Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘नेपाली’ Category

पूर्व मेयर हेलेनसंगको दोश्रो भेटले उब्जाएका केही प्रश्नहरु

Posted by Ram Kumar Shrestha on March 22, 2021

मेयरको रुपमा केही बर्ष अघि भेटिएकी बरिष्ठ वकिलको रुपमा समेत कार्यरत Helen Davidson घरेलु हिंसासम्बन्धमा दिदी-बहिनी समाज भिक्टोरियाद्धारा तयार पारिएको नेपाली फिल्मको दोश्रो भागको शुभारम्भलाई समेत समाबेश गरिएको Moreland City Council द्धारा आयोजित हिजोको कार्यक्रममा काउन्सिलरको रुपमा भेट्दा नेपालको अस्तब्यस्तताका कारणका केही जड मडारिएर आइरहेको थियो मभित्र । किनकि नेपालीको लागि ठूलो जिम्मेवारी पाइसकेर सानो जिम्मेवारी लिनु मान्य होइन जुन विकसित देशको लागि प्रश्नको बिषय नै होइन । र, अर्को कुरा नेपालमा जनप्रतिनिधिहरु सबै अहिले सरकारी तलब र सुबिधा लिन्छन, तर विकसित देशमा प्राप्त जिम्मेवारीको लागि काम गरे बापत भत्ता लिन्छन र आफ्नो कामलाई पनि जारी राख्छन ।

जिम्मेवारी प्राप्त ब्यक्तिसंगको आधिकारिक भेटघाट एउटा निस्चित परिपाटी अनुरुप चल्नुपर्छ र त्यो कुनै न कुनै परिणामदायक हुनै पर्छ । नेपालमा अधिकांश मेयरकै कार्यालयमा पनि समय नै नलिएर कुनै पनि बेला मानिसहरु बाटो पर्‍यो भने पसेर “नमस्ते” टक्र्याउने चलन यथाबत छ । चाकडीको रुपमा “नमस्ते” खाने र टक्र्याउने ब्यवसायलाई फस्टाउन दिने यो परिपाटी र मानसिकता समाज र देशको लागि प्रत्युत्पादक हुन्छ । हरेक दिन बिहान हरेक कार्यालयमा चाकडी टक्र्याउने र ग्रहण गर्ने ब्यबसायको लागि कम्तीमा आधा घण्टा बितेपछि बल्ल सबै आ-आफ्नो काम गर्ने कुर्सीमा देखा पर्छन । २१औं शताब्दीमा पनि सबैले आ-आफ्नो स्तरको प्रसस्ति गाउने र सुन्ने सामन्ती संस्कारको यस किसिमको निरन्तरताको कारण स्वतन्त्रता प्राप्तीका दृष्‍टिकोणले समकालिन देशहरु विकसित देश बनिसक्ता नेपाल भने अझै पनि अति कम विकासोन्मुख देशको लिस्टमा नै छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

भारतीय राष्ट्रपति प्रणव मुखर्जी लुम्बिनी किन गएनन् ?

Posted by Ram Kumar Shrestha on November 5, 2020

कान्तिपुरमा “मुखर्जीले जब सगरमाथा हेरे” शिर्षक अन्तर्गतको समाचारमा समाचारभरी कुनै चर्चा नै नभएको फोटो राखिए तापनि वुद्ध एयरको बिमान प्रयोग गरिएको कारण यस्का कर्मचारीहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई वुद्धको मूर्ति उपहार दिएको अनुमान गर्न सकिन्छ ।

उपहारले राष्ट्रपतिलाई केही चस्का अबस्य पनि दियो होला नै । भारतीय नेताहरु पशुपति जान्छन, तर लुम्बिनी जान चाहन्नन । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बर्तमान नेपाल भ्रमणका क्रममा पनि लुम्बिनी जाने उन्को कुनै कार्यक्रम छैन भलै लुम्बिनीको महत्व धार्मिक दृष्‍टिकोणले मात्रै नभएर विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल भएका कारण पनि यस्को बिस्वब्यापी रुपमा नै बहुआयामिक महत्व छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाललाई वुद्धको जन्मभूमिका रुपमा परिचय दिएर प्रसंशा बटुले तापनि राष्ट्र संघको सुरक्षा परिषदमा स्थान प्राप्त गर्ने कामका लागि नेपालमा बोलेकोभन्दा ठीक बिपरीत कुरा गरेर सो उद्धेस्य प्राप्तीका लागि वुद्धको नाम बेच्ने काम मात्रै गरेनन, बरु आफू एउटा शक्ति सम्पन्न देशको प्रधानमन्त्री भएको समेत बिर्सन पुगे र बोलीको ठेगाना नभएको नेताका रुपमा विस्वलाई परिचय दिए । किनकि विस्वले यो कुरालाई मौन रुपमा हेरिरहेकाले उन्ले नेपालमा बोलेका कुरालाई धेरै अन्तराष्ट्रिय संचार माध्यमले यथेस्ठ स्थान दिएका थिए ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिने लिली थापा कोरोना संक्रमित

Posted by Ram Kumar Shrestha on October 27, 2020

कोभिड–१९ को विश्वव्यापी समस्याले बितेका सात महिना नेपाली जनजीवन नराम्ररी खलबलिंदा लाखौंं जनता सारंगी पेटमा बाँच्न बिवस भैराखेको बेलामा सामाजिक कामसँगै एकल महिलाको हकहितका लागि सदैव लडिरहने एकल महिला समूह नेपालकी संस्थापक अध्यक्ष लिली थापा विगत ७ महिनादेखि खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । एकल समूहले लकडाउन भएयता काठमाडौंमा मात्रै ६० हजारभन्दा बढी भोकाहरूलाई निःशुल्क खाना खुवाउने तथा राहत बाँड्ने काम गरेको छ । काठमाडौंमा मात्रै नभई देशका विभिन्न संगठित समूहमध्ये २० भन्दा बढी समूहले खान नपाएकाहरूलाई राहत र निःशुल्क भोजन गराउँदै आइरहेको छ ।

एकल महिला समूहको काठमाडौंस्थित बुढानिलकण्ठमा आफ्नै ‘छहारी भवन’ मा महिलाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । छहारी भवन, श्रीमानको मृत्यु भएका, श्रीमानले छाडेका, श्रीमान् बेपत्ता भएका, सम्बन्ध विच्छेद भएका, ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका र वादी महिलाहरूको छाता संगठन हो । यहीं लकडाउनका बेला, एकै दिन एक सय भन्दा बढीलाई एक छाक खाना समेत खुवाउने गरिएको थियो ।

छहारीमा विदेशमै गर्भवती भएर आएका महिलाहरूलाई विशेष प्राथमिकताका साथ राख्ने गरिएको छ । त्यहाँ बस्ने महिलाहरू १४ दिन क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै आआफ्नो घर जाने गरेका छन् ।

पछिल्लो समय, हरेक हप्ताको आइतबार खाद्यान्न तथा राहत वितरण गर्ने क्रममा लिली हरेक ठाउँमा पुग्ने गरेकी थिइन् ।

Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, लेख/ रचना /निबन्ध, समाचार | Tagged: , , , , | Leave a Comment »

सन्नी लियोनीका कारण अस्ट्रेलियामा संसदिय उम्मेदवारी नै रद्ध

Posted by Ram Kumar Shrestha on October 22, 2020

हाम्रा बयस्कहरु वयस्क फिल्मका स्टार नेपाल आएको बेलामा आफ्नो अधिकारको उपभोग गर्नु कुनै आस्चर्यको कुरा होइन, तर पनि त अस्ट्रेलियन पार्टीले अबलम्बन गरेको पार्टिगत संस्कार जस्तै हाम्रो संस्कारलाई आदर गर्ने बयस्कहरुलाई पनि त आफ्नो अधिकार र दायित्व पुरा गर्ने अधिकार पनि त छ नि । 

लिबरल पार्टीका प्रबक्ताले नितिनले भिक्टोरिया राज्यको थोमसटाउनबाट दिएको संसदिय चुनावको उम्मेदवारीप्रति लिबरल पार्टीको तर्फबाट कुनै समर्थन नभएको घोषणा गरिदिए । कारण थियो भारतीय मूलकी क्यानडाबासी सन्नी लियोनी बयस्क फिल्म स्टार हुनु ।

रामकुमार श्रेष्ठ *
अहिले जस्तो युट्युब र र समाचारको शेयरिङ्ग र भ्यु बढाउने प्रश्न त थिएन नै त्यो बेला र पनि जब “महान” फिल्म शुटिङका लागि अमिताभ बच्चन र जीनत अमान नेपाल आए त्यो बेला पनि अनियन्त्रित भीडको कमी पटक्कै भएन । त्यो बेलाको भीडभाडको कारण शुटिङ हुने वरिपरीका स्थानिय वासिन्दा मात्रै नभएर कयौं कलेजहरु शुटिङको समयमा अघोषित रुपमा बन्द प्राय: जस्तै हुने गर्थे ।

कृष्ण मन्दिर क्षेत्रमा सो फिल्मको शुटिङ भएको बेलामा टाँढाको कालेजका युनिफर्म लगाएकाहरुको प्राचुर्यता नसुहाउने भए पनि त्यस्तो भैदियो पनि । त्यहाँ भीड अनियन्त्रित भएकोले शुटिङस्थलको सुरक्षाको कारण सुरक्षा निकायका ब्यक्तिहरुले पछाडि धकेल्ने क्रममा एकजना पूर्व पररास्ट्र मन्त्रीका छोरालाई पनि अलिक बढी नै ठेलेछन । मन्त्रीका छोरोले भनेछन, “मान्छे चिनेर ठेल” । प्रत्येक मन्त्रीका छोराछोरीलाई प्रत्येक सुरक्षाकर्मीलाई चिन्नै पर्ने भन्ने पनि छैन नि ।

त्यो बेला पनि अहिलेको जस्तो फेसबुक भैदिन्थ्यो भने नेपालीहरुको लाइभ, को कहाँबाट हिंडेर कहाँ पुग्यो जस्ता अपडेट र फोटो पोस्टिङका कारण फेसबुकले राम्रै दबाब थेग्नुपर्ने हुन सक्थ्यो ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

एउटै भाषणको लागि सर्बाधिक पारिश्रमिक डेढ मिलियन डलर

Posted by Ram Kumar Shrestha on October 1, 2020

समग्रमा नै अहिलेसम्मको विस्वमा आफ्नो मन्तब्य मार्फत सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाका बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्प हुन जस्लाई Learning Annex का संस्थापक अध्यक्ष Bill Zanker ले २००६-०७ मा १७ सेमिनारमा बोलिदिनका लागि १.५ मिलियन प्रति मन्तब्यका दरले पारिश्रमिक दिए । त्यस अघि २००५ मा पनि उन्ले रियल स्टेट लगानी बिषयक तीन सेमिनारमा बोलिदिनका लागि प्रति मन्तब्यको १ मिलियन डलरका दरले पारिश्रमिक दिएका थिए । कार्यक्रममा प्रबेष शुल्क प्रतिब्यक्ति ५०० डलर लिएर प्रत्येक कार्यक्रमबाट आयोजकको हैसियतमा राम्रै फायदा गरे उन्ले । ३० बर्ष त्यो काम गरेका बिल यस्तो ब्यापारिक प्रयोजनका लागि विस्वमा नै श्रोता आकर्षण गर्ने डोनाल्ड ट्रम्प जस्तो प्रभाबशाली बक्ता अरु नभएको बताउँछन ।

दोश्रो महंगो बक्ताका रुपमा अमेरिकाकै पूर्व रास्ट्रपति रोनाल्ड रेगन पर्छन जस्लाई उन्को जापान भ्रमणको बेला संचार कम्पनी फुजिसान्केइ कम्युनिकेशनले उन्को दुई मन्तब्य र प्रश्नोत्तर कार्यक्रमको लागि २ मिलियन डलर पारिश्रमिक दिएको थियो । मुद्रा अबमूल्यनलाई ध्यानमा राख्दा उन्को त्यो आम्दानी अहिले १.७ मिलियन प्रति मन्तब्य हुन आउने बताइन्छ ।

तेश्रो महंगो बक्ताका रुपमा वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर पर्छन । उन्ले २००७ को नोभेम्बरमा चीनको ग्वाङडोङमा आलिशान भवन विकासका सम्बन्धमा प्रपर्टी डेभलोपमेण्ट कम्पनीको कार्यक्रममा बोले बापत उन्लाई आधा मिलियन डलर पारिश्रमिकको रुपमा प्रदान गरिएको थियो ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

हिराको मूल्य पाँच मुठा साग

Posted by Ram Kumar Shrestha on September 13, 2020

[मेरो फेसबुकमा प्रकाशित सामग्रीमध्येमा सर्बाधिक लोकप्रियमा दोश्रो स्थानमा रहेको सामग्री जुन समग्रमा लाखौंंका बीच पुग्यो ।]

एकदिन एकजना मानिस आफ्नो गुरुकहाँ गएर भन्यो, “गुरु म हजुरलाई आदर गर्छु, तर मेरा धेरै साथीहरुले हजुरलाई पागल भन्छन । मलाई आज हजुर पागल होइन भन्ने कुरा प्रमाणित गरिदिनु पर्‍यो” ।

गुरु कोठाभित्र पसेर एउटा टल्किएको बस्तु ल्याउनु भयो र आफ्नो चेलालाई दिंदै भन्नु भयो, “बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जानु र कति मुठासम्म साग दिन्छ बुझेर आउनु, तर यस्लाई नबेच्नु ।”

सो ब्यक्ति तरकारी बजारमा गएर धेरैसंग सोध्यो कि सो ढुंगासंग साट्न पर्दा कति मुठा साग दिने भनेर । थोरैमा एक मुठा र बढीमा पाँच मुठा साग दिने जानकारी पाएपछि ऊ गुरुकहाँ गएर एकजनाले बढीमा पाँच मुठासम्म दिन मन्जुर भएको जानकारी दियो ।

गुरुले उन्लाई सुन पसलेहरुकहाँ गएर बढीमा कतिसम्म दिने रहेछ बुझ्न पठायो ।

उनी धेरै सुन पसलेकोमा गएर बुझ्दा बढीमा दश लाखसम्म दिने ब्यापारी भेटेपछि गुरुकोमा गएर दश लाखसम्म दिने पसले भेटिएकोले अब बेच्न ढिलाई नगरौं गुरु भनी आग्रह गर्‍यो ।

Read the rest of this entry »

Posted in कथा/लघु कथा | Leave a Comment »

पत्रकारिताले धर्म छाडेपछि अनिस्ट निम्त्याउँछ

Posted by Ram Kumar Shrestha on September 4, 2020

पत्रकारिता आजकाल पत्रकारिता कम र मित्रकारिता र अर्थकारिता बढी भएको गुनासो सुनिन्छ । ….पत्रकारहरुले पनि देश बिगार्यो भनेर जुन आरोप लागाउने गरिएको छ यो पत्रकारिताको धर्म र मर्म नै नबुझेकाहरुले पत्रिका चलाउनुको दुस्परिणाम हो र यो सत्य पनि देखिएको छ । 

रामकुमार श्रेष्ठ

करीब २ बर्ष अघि आफ्नो फेसबुकमा पोस्टिङ् गरिएको यो सामग्रीको महत्व आजको सन्दर्भमा पनि अत्यन्तै सान्दर्भिक देखेर जानकारीको लागि प्रकाशित गरिएको छ ।

नेपाली पत्रकारिता क्षेत्रमा पत्रकारहरुको बाढी आए पनि पत्रकारिताको धर्म र मर्म बुझेर पत्रकारिता गर्नेहरुको संख्या भने अत्यन्तै न्यून छ भन्ने बुझाई छ अधिकांश पत्रिकाहरु ब्यक्ति वा समूह बिशेषको उद्धेस्य प्राप्ती कार्यमा स्पस्ट रुपमा लागेको भन्ने आरोप लाग्ने देखिएकोले । कतिपय पत्रकार उनीहरुले चाहेको मान्छेलाई माथि ल्याउन सक्ने र नचाहेकोलाई जे पनि गर्न सक्ने भन्ने कुरा खुलेयाम गर्ने गर्छन् र गलत जानकारी सहितका सामग्री प्रकाशित गरिरहेका हुन्छन भलै उनीहरुको पत्रिका जस्को फोटो र सामग्री प्रकाशित गरिएको छ उनीहरुकै सानो सन्जालभित्र मात्रै सीमित हुनेमा नै किन नपरुन । यो मानसिकता पत्रकारिता क्षेत्रमा लाग्नेहरुमा पाइने अत्यन्तै दरिद्र एबं संकीर्ण सोंच हो र यस्तै किसिमको मानसिकताका कारण पत्रकारिता क्षेत्र प्रदूषित र आलोचित हुँदै गैरहेकोछ । वास्तबमा पेशेवार राम्रा पत्रकारले भने समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिन सक्छन ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

अष्ट्रेलियाबाट हेर्दा नेपालमा कोरोनासम्बद्ध स्वास्थ्यकर्मीहरुका समस्याहरु

Posted by Ram Kumar Shrestha on September 4, 2020

विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो ।

रामकुमार श्रेष्ठ

संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विस्व ग्रसित छ । नेपालमा कोरोना संक्रमित संख्या झन्डै ३४ हजार पुगेर बढी कोरोना संख्या हुने देशमा ६४ औं नम्बरमा पुगिसकेको छ र बढ्ने संख्या दिनानुदिन बढिरहेको छ र क्वारेन्टिन, हस्पिटलका वार्डहरुमा सङ्क्रमितहरु थपिँदै गैरहेका छन् । यस्तो अवस्थामा आफू र आफ्नाहरुलाई सुरक्षित राख्नु पर्ने त छँदैछ, साथै यस्तो बेलामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन बिभिन्न उपायहरुलाई प्रभावकारी ढंगबाट ल्याइनुपर्नेमा झन हतोत्साहित र निरुत्साहित तुल्याउने गतिबिधिहरु भएको पाईन्छ ।

नेपालमा कोरोनासम्बद्ध स्वास्थ्यकर्मीले सामना गर्न परेका समस्याहरु :
– स्वास्थ्यकर्मीका लागि आबस्यक ब्यक्तिगत सुरक्षा साधनहरु पर्याप्त नहुनाले ती साधनहरुको लागि खर्च नहोस भनेर स्वास्थ्यकर्मीले लामो समय काम गर्नुपर्छ,
– १२ देखि २४ घण्टासम्म कोभिड युनिटमा काम गरेपछि पनि अस्पतालले कर्मचारीलाई पुग्नेगरी बस्ने ठाउँ मिलाउन सकेको छैन जस्ले गर्दा ५(६ जना एउटै सानो कोठामा बस्नुपर्छ,
– अस्पतालमा आउने सबै बिरामीको RT-PCR Test नगरिने भएकोले NoN-COVID युनिटहरुमा काम गर्न झनै खतरा हुन्छ,
– स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीको अनिवार्य PCR Test गराउन भनिए तापनि त्यसो गरिएको छैन,
– अस्पतालको गाडी सबै ठाउँ जाँदैन,
– कतिपय अस्पतालमा लकडाउनको समयमा काममा आउन नसके काम छोडनका लागि सूचना जारी गरिएको छ,
– अस्पतालकै सवारी चालक, सहचालक र अन्यलाई नै कोभिड संक्रमण देखिन थालेपछि आफ्नो साधन नभएको कर्मचारीलाई काममा आउन जान समस्या छ,
– समुदायमा झन स्वास्थ्यकर्मीलाई घृणाको नजरले हेरिन्छ,
– भाडामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीले कोठामा फर्केर नआउन भनिन्छ,
– सरकारले कोभिड युनिटमा अग्रभागमा काम गर्नेहरुलाई भत्ता दिने र इन्सुरेन्स पनि गराउने भनिए तापनि न त भत्ता न त इन्सुरेन्सकै ब्यबस्था गरिएको छ ।

विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो । आखिर त्यो ठाउँमा कुनै पनि ब्यक्ति कुनै पनि बेला पुग्न सक्ने संभावना भएकोले आँफै त्यो ठाउँमा पुग्दा यो मानसिकताले आफ्नो उपचारमा संलग्न ब्यक्तिको अपेक्षा केका आधारमा गर्ने ? अत: हालको यस्तो जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनि खटिनु हुने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आफ्नो समुदायमा कोही सङ्क्रमित भएमा उहाँहरुको विशेष ख्याल राख्ने मानसिकताको बिकास गरिनु आबस्यक छ र उनीहरुलाई काम गर्न अभिप्रेरित गरिने बातावरण तय गरिनुपर्छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

ब्रत पार्बतीहरुले मात्रै होइन शिवहरुले पनि बस्दा राम्रो

Posted by Ram Kumar Shrestha on August 22, 2020

महादेवले कैयौं दिन निराहार व्रत बसेर गुमाएका सतिदेवीलाई अर्को जुनीको पार्वतीको रुपमा पाएका थिए । गरेको प्रेम र पाएको प्रेम दुवैले पूर्णता प्राप्त गरेपछि त्यो पूर्ण प्रेम हुन्छ र त्यो पुजनिय हुन्छ । सतीदेवी र महादेवको भावनात्मक प्रेमको परिणाम शिव-पार्बती हो र त पुजनिय छन शिव-पार्बती । तर हाम्रो ध्यान पछिल्लो पाटोमा मात्रै छ याने कि पार्बतीले शिवलाई पतिको रुपमा पाउनका लागि बसेको ब्रतमा । जेहोस, हाम्रो धर्मले ब्रतलाई कठीनभन्दा कठीन उद्धेस्य प्राप्तीको अत्यन्तै शक्तिशाली साधनको रुपमा लिएको देखिन्छ ।

आधुनिक बिज्ञानले पनि उपवासलाई पछिल्लो समय अधिकांश मान्छेको अनपेक्षित उद्धेस्य प्राप्तीको प्रभाबशाली साधनको रुपमा स्वीकारेको छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

वारंवार ब्युंतिराख्ने वुद्ध जन्मस्थल विवादको समाधान के त?

Posted by Ram Kumar Shrestha on August 15, 2020

नेपाल सरकारलाई समस्याको जरो उखेल्ने बाटो देखाउँदा  र बताउँदा पनि  त्यस्मा नलाग्ने, अनि बारंबार निस्कने यस्ता समस्याको बिरोध गर्दै नेपालीहरु कति बस्ने? समस्यालाई स्थायी रुपमा समाधान गर्न नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।

सात देशका प्रधानमन्त्री र राष्ट्रतिलाई लेखेको रिपोर्ट पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई र कुटनितिक नियोगहरु मार्फत बिभिन्न देशका पाठ्यपुस्तकमा भएका वुद्ध जन्मस्थल बिषयमा भएका गल्ती सच्याउनेबारेको ज्ञापनपत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई हस्तान्तरण गर्दै

भारतीय विदेशमन्त्री एस. जयशंकरले हालै गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै प्रचार गरेको बिषयलाई लिएर पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्रीहरु, पररास्ट्र मन्त्रालय लगायत वरिष्ठ ब्यक्तिहरु सामाजिक सन्जालमा बिशेष गरी ट्विटरमा बिरोधमा उत्रिएका छन । यसरी आबस्यक पर्दा मात्रै बोल्ने, तर लुम्बिनीको बिकासका सम्बन्धमा दुई गुरु योजना तयार भैसक्ता पनि तदनुरुप काम भने गर्न नसक्ने वाताबरण छ – व्याबहारिक रुपमा “घ्याम्पो डरायो, म त डराइन” भन्ने स्पस्ट छनक सबैद्धारा प्रदर्शन गर्ने संस्कारगत परिपाटी यो परिणामका लागि जिम्मेवार छ । प्रो केन्जो टांगेले तयार गरेको गुरु योजना योजना मुताबिक काम भएको भए यस्ले मूर्त रुप लिएको ३५ बर्ष भैसकेको हुन्थ्यो, तर हाम्रो भू-राजनीतिक अवस्थाले गर्दा त्यस्ले मूर्त रुप पाउन नसकेको मात्रै होइन प्रो क्वाकद्धारा तयार गरिएको अर्को गुरु योजनाले पनि मूर्त रुप पाउने कुरामा सन्देह छ । हाम्रो भू-राजनीतिक अवस्थाका कारण लुम्बिनीको बिषयमा हुनुपर्ने काम प्राथमिकताका साथ जसरी हुनुपर्थ्यो त्यस्को थोरै प्रतिशत पनि हुन सकिराखेको छैन र वुद्ध जन्मस्थल बिषयलाई बारंवार यसरी नै बल्झाइराख्ने गरिएको छ । बिबादितको सट्टा निर्बिबाद यथार्थताका आधारमा यो समस्या समाधानको स्थायी समाधानको लागि लुम्बिनीसम्बन्धी नयाँँ कुटनीतिको जरुरत भएको महसूस गरी अभियानले तदनुरुप काम गर्न शुरु गरिसकेको छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

कोरोना, नेपालको लागि सुवर्ण अबसर हुन सक्छ

Posted by Ram Kumar Shrestha on August 5, 2020

वार्षिक झन्डै १० खर्बको व्यापार घाटालाई रेमिट्यान्स मार्फत पूर्ति गर्दै आएको देश नेपालले अब एकातिर त्यो किसिमको रेमिट्यान्स प्राप्त गर्न नसक्ने र अर्कोतर्फ बिदेशबाट रोजगारी गुमाएका लाखौंको आवश्यकता पुरा गर्न आयात बढाउनुपर्ने बाध्यताले ब्यापार घाटा बढ्ने संभावनाले भयाबह आर्थिक अवस्था निम्त्याउन सक्ने देखिन्छ । बिदेश र देशकै बिभिन्न शहरहरुमा केही देख्ने र सिक्ने अबसर प्राप्त गरेका कम्तीमा २७ लाख उर्जाशिल जनशक्ति देशभरीका गाउँ फर्कन सक्ने जुन संभावना छ यस्लाई ती गाउँहरुमा नै उत्पादनशिल काममा लगाउने ठोस कार्य योजना सहितका प्रभाबकारी नीति मार्फत ती गाउँहरुलाई रुपान्तरण गर्ने राष्ट्रिय योजना मार्फत देशलाई छोटो समयमा नै यथार्थतामा नै विकास गर्ने राम्रो अबसरको रुपमा लिन सरकार चुक्नु हुन्न ।

कोरोनाका कारण विस्व दशकौं पछाडि धकेलिनेछ । हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण वा आंशिक समय काम गर्नबाट वञ्चित छन् । यसअघि आईएलओले कोरोना महामारीका कारण विश्वभर २५ करोड श्रमिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो । यही मंगलवार दिएको जानकारी अनुसार फोर्ड कम्पनी एउटैको पहिलो चौमासिक घाटा २ बिलियन डलर भएको र आगामी चौमासिक घाटा यस्को दोब्बरभन्दा बढी हुनेछ । यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । तहस नहस भएको आफ्नै देशलाई कसरी उठाउने भन्नेतिर नै सबै देशको ध्यान केन्द्रित हुने भएकोले अरुलाई सहयोग गर्ने भन्ने पहिला पहिलाको अबधारणा शिथिल हुनेछ । यस्का बाबजुद वार्षिक झन्डै १० खर्बको विगतको व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स भित्र्याएर त्यो घाटा पूर्ति गर्दै आएको देश नेपालले भने नसोचिएको किसिमले देश विकास गर्न सक्ने सुबर्ण अबसर प्राप्त गर्न सकिने संभावित वाताबरण तयार हुँदैछ सही नेतृत्व मार्फत ठोस कार्य योजना सहितका उपयुक्त प्रभावकारी योजना तर्जुना गर्न सकिएको खण्डमा ।

झन्डै १४ बर्षपछि आफ्नो गृह जिल्ला गोर्खामा दशैं मनाउन जाँदा समेत सुनसान महसूस भयो जबकि यो समय भनेको देशभरीबाट आफ्नो घर आउने समय थियो । दैनिक १५ सय युवा रोजगारको खोजीमा विदेश पलायन हुँदै गरेका कारण जनसंख्याको १४ प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा हुने भएपछि यस्तो हुनु स्वाभाबिकै थियो पनि । १ बर्ष नेपालमा प्राबिधिक सहयोग गर्ने उद्धेस्यका साथ गएकोले पनि लामो समयपछि धेरै जिल्ला आफ्नै आँखाले देख्ने क्रममा नांगा डाडापाखा र बाँझा खेतबारी र गरिनु पर्ने प्रकृया पुरा नगरी जथाभावी गरिएका डोजरे विकासले निम्त्याउन सक्ने संभावित दैवी प्रकोपका कारण भित्रभित्रै प्रताडित थिएँ । कोरोनाका कारण अपर्झट काठमाण्डौं आउने क्रममा गाडीमा आउँदै थिएँ अस्ट्रेलियन बातावरण अधिकृत पौलसंग बिगतमा प्लेनबाट समयमा नै उड्न नसकेर पोखरा बस्न परेकोले फेरि पनि त्यस्तै समस्या सामना गर्न नपरोस भनेर । बाटोभरी उस्को गुनासो थियो यत्ति सुन्दर देश दीर्घकालिन सोंचलाई लत्याएर जथाभावी गरिएको विकास देखेर ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

कुलमान घिसिङ निरन्तर माफियातन्त्रको घेराबन्दीमा किन?

Posted by Ram Kumar Shrestha on August 5, 2020

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १८ घण्टासम्म भएको लोशेडिङ हटाएर त्यस्को ९ महिनामा ९ अर्ब घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सफल भए । जे भयो यस्का कारण अधिकांश नेपाली उन्लाई भगवानको रुपमा मान्छन जबकि यस्तो जादूमय परिवर्तनको कारण अरु केही नभएर उन्ले आफ्नो पदीय दायित्वलाई गम्भिरतापूर्बक यथोचित ब्यबस्थापकीय क्षमता मार्फत निर्बाह गर्नुको परिणति मात्रै हो ।

यस्ले अत्यन्तै महत्वपूर्ण दुई कुरालाई स्पस्ट पार्छ: सही ठाउँमा सही ब्यक्ति हुँदा केही हुन नसकेको नेपाल जस्तो देशको लागि यसरी चमत्कार हुन्छ, त्यसो नहुँदा भ्रस्टाचारमा चामात्कारिक विकास हुन्छ पहिलो, र दोश्रो नेपालमा आफ्नो पदीय दायित्वलाई गम्भिरतापूर्बक निर्बाह गर्नेको संख्या औंलामा गन्न पनि पुग्दैन । यही दोश्रो वास्तबिकताको कारण देशका हरेक संस्था दुब्लाउने तर ब्यक्ति मोटाउने र अन्तत्वगत्वा देशलाई सुकेनासको रोगले आक्रान्त बनाउने काम भैराखेको छ । पहिलो यथार्थताले के स्पस्ट पार्छ भने एक दर्जन जति कुलमान देशमा जन्मिदिने हो भने देश स्वर्ग बन्न समय लाग्ने थिएन – भाषणमा होइन यथार्थतामा । तर हामी भाषणी काल्पनिक स्वर्गको रस स्वादन गर्न बिबस र वाध्य छौं लामो समयदेखि ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

नेपालको राष्ट्रियता र विकास ओझेलमा पर्नुको रहस्य के त?

Posted by Ram Kumar Shrestha on August 4, 2020

पछिल्लो समय विस्वप्रसिद्ध ब्यक्तिहरुलाई मात्रै नभएर नेपालको राष्ट्रियताको बिषयलाई बढी अध्ययन गर्ने गरेको छु । अध्ययन र अज्ञानताका कारण स्वार्थमा लिप्त धेरै नेपालीमा दक्षिणलाई हेर्ने पुरानो सोंचमा परिवर्तन आएको देखिन्न, तर अब अवस्था बिल्कुलै फरक भैसकेकोछ । हामीले अत्यन्तै गहनताका साथ नियालिरहेका छौं कि नितान्त स्वार्थमा निर्लिप्त ब्यक्तिहरु आफ्ना स्वार्थको लागि परिवर्तित सन्दर्भमा पनि अझै पट्टक्कै असहजता महसूस नगरी नांगो रुपमा दक्षिणकाहरुलाई काँधमा बोकेर हिंड्ने गरेका छन जस्ले गर्दा दक्षिणको स्वार्थको लागि खुलेयाम हिंड्ने सामान्यभन्दा अति सामान्य ब्यक्तिहरुले समेत नेपाल सरकारका जिम्मेवार ब्यक्तिहरु र निकायहरुलाई आफ्नै खल्तीको खेलौना जस्तो व्यबहार देखाउने गरी अभिब्यक्ति दिंदै हिंडेको देखिन्छ । यो किसिमको निम्न स्तरको हैसियत पश्चिमाहरुका तर्फबाट बिरलै भेटिन्छ जस्ले गर्दा उनीहरुको भित्री उद्धेस्यमा संलग्न ब्यक्तिहरुको पहिचान कार्य त्यत्ति सहज हुँदैन ।



चीनमा प्रबेश गर्ने करीब ३७६ मध्ये २७५ हिमालयन नाका नेपालमा छन जस्लाई हिउँद र बर्षा दुबैमा प्रयोग गर्न सकिन्छ र यूरोप चीनलाई विस्वकै सर्बशक्तिमान बन्ने कदमलाई रोक्न चाहने भएकोले नेपालको सामरिक महत्व यत्ति धेरै भएको हो । अहिले हाम्रो दक्षिणको छिमेकी समेत ब्रसेल्सको काखमा छ र पछिल्लो समय नेपालमा दक्षिणले चाहेको धेरै कुरा पहिला जस्तो हुन नसकिरहेको अवस्था छ । पछिल्लो समय नेपालको नेताको तुलनामा भारतीय नेताहरु नेपालको भ्रमणमा बढी आउनुको कारण यो पनि हो । मधेशमा २६ अमेरिकी, १४ वेलायती, ४ स्विस र ४ जर्मनी संस्थाहरुले ६६४ परियोजनाहरु सन्चालन गरेका छन जस मार्फत २२ अर्ब ३३ करोड खर्च भैसकेको छ । यो बढो पेचिलो प्रश्न हो र यत्ति ठुलो रकम कहाँँ, किन र कसरी खर्च गरियो भन्ने बिषय रहस्यको बिषय बन्न पुगेको छ ।

उत्तर र दक्षिणका छिमेकीहरु १९६२ मा छैनौं भन्छन । उत्तरको छिमेकीलाई विस्वकै सर्बशक्तिमान बन्नुछ र हाम्रो दक्षिणकोसंग पनि मिलेर अगाडि बढ्नुछ । पश्चिम हाम्रो उत्तरी छिमेकलाई हरहालतमा त्यो दिशातिर उन्मुख हुन नदिन कटिबद्ध छ । हाम्रो देशको राजनीतिक झल्याक झुलुकको केन्द्रमा यही बिरोधाभासपूर्ण स्वार्थको चलखेल छ । सरकारका तर्फबाट राष्ट्रियता र विकासको मुद्धा प्राथमिकतामा पर्न नसक्नुको कारण यही हो । किनकि नेपालको राजनीतिको न्यूक्लियसमा उक्त बिरोधाभासपूर्ण स्वार्थका मूल लडाकुहरु आ-आफूलाई शक्तिशाली बनाउनमा नै मूलभूत रुपमा आ-आफ्नो शक्तिको उपयोग र उपभोग गरिराखेका छन न कि नेपालको राष्ट्रियता र विकासका लागि ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

अहिलेको ठाउँमा नभएर गोरखा दरवार दुल देवताको डाँडामा बनाइने योजना?

Posted by Ram Kumar Shrestha on August 3, 2020

ऐतिहासिक गोरखा दरबारको निर्माण कहिले भएको भन्ने यकिन नभए पनि राम शाहको पालामा निर्माण शुरुभै त्यसपछिका राजाहरुको पालामा संरचना थप र स्वरुप परिवर्तन भएको इतिहासविद्हरुले बताउने गरेका छन् । करीब चार दशक अघि देखेकोले ठाउँ यकीन त गर्न सक्तिन्न, तर संभबत गोरखा दरवारको पशुपतिको पस्चिमपट्टिको पर्खालमा करीब १ फिटX१ फिटको शिलालेख छ जस्मा शाके सम्बत् उल्लेख गरिएकोछ र त्यो गोरखा दरवार कहिले निर्माण भएको हो भन्नेबारेको सम्बत् हो कि राम शाहले गद्धी आरोहण गर्दाको हो?

राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका १० राजाले यसै दरबारबाट राज्य गरेका थिए । पछिल्लो बिनाशकारी भूकम्पका कारण क्षति पुर्याएको गोरखा दरबार पुनर्निर्माणका लागि जगैदेखि भत्काइएको छ र अब बन्ने नयाँ दरबार पनि सम्पूर्ण रुपमा पुरानै स्वरुपमा निर्माण गरिनेछ । दरबारभित्रका सबै कोठा पनि पुरानै स्वरुपमा बनाइनेछ ।



तर यो दरवार त्यहाँ कसरी बन्यो भन्ने सम्बन्धमा अत्यन्तै रोचक किंबदन्ती छ । वास्तबमा यो दरवार त्यहाँ नभएर यस्को दक्षिण-पस्चिममा केही किलोमिटरको दूरीमा अबस्थित दुल देवताको डाँडामा निर्माण गर्ने राम शाहको योजना मुताबिक निर्माण सामग्री त्यहाँ जम्मा गर्ने गरिन्थ्यो । यो ठाउँँ उचाइमा छ, अत्यन्तै रमणीय छ र उचाइमा रहेको फरक फरक उचाइमा रहेको बिभिन्न समथर भागको बिभिन्न ठाउँबाट चारै दिशाको टाँढा टाँढासम्म देख्न सकिने भएकोले तात्कालिन अवस्थामा सामरिक महत्वको दृष्‍टिकोणले महत्वपूर्ण ठाउँँ मान्न सकिन्छ ।

त्यहाँ जम्मा गरिएका निर्माण सामग्री भोलिपल्ट रातारात अहिले दरबार बनेको ठाउँमा सारिएको पाइयो । ती सामग्रीलाई पुन: दुल देवताको डाँडामा सार्यो, भोलिपल्ट पुन: अहिलेको दरवार भएको ठाउँमा फेला पर्थे । केही पटक यो प्रकृया दोहोरिएपछि राम शाहले भगवानको इच्छा दरवार दुल देवता डाँडामा नभएर अहिले दरवार भएको ठाउँमा नै बनोस भनी चाहेका रहेछन भनी त्यहाँ बनाइेएको भन्ने किंवदन्ती हामी सानो छँदा सुनेका हौं ।

हामी सानो छँदा दुल देवताको डाँडा गाईबस्तु चराउने ठाउँको रुपमा प्रयोग गरिन्थ्यो । डाँडामा समथर भाग देखिन्छ र त्यहाँ घर बनाउनका लागि शुरु गरेर छाडिएको जस्तो भग्नाबशेष पनि देख्न सकिन्छ ।

युनेस्कोको धेरै देशको पुरातात्विक महत्वको परियोजनामा महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएका प्रो रविन कनिंघाम जापान सरकारको आर्थिक सहयोगमा सन्चालित युनेस्कोकै लुम्बिनीमा अत्याधुनिक प्रबिधि मार्फत पुरातात्विक अनुसन्धात्मक उत्खनन कार्यमा सहभागी भएर वुद्ध जुन समयमा जन्मनु भएको भनेर हामीले मानी आएका थियौं त्योभन्दा केही सय बर्ष अगावै जन्मनु भएको भन्ने अत्यन्तै महत्वपूर्ण बैज्ञानिक दावीलाई सार्वजनिक गर्नु भएको छ । यस्को महत्वलाई न त नेपाल सरकारले बुझेको देखियो न त नेपाली पत्रकार जगतले नै जबकि अन्तराष्ट्रिय संचार जगतले उच्च प्राथमिकता दिए भने न्यासनल जियोग्राफीले त शायद डकुमेण्ट्री बनाइ नै सक्यो । यकिन छैन, प्रो कनिंघाम लुम्बिनीको परियोजना सकाएर अन्यत्रै गैसके वा अझै त्यहीं छन । नत्र उनी जस्ता ब्यक्तिलाई गोर्खा घुमाउन ल्याएर दुल देवताको डाँडामा पुरातात्विक उत्खननको बिषयमा सुझाब लिन सकिन्छ कि? उनी फर्किसकेका छन भने उनीसंगै लुम्बिनीमा काम गर्ने वरिष्ठ पुरातत्वबिद कोषप्रशाद शर्मासंग पनि परामर्श लिन सकिन्छ ।

हुन त किंबदन्तीको कुरालाई बैज्ञानिक युगमा त्यसरी महत्व दिनु उपयुक्त होला र भन्ने प्रश्न पनि उठन सक्छ । म आँफै पनि बिज्ञानकै बिद्यार्थी भएको तर म बिज्ञानको धेरै सीमा भएको कुरालाई स्वीकार्ने ब्यक्ती हुँ । विस्वस्तरीय बैज्ञानिकहरुसंग काम गरेका र युरोप र अमेरिकाका धेरै विस्वबिद्यालयमा प्राध्यापन गर्ने आफ्नो पहिलो प्रकाशनमा नै आफ्नो “The Tao of Physics” लाई International bestseller मा पार्न सफल Fritjof Capra को पुस्तकले पनि यस्तै सन्देश दिन्छ । उन्मा बिज्ञानको मात्रै नभएर पूर्बीय दर्शनको पनि अत्यन्तै गहन अध्ययन छ जुन कुराको प्रमाण उन्को यो पुस्तक नै हो ।

Read the rest of this entry »

Posted in रोचक जानकारी, लेख/ रचना /निबन्ध | Leave a Comment »

बल सरकारको कोर्टमा

Posted by Ram Kumar Shrestha on August 3, 2020

सरकारले गर्नु पर्ने काम जनस्तरबाट सन्चालित अभियानद्धारा अनपेक्षित रुपमा ठूला उपलब्धीहरु हासिल गरिसकेर सरकारलाई काम गर्न सहज बातावरण बनाइदिने काम गरिसक्ता पनि सरकार र सरकारका प्रतिनिधि निकायहरुले भने अझै पनि पटक्कै दायित्वबोध र महत्वबोध नै नगर्नु लज्जास्पद हो ।

अभियानको सातौं बार्षिकी मनाउँदा ३० डिसेम्बर, २०१५ मा सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र मानब अधिकार हननको प्रतिरक्षाका खातिर सच्याउन आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरिएपछि प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधि तात्कालिन पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको छ ।

Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »