Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘बिबिध’ Category

बल सरकारको कोर्टमा

Posted by Ram Kumar Shrestha on August 3, 2020

सरकारले गर्नु पर्ने काम जनस्तरबाट सन्चालित अभियानद्धारा अनपेक्षित रुपमा ठूला उपलब्धीहरु हासिल गरिसकेर सरकारलाई काम गर्न सहज बातावरण बनाइदिने काम गरिसक्ता पनि सरकार र सरकारका प्रतिनिधि निकायहरुले भने अझै पनि पटक्कै दायित्वबोध र महत्वबोध नै नगर्नु लज्जास्पद हो ।

अभियानको सातौं बार्षिकी मनाउँदा ३० डिसेम्बर, २०१५ मा सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र मानब अधिकार हननको प्रतिरक्षाका खातिर सच्याउन आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरिएपछि प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधि तात्कालिन पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको छ ।

Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »

मुस्कुराइराख्ने ५-६ दिनको साक्षात देवी जस्तो नानी वेवारिसी रुपमा

Posted by Ram Kumar Shrestha on July 30, 2020

एउटा खालि चौरमा करीब ५-६ दिनको यति सुन्दर नानि कागजको कार्टुनमा भेटिएछ हिजो बेलुका ६ बजेतिर । केयर बाल गृहको नजिकैको चौरमा बच्चाहरु खेलिराख्दा उनीहरुले देखेकाले आफूहरुले भेटेको भएर नाम ‘प्राप्तिका’ राखे र आफूहरुलाई कर्म दिने आमा अधिकारी भएकोले पुरा नाम “प्राप्तिका अधिकारी” हुन पुग्यो । यो काम केयर बाल गृहकी सञ्चालिका पुस्पा अधिकारी त्यहाँ आइपुग्नु अगावै भैसकेको थियो । उनको गृहमा अहिले १५ बालबालिका छन् । अब यो नानी पनि तिनै केटाकेटीसंगै हुर्कने भएको छ ।

Puspa Adhikari
Read the rest of this entry »

Posted in Article, बिबिध, समाचार | Tagged: , , , | Leave a Comment »

विकसित देशका प्रधानमन्त्री र मन्त्रीपछि मेयर पनि बन्छन

Posted by Ram Kumar Shrestha on July 23, 2020

French PM
विकसित देशका प्रधानमन्त्री र मन्त्रीपछि मेयर पनि बन्छन, नेपालका नेतामा यस्तो मानसिकता नै छैन ।

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आइतवार मात्रै ले हाभ्रेको उत्तरी पोर्ट शहरबाट नगरपालिका प्रमुख बनेका छन । उनी फ्रान्समा राष्ट्रपति माक्रोंभन्दा लोकप्रिय मानिन्छन् । उनी २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई २०२२ मा हुने निर्वाचनमा राष्ट्रपति माक्रोंका प्रतिस्पर्धीका रुपमा पनि हेरिएको छ ।
१९८८ देखि १९९४ सम्म छ: बर्ष बेल्जियमको मन्त्री भएर १९९५–२०१८ सम्म २३ बर्ष बेल्जियमको लुभेन शहरको मेयर बनेका Louis Tobback म २०१६ मा बेल्जियमको लुभेन शहरमा नै घुमिराख्दा एक्लै आफ्नै पारामा हिंडिरहेको भेटें कुनै पनि आउरे बाउरे अघिपछि नलगाइकन । नेपालको सन्दर्भमा प्रधानमन्त्री र मन्त्री बनिसकेको ब्यक्ति मेयर बन्नु र २७ बर्ष (मैले देखेको बेलासम्म) मन्त्री र मेयरको जिम्मेवारी बहन गरिसकेको र बहालवाला मेयर सामान्य तवरले एक्लै त्यसरी हिंड्नु दुबै असान्दर्भिक र अपत्यारिला कुरा हुन ।

Read the rest of this entry »

Posted in Article, बिबिध | Leave a Comment »

अस्ट्रेलियाली नेताद्धारा नेपाल वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा

Posted by Ram Kumar Shrestha on July 5, 2020

2अस्ट्रेलियाका प्रभाबशाली नेताका रुपमा मानिने अध्यागमन तथा सीमा सुरक्षासम्बन्धी फेडेरल छायाँ मन्त्री एबं पूर्व फेडेरल मन्त्री रिचार्ड मार्लससंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्ष २०२० का बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण बर्ष मनाउने तयारी गरिराखेको र त्यस्का लागि प्रत्येक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस्मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि नेता रिचार्डले नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा गरे ।

छलफलपछि भिडियो सन्देश मार्फत नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचार्ड्सले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बीचको द्धिपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । Read the rest of this entry »

Posted in Article, बिबिध, समाचार | Tagged: , , , | Leave a Comment »

नेपाली पत्रकार शैलद्धारा भारतीय पत्रकारमाथि कसिलो प्रहार

Posted by Ram Kumar Shrestha on May 27, 2020

Shail Suman Silwal, a Nepali journalist has aptly voiced against journalists who are a complete disgrace in their profession! Good on you Shail! Share if you care to the country! बात करो रिस्ता रोटी बेटिका और हर्कत करो घुसपेटिका ? An answer to Arnab Goshwami

Shail (2)

 

#ArnabGoshwami #ShailSumanSilwal

Ram Kumar Shrestha available in Twitter @Ramkshresthab

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, समाचार | Leave a Comment »

माछी मार्न जाउँ न दाजै कालापानीमा – श्वेता खड्का

Posted by Ram Kumar Shrestha on May 24, 2020

 

Machhi

Posted in Article, बिबिध | Leave a Comment »

भावी पुस्तालाई च्यात्तिएको होइन, सग्लो नेपाल; अधुरो, अपुरो र अधकल्चो होइन सिङ्गो नेपाल – श्वेता खड्का

Posted by Ram Kumar Shrestha on May 24, 2020

YP (2)  वुद्धको धर्तीमा जन्मिएकी नाताले बम र बारुदको बिस्फोटनले गरेको युद्धभन्दा मन र मस्तिस्कको सम्म्रिश्रणले लडेको युद्ध सफल हुने विस्वासका साथ संवाद, शान्ति र सौहार्द्ध ब्यवहारमा विश्वाश । अत: सबैले संयमित हुँदै राष्ट्रिय स्वाधिनतालाई जोगाउन जोड । हामीले हाम्रो भावी पुस्तालाई च्यात्तिएको होइन, सग्लो नेपाल; अधुरो, अपुरो र अधकल्चो होइन सिङ्गो नेपाल; लोलाएको, सेलाएको र झोक्राएको होइन कलकलाएको, फुलेको र फलेको नेपाल दिनुछ भन्दै समस्त नेपालीहरु एक ढिक्का हुन आग्रह । काँग्रेस र कम्युनिस्टको सोच त्याग्दै, जातिय संकिर्णतालाई भुल्दै र धार्मिक पर्खाललाई भत्काउँदै कायम गरिने हाम्रो एकता नै हाम्रो लागि सबैभन्दा ठूलो आणविक ‘क्षप्यास्त्र’ हुने

Profile Pictureनेपालको जारी नयाँ नक्सा र छिमेकी भारतसँगको पछिल्लो विवादबारे थुप्रै नेपाली सेलिव्रेटीले आफ्नो अभिव्यक्ति राखिरहेका छन् । बलिउड नायिका मनिषा कोइरालाको एउटा ट्विटले त भारतमा भूकम्प नै ल्याइदियो । ‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् । ….म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्धा अब हरेक नेपालीको हो । …..ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । यो राष्ट्रको नागरिकका हिसाबले हामी हाम्रो छिमेकी राष्ट्र भारतसँग हाम्रो क्षेत्रको सत्यतथ्य, इतिहास हेरेर यो मुद्धासँग न्यायिक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं ।’ – महानायक राजेश हमाल भन्छन ।

नायिका, निर्मात्री, सफल ब्यबसायी तथा समाजसेवी श्वेता खड्काले पनि यो जल्दोबल्दो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् । बिहिबार फेसबुकमा लामो स्टाटस लेख्दै श्वेताले आफ्नो भनाई राखेकी हुन् । श्वेताले आफ्ना अभिब्यक्तिमा प्रकाशित नयाँँ नक्सा र सीमाको मात्रै नभएर महत्वपूर्ण धेरै क्षेत्रलाई समेटेकी छिन् जुन सबैले बुझ्नु आबस्यक भएकोले उन्ले ब्यक्त गरेका सबै बुँदाहरुलाई संक्षेपमा राखेको छु:

१. मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समेटिएको नेपालको नक्सा पारित गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन;

२. सारा संसारनै कोरोनाको संकटमा जुधिरहेको मौका छोपेर नेपाली भूमि हुंदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकतामाथि धावा बोल्ने छिमेकीका बिरुद्ध सबै नेपाली एकताबद्ध भएकोमा खुशियाली ब्यक्त;

३. नेपालको नक्सामा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समाहित गर्नुलाई सफलताको एउटा कडी मान्न सकिए तापनि अतिक्रमित हाम्रो भूमिलाई निर्वाधरुपमा प्रयोग गर्न पाउनु अबको हाम्रो अर्को चुनौति; Read the rest of this entry »

Posted in Article, बिबिध, लेख/ रचना /निबन्ध | Leave a Comment »

Meeting with Miss Nepal 2000 Usha Khadgi

Posted by Ram Kumar Shrestha on April 6, 2020

Had wonderful and fruitful meeting with Miss Nepal Usha Khadgi 2000 Usha Khadgi. Impressed with her simplicity nature. She is interested to do something for female.

Usha Khadgi

Usha Khadgi2

Posted in Article, बिबिध | Leave a Comment »

My Facebook status on Lipulake available in Youtube

Posted by Ram Kumar Shrestha on January 29, 2020

Lipulake

Posted in Article, बिबिध | Leave a Comment »

Mr and Miss Modern Contest 2076 with Video

Posted by Ram Kumar Shrestha on December 16, 2019

a

An extravagant and delightful evening by Modern Boarding Secondary School!!! It was magnificent entertainment and talent show from our future stars. Congratulation to Modern Boarding Secondary School for the Grand success of the program and the invitation. Congratulation to Tisa Shrestha and Sarbochha Basnet for becoming Miss Modern and Mr Modern 2076. Congratulations to Mr Modern Talent Anish Budhathoki, Miss Modern Talent Saphalata Karki, Mister Modern Personality Jaya Koirala and Miss Modern Personality Yunisa Raut.

Being in a pageant is not just about beauty, but also service to the community and being a role model and making a difference in society in different ways.

b

Read the rest of this entry »

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, समाचार, Miscellaneous, News | Tagged: , , | Leave a Comment »

हराएका हिरा ६: सानो जहाज बनाउँदै गरेका सरोजले हेलिकप्टर बनाएर उडाएका छैनन

Posted by Ram Kumar Shrestha on October 27, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ६)

कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले प्यारामोटर र मिनिएयरक्राफ्ट दुबैको लागि करीब साँढे सात लाख खर्च गरिसकेका छन । प्यारामोटर उडाएको करीब चार महिनापछि उन्ले हेलिकप्टर बनाएर ५ मिनेटमा १२ किलोमिटर उडाउन सफल भएको भनी भिडियो बनाएर सामाजिक सन्जालमा भाईरल जस्तै बनाइेएको छ जुन सत्य होइन । उनी आफ्नो मिनिएयरक्राफ्टको परियोजनामा नै छन जुन आर्थिक अभावका कारण पुरा हुन सकिरहेको छैन ।

6चितवनका सरोज चेपाङ (प्रजा) ले मिनी जहाज बनाउने लक्ष लिए तापनि बिभिन्न चुनौतिका कारण पहिला उन्ले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरे । तीन पटकको प्रयाशपछि सरोजले राप्ती नगरपालिकाको पिप्ले, भण्डारालगायत क्षेत्रको आकाशमा करिब आधा घन्टा प्यारामोटर उडाउन सफल भए । सफलतापूर्वक प्यारामोटर उडाएपछि उनलाई उन्को खिसी गर्दै आलोचना गर्ने लगायतका स्थानीयले फूलामाला र अबिर लगाएर बधाइ दिएका थिए ।

1Aसरोजले एक महिना लगाएर एक्लैले प्यरामोटर निर्माण गरे । प्यारामोटर निर्माण गर्न १४९ सीसीको मोटरसाइलको एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लच, ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाए । सरोजले आफ्नै लगानीमा स्थानीय स्रोतसाधनबाट निर्माण गरेर प्यारामोटर बनाएका हुन् । Read the rest of this entry »

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, रोचक जानकारी | Tagged: | Leave a Comment »

हराएका हिरा ५: स्वर्ण पदक बिजेता टिनेजर तबला बादक रूबी लाखे

Posted by Ram Kumar Shrestha on August 15, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ५)

तबला बजाएर स्वर्ण पदक समेत हात पारिसकेकी रुबीले धेरै एकल प्रस्तुति पनि दिएकी छिन् । किरातेस्वरको उन्को पहिलो एकल तबला बादन प्रस्तुति सबैको वाह–वाह बन्यो । मीठो धुन दिने र बजाउन कठीन पनि मानिने पुरानो बाजाको रुपमा लिइंदै आएको तबला भजन कीर्तन र शास्त्रीय संगीतहरुमा बढी प्रचलनमा आएकोमा रुबीका कारण तबला आजकाल साहित्यिक र क्याम्पसका कार्यक्रममा समेत प्रचलनमा आउन थालेकोले उन्लाई यो क्षेत्रको “गेम चेन्जर” रुपमा लिइनु पर्छ भन्दा अत्युक्ति हुनेछैन ।

1

१२ बर्षकै कलिलो उमेरदेखि तबला बजाउन शुरु गरेर अहिले २० बर्षकै कलिलो उमेरमा अब्बल दर्जाको तबला बादकको रुपमा देखा परेकी छिन् ललितपुरको दुर्गम गाउँको रुपमा मानिने चापागाँउकी रूबी लाखे ।

2

नेवारी समुदाय सांस्कृतिक दृष्‍टिकोणले अत्यन्तै धनी समुदाय मानिन्छ । यो समुदायको यो बैभबताको असर उनीमा पर्‍यो र यस्ले उनलाई सानै उमेरदेखि उज्यालो मार्गमा डोर्यायो । उनको उद्धेस्य वकिल बनी कालो कोट लगाएर निमुखालाई न्याय दिनु भएपनि सानै उमेरदेखि तबला बजाउन थालिन् । उनी अहिले एक सफल तबला बादकको रुपमा परिचय दिन सफल भैसकेकी छिन् र नेपालमा महिला तबला बादकको रुपमा खोज्नु पर्दा उनकै नाम आउँछ ।

Read the rest of this entry »

Posted in Article, बिबिध, रोचक जानकारी, समाचार | Tagged: , , | Comments Off on हराएका हिरा ५: स्वर्ण पदक बिजेता टिनेजर तबला बादक रूबी लाखे

नेपाल आईडलका जज इन्दिरा जोशीको ”गर्लफ्रेन्ड”

Posted by Ram Kumar Shrestha on April 24, 2018

सिङगिङ रियालिटि शो नेपाल आइडलकी निर्णायक एबम लोकप्रिय पप गायिका इन्दिरा जोशीको नया गीत सार्बजनिक भएको छ । नयाँ वर्ष २०७५ को पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको ”गर्लफ्रेन्ड” गीतमा उनको आफ्नै शब्द र संगीत रहेको छ ।

Indira Joshi

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको ”गर्लफ्रेन्ड” को म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मी श्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ ।

Read the rest of this entry »

Posted in Article, बिबिध, समाचार | Leave a Comment »

हराएका हिरा ३: बिदेशीका बीच चर्चित, तर नेपालीका बीच गुमनाम मिलन राई

Posted by Ram Kumar Shrestha on April 18, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ३)

८ कक्षा फेल मिलन राई विस्वकै सर्बोत्कृष्ठमध्येका हार्वार्ड विस्वविद्यालयद्धारा लेक्चरका लागि आमन्त्रित र अन्तराष्ट्रिय संचारमा चर्चित हुँदा नेपाली माझ भने गुमनाम छन । उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियान विस्व स्तरीय पत्रिकाहरु गार्जियन, हफिङ्टन पोस्ट, न्यू योर्क टाइम्स, मिरर आदिको प्राथमिकतामा पर्दा हाम्रा संचार जगत या त उन्को बारे थाहा पाउँदैनन या त प्रकाशित गर्न नाफा घाटाको हिसाब गर्दै टाउको कन्याउँछन ।

Milan Rai S

पछिल्लो समय राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त ब्यक्तिहरुका कामहरुको बारेमा अध्ययन गर्ने क्रममा प्राप्त अनौठो जानकारी के पाइयो भने स्कूल र विस्वविद्यालयहरुद्धारा नपत्याइएका र अयोग्य ठहर्याइएका धेरै जना आफूले खोजी गरेको त्यो समूहमा परेको पाइयो । एसएलसी पास नै नगरी राष्ट्रिय स्तरमा नै चर्चित बनेका नेपाली पनि धेरै छन । जुन ब्यक्तिले जुन औपचारिक शिक्षा हासिल गरेको हो सो ब्यक्तिद्धारा लिखित सामग्री उन्ले प्राप्त गरेको औपचारिक शिक्षाभन्दा माथिल्लो स्तरको औपचारिक शिक्षाको पाठ्यक्रममा समाबेश गरिएका उदाहरण हाम्रै नेपालमा पनि छ ।

८ कक्षा फेल मिलन राई विस्वकै सर्बोत्कृष्ठमध्येका हार्वार्ड विस्वविद्यालयद्धारा लेक्चरका लागि आमन्त्रित र अन्तराष्ट्रिय संचारमा चर्चित हुँदा नेपाली माझ भने गुमनाम छन । उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियान विस्व स्तरीय पत्रिकाहरु गार्जियन, हफिङ्टन पोस्ट, न्यू योर्क टाइम्स, मिरर आदिको प्राथमिकतामा पर्दा हाम्रा संचार जगत या त उन्को बारे थाहा पाउँदैनन या त प्रकाशित गर्न नाफा घाटाको हिसाब गर्दै टाउको कन्याउँछन । Read the rest of this entry »

Posted in Article, बिबिध | Tagged: , | Leave a Comment »

हराएका हिरा २: हाइकुमा अन्तराष्ट्रिय छवी बनाएका युवा जनक सापकोटा

Posted by Ram Kumar Shrestha on April 3, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला २)

एउटा नेपाली ठिटो विज्ञान पढ्छ, हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ, मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्ड पुग्छ, आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जित्छ, त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ जस्का हाइकु सुनेर बरिष्ठ कविहरू समेत छक्क पर्छन्, विस्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ, उन्काबारे हाइकुमा विस्व स्तरीय छवी बनाएका ब्यक्तिहरु खुलेर प्रसंशा गर्छन्, तर……तर……. नेपालीहरु उनीबारे अनभिज्ञ हुन्छन । किनकि नेपाली संचार जगत या त राजनीतिज्ञको भाषा बुझ्छन या त ब्यापारीको या त कलाकारको । तब त कुनै नेपालीले अन्य क्षेत्रमा विस्व स्तरीय छवी बनाएको जानकारी नेपालीले कहाँबाट पाउन सबै पर्म लाएर र पर्म तिरेरै भने पनि आ-आफ्नै बिज्ञापन गर्न ब्यस्त दुनियाँँमा? ती युवा हुन बागलुङमा जन्मेका युवा जनक सापकोटा ।…….उनी हाइकु दुनियाँँमा अन्तराष्ट्रिय छवी बनाएका नेपालीद्धारा नचिनिएका नेपाली हुन नेपाली………. ।

Janak Sapkota

एउटा नेपाली ठिटो विज्ञान पढ्छ, हाइकु (तीन हरफे कविता) अग्रेजी भाषामा लेख्छ, मेटेरियल साइन्स (एप्लाइड फिजिक्स) मा स्नातकोत्तर गर्ने क्रममा फिनल्याण्ड पुग्छ, आयरल्याण्डमा भएको अन्तराष्ट्रिय हाइकु प्रतियोगितामा प्रथम भएर पुरस्कार जित्छ, त्यहाँ हुने साहित्यिक कार्यक्रममा ऊ विशिष्ठ अतिथिका रुपमा निम्त्याइन्छ जस्का हाइकु सुनेर बरिष्ठ कविहरू समेत छक्क पर्छन्, विस्वमा प्रकाशित पुस्तकको डिजिटल भर्सन पुस्तक विक्रेता अमेजनले त्यही नेपाली ठिटोको पुस्तक डलरमा बेच्छ, उन्काबारे हाइकुमा विस्व स्तरीय छवी बनाएका ब्यक्तिहरु खुलेर प्रसंशा गर्छन्, तर……तर……. नेपालीहरु उनीबारे अनभिज्ञ हुन्छन । किनकि नेपाली संचार जगत या त राजनीतिज्ञको भाषा बुझ्छन या त ब्यापारीको या त कलाकारको । तब त कुनै नेपालीले अन्य क्षेत्रमा विस्व स्तरीय छवी बनाएको जानकारी नेपालीले कहाँबाट पाउन सबै पर्म लाएर र पर्म तिरेरै भने पनि आ-आफ्नै बिज्ञापन गर्न ब्यस्त दुनियाँँमा? ती युवा हुन बागलुङमा जन्मेका युवा जनक सापकोटा ।

सापकोटा फिनल्याण्ड र आयरल्याण्डका साहित्यकारमाझ भने राम्रैसँग परिचित छन् । उनका कृति अंग्रेजीका अतिरिक्त आइरिस र फिनिस भाषामा समेत प्रकाशित भएका छन् । फुटकर रचना त जापानी, स्विडिस भाषामा समेत अनुदित भएर छापिएका छन् । फिनल्याण्डमा २०१२ मा भएको प्रशिद्ध ‘टेम्परे बुक फेयर’ मा उनलाई आयोजकले अतिथिका रुपमा निम्त्याएको थियो । Read the rest of this entry »

Posted in Article, बिबिध, लेख/ रचना /निबन्ध, समाचार | Leave a Comment »