितता हुँदाहुँदै त्यस्लाई अस्वीकार गर्ने घटना भने बिस्व राजनीतिमा बिरलै भेटिन्छन । नैतिकताको अत्यन्तै खडेरी परेको बेलामा यस्ता आदर्श पुरुषहरुलाई महत्व दिइंदा आफ्नो अस्तित्व र महत्व अझै धराशायी हुने भएकोले बिरलै पाइने यस्ता महापुरुषहरुलाई ओझेलमा पारिने काम डरलाग्दो समस्या हो र यस्तो बेला यसरी ओझेलमा पर्न र पारिनबाट जोगाउने काम सचेत जन समुदायको हुन्छ ।

पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिने आशा स्बाभाबिक थियो तर बिस्तारै बिस्तारै राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर देखाउने मात्रै नभएर सांसद किनबेच, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता यथार्थताले राजनीतिलाई गाइजात्रे नीतिमा परिणत गरिदिने कामले गर्दा जनताको आशामा तुषारापात लाग्यो । भ्रस्टाचारीमाथि कार्यबाही गरिनुभन्दा जोगाउने संस्कारको बिकास प्रबल हुन थाल्नाले भ्रस्टाचार झन झन संस्थागत हुँदै बढन थालेको भन्ने कुराको प्रतिबाद गर्न कठीन देखिन थाल्यो । यथार्थतालाई यथार्थ रुपमा भन्नु पर्दा भन्नै पर्ने यस किसिमका हीनताबोध गर्न पर्ने वास्तबिकताहरुले इतिहासमा नराम्ररी कालो धब्बा लगाइदियो । संबिधान निर्माण प्रयोजनका लागि बनेको संबिधान सभामा समेत संबिधान सभाको मूल मर्मलाई भुलेर संबिधान सभालाई कुर्सीकै खेलका कारण सामान्य संसदको रुपमा रुपान्तरण गरेर संबिधान बनाउनेभन्दा कुर्सीकै खेलमा नै बढी मानसिकता र शक्ति केन्द्रित भएको देखियो जस्ले गर्दा खरबौं रुपयाँ सकिंदा समेत संबिधान निर्माण कार्य असहज र जटिल बन्दै ढिलाई भैरहेको छ । यस्ले राजनीतिप्रतिको बितृष्णालाई चरम उत्कर्षमा पुर्याइदियो । राजनीतिप्रतिको बितृष्णाको मूल जरो भनेकै नेताहरुको अत्यन्तै कुर्सी मोहको परिणति हो जस्का कारण भ्रस्टाचार यति चरम बिन्दुमा पुगिसक्यो कि अब यो चर्चाको बिषय नै बन्न छाडिसक्यो । जनताले फरक ब्यबस्था र पार्टी रोज्नुको कारण जन चाहनानुकुलको परिवर्तनको भोक हो । उनीहरुको लागि ब्यबस्था र पार्टी होइन सुनिस्चित भबिस्य सहितको परिवर्तन महत्वपूर्ण हो । यस्का लागि बिचार मात्रै होइन आचार अझ महत्वपूर्ण हुन्छ । नत्र “ब्यापक राष्ट्रिय दृष्‍टिकोणबाट बिभिन्न बर्ग र ब्यवसायको हितमा सामन्जस्यता ल्याइ एउटा प्रजातान्त्रिक, न्यायपूर्ण, गतिशील र शोषणरहित समाजको सिर्जना गर्नु पञ्चायत ब्यबस्थाको लक्ष हुनेछ ।”भन्ने पन्चायती ब्यबस्थाको निर्देशक सिद्धानतमा औंला ठड्याउने ठाउँ नै कहाँ देखिन्छ र? यस्तो बिषम परिस्थितिमा गणेशमान जस्ता प्रधानमन्त्रीको कुर्सीलाई समेत तिलान्जली दिने ब्यक्ति खटकिएको महसूस गरिनु अस्वाभाबिक होइन ।

बिस्वद्धारा वुद्धका रुपमा चिनिएका तात्कालिन सिद्धार्थ केही नगरिकनै कानूनत: राजा हुन पाउने अबसरलाई कुनै महत्व नै नदिएर जंगल पसे । शायद त्यसो नगरेका भए राजा सिद्धार्थको नाम कतिले पो सुन्थे होलान र, तर त्यही कुर्सी छाडेर जे गरे त्यसैका कारण झन्डै तीन हजार बर्ष अघि उन्ले प्रतिपादन गरेका सुख र शान्तिका आधारभूत सिद्धान्तहरु आज पनि उत्तिक्कै मान्य र स्तुतीय छन र तिनैका आधारमा विस्वले नै उन्लाई पुजेको छ । उनीपछि अहिलेसम्मको विस्वमा संसारभरी नै कुर्सीका लागि कस्ता कस्ता खेल भए, कति हत्याकाण्ड भए त्यस्को चर्चा परिचर्चा सामान्य र छोटो हुनेछैन । सरकार प्रमुख वा राष्ट्र प्रमुखको पाएको कुर्सीमा रहेर सामान्य जीवन ब्यतित गर्ने यदाकदा भेटिएलान, तर त्यस्लाई सहजै छाड्ने र अझ प्राप्त कुर्सीलाई अस्वीकार नै गर्ने भने शायदै भेटिएला । साधु सन्तको रुपमा परिचय स्थापित गर्न खरानी घस्नै पर्ने र गेरु वा पहेंलो बस्त्र लगाउनै पर्ने होइन र त्यसो गर्नेहरु पनि धेरै नक्कल्ली भएको पाइेएको छ । सबै लालायित हुने प्राप्त भौतिक सुबिधालाई ब्यक्तिगत स्वार्थबाट माथि उठेर व्यबहारसम्मत ढंगबाट त्याग्ने गणेशमान आधुनिक नेपालका त्यागी सन्त राजनेता पनि हुन ।

गणेशमान सिंह नेपालको प्रजातान्त्रिक लर्डाईंका ती वीर पुरुष हुन् जसले जनतासँगको सन्चारलाई सधैँ ताजा राख्न सांगठनिक कार्यलाई अगाडि बढाउनको लागि राणाकालीन अत्यन्त सम्वेदनशील जेल पनि तोडेर बाहिर खुला हावामा निस्कन सफल भए । राणाकालमा काजीको एकमात्र नातिको हैसियतले संसारिक आनन्दतिर लाग्नुको सट्टा ती सब परित्याग गरी कष्टपूर्ण जीवनको बाटो समाउनु उहाँको ठूलो त्यागको परिचय हो । अथाह शक्ति र सम्पत्तिका नाति आजीवन देश सेवाको सङ्ग्राममा होमिनु भनेको ठूलो सेवा भावको उदाहरण हो । निस्चय पनि एउटा महान पुरुष आफ्नो सम्पत्तिको संरक्षणमा होइन जनताको आथाह पीडाको साक्षी बस्छन् ।

गणेशमानका लागि पद र सत्ता र शक्तिले कहिल्यै पनि लोभ्याएन, बरु राणाहरूको बिरुद्धमा जहिले पनि खरो उत्रेर उनीहरुका बिरुद्ध यति खरो कुरा गर्नु हुन्थ्यो कि सुन्नेवाला दर्शकहरू सबैको आङ जिरिङ हुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो – “हामी राजनीतिमा लाग्दा खेरी कात्रो शिरमा बाँधेर लागेका हौं । राजनीति भनेको स्वतः प्राप्ति मात्रै होइन । राजनीति भनेको एउटा आन्दोलन हो र त्यसमा गुमाउनु पनि पर्छ । यही नै उहाँको मान्यता थियो ।“ तर आजकल राजनीतिमा लाग्नेहरू चाहे ठूला हुन चाहे साना, सबैले राष्ट्रिय स्वार्थलाई ढालको रुपमा प्रयोग गरी ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको प्रमाणित गरिदिएका छन व्याबहारिक रुपमा ।  जहाँसम्म गणेशमानको संघर्ष र नेतृत्वको निरन्तरता देखियो, त्यो अद्वितीय र अतुलनीय छ । त्यो नै उहाँको देन हो त्यसलाई कसैसँग तुलना गर्न सकिन्न । र उहाँको जीवनको सबैभन्दा ठूलो काम २०४६ सालको जनआन्दोलनको सर्वमान्य नेतृत्वको थियो ।

समय परिवर्तनशील मात्रै नभएर अत्यन्तै बलबान पनि छ । समयको प्रबाहलाई बुझेर तदनुरुप कार्य गर्न सक्दा अबरोध स्वत: न्यून हुन जान्छ भने सफलता सहज । बिस्व बिख्यात फुटबल खेलाडी म्याराडोनाको एउटा बिशेष बिशेषता उन्ले गर्ने बल पास पनि हो । उन्ले गर्ने बल पास यस्तो किसिमबाट हुन्थे कि उन्का साथीहरुले त्यस्लाई सहज किसिमबाट अगाडि बढाउन वा गोल गर्न सहायकसिद्ध हुने गर्थे । त्यसैले महानता समस्यालाई सहजता प्रदान गर्नुमा हुन्छ न कि जटिलता । म्याराडोनाले आफू बढी गोल गर्नमा भन्दा उन्को प्राथमिकता आफ्नो टिमले बढी गोल गरेर टिम बिजयको बातावरण सिर्जना गर्नमा हुने गर्थ्यो जस्को स्पस्ट अर्थ हुन्छ समग्र सफलताको प्राथमिकता । टिम बिजयी हुनुको स्पस्ट अर्थ हो उन्को बिशेषताको महत्व बढ्नु । यदि उनी आँफै गोल बढी गर्नतिर लाग्थे भने न त उन्को टिम सफल हुन सक्थ्यो न त उन्को चर्चा नै बिस्वमा यसरी हुन सक्थ्यो । अत: समस्या समाधानलाई सहजता प्रदान गर्न नि:स्वार्थी भाव अत्यन्तै महत्वपूर्ण हुन्छ र सबै आँफै गोलकर्ता नै बन्न अग्रसर हुन थाल्यो भने न त सबैले गोल गर्न सक्छ नै न त टिम बिजयी बन्न नै । यही भावको अभाबको परिणति हो आजको हाम्रो देशको बर्तमान अवस्था । यस्ले गर्दा न त देश सफल हुन सक्यो न त देशलाई नेतृत्व प्रदान गर्ने ब्यक्तिहरुले आफ्नो भएको साखलाई नै कायम गर्न सके ।

सिद्धार्थ गौतमसंग सम्बन्धित यो सानो कथाबाटै यस पंक्तिलाई पनि बिट मार्नु उपयुक्त होला शायद । एकदिन सिद्धार्थ गौतम घुमिरहेको बेलामा बाँडले घाइते हाँस उन्को नजिकै आएर खस्छ । दयालु स्वभाबको सिद्धार्थलाई दया जाग्नु स्वाभाबिकै थियो । त्यसैले उन्ले घाइते हाँसलाई माया गरेर बाँड झिकी उपचार गर्न थाल्छन । केही समयपछि उक्त हाँसलाई बाँड हान्ने युवक हाँस खोज्दै आउँदा सिद्धार्थ भएको ठाउँमा आइपुग्छन र आफूले बाँड हानेको हाँस देखेर सिद्धार्थसंग हाँस आफूलाई दिन आग्रह गर्छन । सिद्धार्थले घाइते हाँसलाई जोगाएकोले हाँस आफ्नो हुनुपर्ने दावी गर्छन त हाँसलाई बाँड आफूले हानेकोले हाँस आफ्नो हुनु पर्ने दावी गर्छन् ती युवक । दुईजनाको बीचमा बिबाद चर्किएकोले दुबैजना बिवाद टुङ्याउन राजाकोमा जान्छन । दुबैजनाको कुरा सुनेपछि राजाले हाँसलाई मार्न खोज्नेभन्दा बचाउनेको अधिकार बढी हुने निर्णय दिएपछि बिवाद टुंगिन्छ । राजाको भूमिका निर्बाह गर्ने जिम्मा आज सचेत जनताको हो । नि:स्वार्थी ब्यक्तिहरुलाई यथोचित सम्मान नगरिने समाजमा स्वार्थी ब्यक्तिहरुकै संधै हालीमुहाली भैराख्नुमा आस्चर्य मानिरहनु पर्दैन । नि:स्वार्थी महापुरुषहरुलाई सम्मानित तुल्याउने बातावरण तय गर्नु नै स्वार्थलम्पट भावलाई पराजयोन्मुख गराउनु हुने भएकोले राजाको भूमिका प्राप्त सचेत नागरिकको लागि आफूलाई कसीमा कसरी सफल बनाउने भन्ने दायित्व आइपुगेको छ सचेत नागरिक समुदाय सामु ।

जिलोङ, अस्ट्रेलिया
Twitter: Ramkshrestha

Published link: Setoparewa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: