Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘English Section’ Category

Nepa Bliss – the blissful world in culinary in Victoria

Posted by Ram Kumar Shrestha on April 20, 2024

Nepa Bliss, a culinary haven where the flavors of India and Nepal unite to take its customers on a remarkable gastronomic journey. Nestled in three locations – Rosebud, Rye, and Narre Warren in Victoria – the team is delighted to bring its customers the finest Indian and Nepalese cuisine.

Nepa Bliss goes beyond serving food; it strives to create an experience that leaves a lasting impression. Its dedicated team of staff is committed to ensuring that customers’ visit is nothing short of blissful. From the moment you step in until the last bite, its team aims to provide customers with unparalleled service that will make them feel right at home.

Address: 2 Rebound Ct., Narre Warren VIC 3850 Tel: +61 3 9704 7684

To discover the blissful world of Nepa Bliss www.nepabliss.com.au

Read the rest of this entry »

Posted in Article | Tagged: | Leave a Comment »

विकसित देशबाट सिक्नै पर्ने केही कुराहरु

Posted by Ram Kumar Shrestha on July 24, 2023

गरीब देशबाट धनी देशमा आएर सिकेको र बुझेको धनी देशको कामप्रतिको संस्कार, मानसिकता र मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा त भित्रिएला नै, तर न त यस्ले ‘बिदेशमा त पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ न त देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै ।

रामकुमार श्रेष्ठ * @Ramkshrestha

You can find me in ResearchGate in this link
https://www.researchgate.net/profile/Ram-Shrestha-22

रास्ट्रपति ओबामा क्रिसमसमा बालबालिकालाई खेलौना बाँड्न आँफै २ बोरा खेलौना बोकेर जाँदै

मेलबर्नको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको ब्यक्ति एकदिन अफिस समयपश्चात पनि निर्देशक कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर अनुमति लिएर पस्छ । कोठामा पस्ने बित्तिकै निर्देशकको बोली उस्को कानमा पर्छ, “आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र” । उक्त दिन निर्देशकको टेबल वरिपरि भुइंमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठीन भएन ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरुमा बिभिन्न स्तरका स्वास्थ्यकर्मीहरु पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए क्यारी र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकांही तालिम दिने काममा पनि शरिक हुने गर्थे । त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरुको लागि नि:शुल्क रुपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकांही सो क्याफेमा पनि काम गर्थे र आफ्ना बिद्यार्थी र कर्मचारीहरुले खाइसकेको प्लेटहरु उठाउन पनि ब्यस्त देखिन्थे ।

Read the rest of this entry »

Posted in Article | Leave a Comment »

मुस्कुराइराख्ने ५-६ दिनको साक्षात देवी जस्तो नानी वेवारिसी रुपमा

Posted by Ram Kumar Shrestha on July 30, 2020

एउटा खालि चौरमा करीब ५-६ दिनको यति सुन्दर नानि कागजको कार्टुनमा भेटिएछ हिजो बेलुका ६ बजेतिर । केयर बाल गृहको नजिकैको चौरमा बच्चाहरु खेलिराख्दा उनीहरुले देखेकाले आफूहरुले भेटेको भएर नाम ‘प्राप्तिका’ राखे र आफूहरुलाई कर्म दिने आमा अधिकारी भएकोले पुरा नाम “प्राप्तिका अधिकारी” हुन पुग्यो । यो काम केयर बाल गृहकी सञ्चालिका पुस्पा अधिकारी त्यहाँ आइपुग्नु अगावै भैसकेको थियो । उनको गृहमा अहिले १५ बालबालिका छन् । अब यो नानी पनि तिनै केटाकेटीसंगै हुर्कने भएको छ ।

Puspa Adhikari
Read the rest of this entry »

Posted in Article, बिबिध, समाचार | Tagged: , , , | Leave a Comment »

जन्म दिनमा ४०,००० रुख रोप्ने विस्वकै महंगो मोडेल एबं नायिका गिसेल

Posted by Ram Kumar Shrestha on July 26, 2020

Gisele news

ब्राजिलकी मोडेल, वाताबरणकर्मी, लेखिका, नायिका एबं ब्यबसायी गिसेल क्यारोलाइन बुण्डचेन विस्वकै सबैभन्दा महंगो मोडेलमध्येमा पर्छिन र उन्ले आफ्नो चालिसौं जन्मदिन ४०,००० बिरुवाहरु रोप्ने लक्षलाई मूर्त रुप दिंदै ऐतिहासिक बनाइन । वाताबरणमाथि मानिसद्धारा गरिएको स्वार्थपूर्ण शोषण र मनपरितन्त्रको विस्वका नेताहरुको सामु नै राष्ट्र संघ जस्तो निकायमा गरिएको वारंवारको चर्को बिरोध र यस्तो गंभिर समस्यालाई गंभिरतापूर्बक लिइनुपर्ने आग्रहका बाबजुद विस्वका नेताहरुद्धारा त्यहाँ ताली बजाएर समर्थन जनाउने, तर समाधानका खातिर सिन्को नभाँच्ने प्रबृत्तिका परिणामको रुपमा आज संपूर्ण विस्व नै कोरोनाको महामारीद्धारा थिलो थिलो भएको कुरालाई स्वीकारिराखेकै बेलामा गिसेलले आफ्नो जन्मदिनमा ४०,००० विरुवा रोपेर मनाउँदै प्रकृतिलाई ठूलो उपहार दिने जुन उदघोष गरिन त्यस्ले अन्तराष्ट्रिय संचार जगत तताउनु स्वाभाबिकै थियो ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध, समाचार | Tagged: , , , | Leave a Comment »

विकसित देशका प्रधानमन्त्री र मन्त्रीपछि मेयर पनि बन्छन

Posted by Ram Kumar Shrestha on July 23, 2020

French PM
विकसित देशका प्रधानमन्त्री र मन्त्रीपछि मेयर पनि बन्छन, नेपालका नेतामा यस्तो मानसिकता नै छैन ।

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आइतवार मात्रै ले हाभ्रेको उत्तरी पोर्ट शहरबाट नगरपालिका प्रमुख बनेका छन । उनी फ्रान्समा राष्ट्रपति माक्रोंभन्दा लोकप्रिय मानिन्छन् । उनी २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई २०२२ मा हुने निर्वाचनमा राष्ट्रपति माक्रोंका प्रतिस्पर्धीका रुपमा पनि हेरिएको छ ।
१९८८ देखि १९९४ सम्म छ: बर्ष बेल्जियमको मन्त्री भएर १९९५–२०१८ सम्म २३ बर्ष बेल्जियमको लुभेन शहरको मेयर बनेका Louis Tobback म २०१६ मा बेल्जियमको लुभेन शहरमा नै घुमिराख्दा एक्लै आफ्नै पारामा हिंडिरहेको भेटें कुनै पनि आउरे बाउरे अघिपछि नलगाइकन । नेपालको सन्दर्भमा प्रधानमन्त्री र मन्त्री बनिसकेको ब्यक्ति मेयर बन्नु र २७ बर्ष (मैले देखेको बेलासम्म) मन्त्री र मेयरको जिम्मेवारी बहन गरिसकेको र बहालवाला मेयर सामान्य तवरले एक्लै त्यसरी हिंड्नु दुबै असान्दर्भिक र अपत्यारिला कुरा हुन ।

Read the rest of this entry »

Posted in Article, बिबिध | Leave a Comment »

बलात्कृत महिलालाई न्याय दिलाउन दुई लाख डलरको जागिर छोड्ने शरणार्थी वकिल रेज गार्डी

Posted by Ram Kumar Shrestha on July 22, 2020

ram-kumar-shrestha-Rez
पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएर ७ वर्षको उमेरमा न्यूजील्यान्ड पुगेकी रेज गार्डीले वार्षिक दुई लाख डलर तलबको जागिर प्रस्ताव नस्वीकारी जिहादी समूह इस्लामिक स्टेट आईएसले अपहरण, बेचबिखन र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएर कानुनको बिद्यार्थीको हैसियतमा सकारात्मक परिवर्तन ल्याउने निर्णय गरिन । गत वर्ष मात्रै हार्भार्ड कानुन विद्यालयबाट स्नाकोत्तर पढाइ पूरा गरेकी उन्ले न्यूजील्यान्ड सरकार, राष्ट्र संघ लगायत अन्य अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकी छिन् ।

न्यूजील्यान्डको मानब अधिकार आयोगमा कानुन अधिकृतको रुपमा कार्यरत रेजले सन् २०१४ मा उत्तरी इराकमा कुख्यात अपराध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो । आईएसले याजिदिज भनिने पाँच लाख जनसङ्ख्या भएको पुरातन समूदायलाई लक्षित गरेको र उनीहरुको आक्रमणमा १० हजार याजिदिजहरू समातिएका वा मारिएका कुरा प्रकाशमा आएको छ । नियन्त्रणमा लिइएका महिला र किशोरीहरूका लागि नारकिय जीवन भोगिरहेको कथा सुनेर असह्य पीडा हुन्थ्यो उन्लाई । ती अपराधहरूलाई कुनै व्यक्तिसँग जोड्नु र त्यसको प्रमाण पेश गर्नु गार्हो काम हो । रेजले सञ्चारमाध्यम र मानव अधिकार समूहहरूले नभेटेका माहिलाहरू खोजिरहेकी छिन ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Tagged: | Leave a Comment »

‘बालुवाटार’

Posted by Ram Kumar Shrestha on July 21, 2020

बालुवाटार आजभोली दिनदिनै समाचार बनिरहेछ । शायद त्यसैले होला अस्ट्रिचलाई पनि बालुवाटार घुम्न जान मन लागेछ आज ।

दिनमा हजारौं कविता जन्मिन्छन, तर दैनिक भोगिएकै बिषयबस्तुलाई नै प्रस्तुति गर्ने क्रममा शब्द चयन र प्रस्तुति कलामा देखिने अदभूत जादुले एकाध कविता धेरैको मन मस्तिस्क तान्न सक्ने क्षमताले भरिपूर्ण हुन्छन । बालुवाटारकै सम्बन्धमा चर्चित कवी स्वप्निल स्मृतिद्धारा लिखित यो कविता पनि ती कवितामध्येकै एक हो ।

स्वप्निल स्‍मृतिswapnil-smriti

यस्तो ‘पिकनिक स्पट’हो बालुवाटार
मानौं, मेरो देशको नक्साभित्र पर्दैन त्यो।

सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो। Read the rest of this entry »

Posted in Article, गीत/कबिता/गजल | Leave a Comment »

Historic Event in Reinforcing Democracy and Protecting Human Rights

Posted by Ram Kumar Shrestha on July 21, 2020

Cabinet30th December, 2015 Kathmandu: Lumbini-Kapilvastu Global Campaign Global Coordinator Engr. Ram Kumar Shrestha handed over a 6-page report to the former Prime Minister of Nepal Pushpa Kamal Dahal Prachanda written addressing to US President HE Barack Obama, President of China HE Xi Jinping, President of Shri Lanka HE Maithripala Sirisena, Prime Minister of Japan HE Shinzō Abe, Prime Minister of the Netherlands HE Mark Rutte, Prime Minister of Thailand HE Prayut Chan-o-cha, Prime Minister of India HE Narendra Modi requesting them to correct erroneous text books. Based on that document Nepal government cabinet made a decision and Ministry of Tourism wrote them through Ministry of Foreign Affairs (MOFA).

LKGC Global Coordinator Mr. Shrestha wrote the report to reinforce the democracy in their countries through Right to Correct Information and to protect Human Rights by correcting erroneous information in their text books on World Peace Symbol Buddha’s birthplace.

Justification of Reinforcing Democracy:

  • One of the most significant roles to reinforce characteristics of democracy is the right to information. Over the past few years, the “right to information” has gained increasing prominence in the human rights and the democratic discourses. At the heart of the right to information are two key concepts:
  • The right of the public to request access to information and the corresponding duty on the government to meet the request, unless specific, defined exemptions apply;
  • The duty of the government to proactively provide certain key information, even in the absence of a request.

The right to information does not make any sense without having right information, however; citizens of these countries are getting erroneous information on World Peace Symbol Buddha’s birthplace because textbooks present incorrect information in this regard.

Justification of protecting Human Rights:

Human rights issue is very important in this epoch and, hence; this step was urgently needed to protect human rights of millions and millions people interested to visit World Peace Messenger Buddha’s birthplace as every year thousands and thousands people are visiting not the right place but the wrong one because of misinformation. They are misusing their time and money and when they know the reality, they cannot feel happy. There are lots of such cases. Read the rest of this entry »

Posted in Article, News | Tagged: , , , , , , , , , , , | Leave a Comment »

बाग्लुङमा भूमिगत शालिग्राम संग्राहालय सन्चालनमा

Posted by Ram Kumar Shrestha on July 19, 2020

रामकुमार श्रेष्ठ***

3

धेरै ऋषिमुनीले तपस्या समेत गरेको मानिने कालीगण्डकी नदी र यसको सभ्यता पछिल्लो समय संकटमा छ र कालीगण्डकी किनारको ‘कालीगण्डकी सभ्यता’का बारेमा जानकारी दिन धेरै पुस्तक लेखिएकाले यो धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिनु स्वाभाबिकै हो ।

shaligram-museum

पछिल्लो समय अतिक्रमणका कारण संकटमा परेको कालीगण्डकीको सभ्यता र लोप हुँदै गएका शालिग्रामका बारेमा भावी पुस्तालाई जानकारी दिने अभिप्रायले सुरुङ खनेर कालीगण्डकी सभ्यता र शालिग्राम संरक्षण गर्नका लागि दामोदर कुण्डदेखि त्रिबेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको बारेमा एकै थलोमा देख्न सकिने गरी शालिग्राम संग्राहालयलाई ब्यबस्थित गरिएको छ । Read the rest of this entry »

Posted in Article, नियात्रा, समाचार | Tagged: , , , , , , , , , , | Leave a Comment »

रामकुमार, जीवा, रामप्रताप सहित १६ जनाको इनास ग्लोबल सल्लाहकार समिति

Posted by Ram Kumar Shrestha on July 16, 2020

INAS2

अन्तराष्ट्रिय कलाकार समाज (इनास) ग्लोबल समितिको गत आस्विन २६ र २७ मा काठमाण्डौंमा भएको तेश्रो ग्लोबल भेला मार्फत गठन भएको नयाँ कार्य समितिको बैठकले संस्थाको बिधानको दफा ४(३) बमोजिम सम्बन्धित क्षेत्रका बिज्ञमध्येबाट अध्य्क्षले नियुक्त गर्ने तीन जना सल्लाहकार सहित कूल १९ जना सल्लाहकारमध्ये हाललाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया), एनआरएन आइसिसिका पूर्व अध्यक्ष जीवा लामिछाने (जर्मनी) र जर्मनको कोलोन राज्यका लागि अबैतनिक महाबाणिज्य दूत एबं एनआरएनका संस्थापक सदस्य रामप्रताप थापा लगायत १६ जनाको ग्लोबल सल्लाहकार समिति गठन गरेको छ । Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »

अस्ट्रेलियाली नेताद्धारा नेपाल वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा

Posted by Ram Kumar Shrestha on July 5, 2020

2अस्ट्रेलियाका प्रभाबशाली नेताका रुपमा मानिने अध्यागमन तथा सीमा सुरक्षासम्बन्धी फेडेरल छायाँ मन्त्री एबं पूर्व फेडेरल मन्त्री रिचार्ड मार्लससंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्ष २०२० का बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण बर्ष मनाउने तयारी गरिराखेको र त्यस्का लागि प्रत्येक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस्मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि नेता रिचार्डले नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा गरे ।

छलफलपछि भिडियो सन्देश मार्फत नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचार्ड्सले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बीचको द्धिपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । Read the rest of this entry »

Posted in Article, बिबिध, समाचार | Tagged: , , , | Leave a Comment »

नेपाली पत्रकार शैलद्धारा भारतीय पत्रकारमाथि कसिलो प्रहार

Posted by Ram Kumar Shrestha on May 27, 2020

Shail Suman Silwal, a Nepali journalist has aptly voiced against journalists who are a complete disgrace in their profession! Good on you Shail! Share if you care to the country! बात करो रिस्ता रोटी बेटिका और हर्कत करो घुसपेटिका ? An answer to Arnab Goshwami

Shail (2)

 

#ArnabGoshwami #ShailSumanSilwal

Ram Kumar Shrestha available in Twitter @Ramkshresthab

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, समाचार | Leave a Comment »

माछी मार्न जाउँ न दाजै कालापानीमा – श्वेता खड्का

Posted by Ram Kumar Shrestha on May 24, 2020

 

Machhi

Posted in Article, बिबिध | Leave a Comment »

भावी पुस्तालाई च्यात्तिएको होइन, सग्लो नेपाल; अधुरो, अपुरो र अधकल्चो होइन सिङ्गो नेपाल – श्वेता खड्का

Posted by Ram Kumar Shrestha on May 24, 2020

YP (2)  वुद्धको धर्तीमा जन्मिएकी नाताले बम र बारुदको बिस्फोटनले गरेको युद्धभन्दा मन र मस्तिस्कको सम्म्रिश्रणले लडेको युद्ध सफल हुने विस्वासका साथ संवाद, शान्ति र सौहार्द्ध ब्यवहारमा विश्वाश । अत: सबैले संयमित हुँदै राष्ट्रिय स्वाधिनतालाई जोगाउन जोड । हामीले हाम्रो भावी पुस्तालाई च्यात्तिएको होइन, सग्लो नेपाल; अधुरो, अपुरो र अधकल्चो होइन सिङ्गो नेपाल; लोलाएको, सेलाएको र झोक्राएको होइन कलकलाएको, फुलेको र फलेको नेपाल दिनुछ भन्दै समस्त नेपालीहरु एक ढिक्का हुन आग्रह । काँग्रेस र कम्युनिस्टको सोच त्याग्दै, जातिय संकिर्णतालाई भुल्दै र धार्मिक पर्खाललाई भत्काउँदै कायम गरिने हाम्रो एकता नै हाम्रो लागि सबैभन्दा ठूलो आणविक ‘क्षप्यास्त्र’ हुने

Profile Pictureनेपालको जारी नयाँ नक्सा र छिमेकी भारतसँगको पछिल्लो विवादबारे थुप्रै नेपाली सेलिव्रेटीले आफ्नो अभिव्यक्ति राखिरहेका छन् । बलिउड नायिका मनिषा कोइरालाको एउटा ट्विटले त भारतमा भूकम्प नै ल्याइदियो । ‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् । ….म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन । यो अब सरकारको विषय मात्र होइन । यो मुद्धा अब हरेक नेपालीको हो । …..ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । यो राष्ट्रको नागरिकका हिसाबले हामी हाम्रो छिमेकी राष्ट्र भारतसँग हाम्रो क्षेत्रको सत्यतथ्य, इतिहास हेरेर यो मुद्धासँग न्यायिक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं ।’ – महानायक राजेश हमाल भन्छन ।

नायिका, निर्मात्री, सफल ब्यबसायी तथा समाजसेवी श्वेता खड्काले पनि यो जल्दोबल्दो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् । बिहिबार फेसबुकमा लामो स्टाटस लेख्दै श्वेताले आफ्नो भनाई राखेकी हुन् । श्वेताले आफ्ना अभिब्यक्तिमा प्रकाशित नयाँँ नक्सा र सीमाको मात्रै नभएर महत्वपूर्ण धेरै क्षेत्रलाई समेटेकी छिन् जुन सबैले बुझ्नु आबस्यक भएकोले उन्ले ब्यक्त गरेका सबै बुँदाहरुलाई संक्षेपमा राखेको छु:

१. मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समेटिएको नेपालको नक्सा पारित गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन;

२. सारा संसारनै कोरोनाको संकटमा जुधिरहेको मौका छोपेर नेपाली भूमि हुंदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकतामाथि धावा बोल्ने छिमेकीका बिरुद्ध सबै नेपाली एकताबद्ध भएकोमा खुशियाली ब्यक्त;

३. नेपालको नक्सामा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समाहित गर्नुलाई सफलताको एउटा कडी मान्न सकिए तापनि अतिक्रमित हाम्रो भूमिलाई निर्वाधरुपमा प्रयोग गर्न पाउनु अबको हाम्रो अर्को चुनौति; Read the rest of this entry »

Posted in Article, बिबिध, लेख/ रचना /निबन्ध | Leave a Comment »

राष्ट्रपति र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु वुद्धिमानी

Posted by Ram Kumar Shrestha on April 26, 2020

रामकुमार श्रेष्ठ

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ – म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो बन्न पुग्यो राष्ट्रपति र प्रधानमन्त्री दुबैका लागि । भबिस्यमा मन्त्रिपरिषद, प्रधानमन्त्री र राष्ट्रपतिको गरिमा स्खलित हुने यस्ता घटना नहोस । किनकि यस्ता घटनाले देशकै गरिमा पनि स्खलित हुन्छ ।

Tukka coupleगत सोमबारको मन्त्रिपरिषदद्धारा अकस्मात जारी गरिएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ नाटकिय ढंगले राष्ट्रपतिद्धारा तुरुन्तै स्वीकृत गरी आस्चर्यमा पार्ने गरी तुरुन्तै राजपत्रमा समेत प्रकाशित गरी सार्वजनिक गरिएकोमा विपक्षी दल र सत्तारुढ नेकपाभित्र मात्रै नभएर सर्वत्र विराेध भएपछि शुक्रवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नै अध्यादेश खारेज गरेकी छिन् ।

मन्त्रिपरिषदको बैठक हुनु अघि पनि त्यहाँ उठान गरिने सबै बिषय कार्यसूचिमा राखेर २४ घण्टा अगाडि नै सबै मन्त्रीहरुलाई जानकारी दिनु पर्ने हुन्छ, त्यो पनि नभएको र मन्त्रीहरुलाई समेत थाहै नभै ती अध्यादेश ल्याइएको र मन्त्रिपरिषदबाट निर्णय भएपछि पनि सामान्यत: २४ घण्टा पर्खने नियम छ र त्यो पनि नगरी राष्ट्रपतिद्धारा तुरुन्तै स्वीकृत गरी मन्त्रिपरिषदको बैठक भएको एकाध घण्टामा नै राजपत्रमा नै प्रकाशित गरिएकोले यस्लाई अत्यन्तै नाटकिय भन्नै पर्ने हुन्छ । यो पहिलादेखि नै सबै पक्ष तयारी अवस्थामा नरही सम्भब हुने कुरै होइन, तर यो बिषयले मन्त्रिपरिषदमा सो दिन प्रबेश पाउने कुरामा न त मन्त्रीहरु नै जानकार थिए न त नेकपाका शिर्ष नेताहरु नै । यसैले पनि यस्लाई सुनियोजित भन्न अनकनाइराख्नु पर्ने देखिन्न जस्का लागि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री वली पूर्णत: जानकार भएको देखिन्छ । यस्ले देशको यस्ता सर्बोच्च पदप्रतिको जन आस्थामा ठूलो ठेस लाग्नु अस्वाभाबिक होइन ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »