WebSite Reviews - What others are saying about our site:
var s = document.createElement('script');
s.type = 'text/javascript';
s.async = true;
s.src = 'http://site-connect.net/widget~reviews';
document.getElementsByTagName('head')[0].appendChild(s);
var s = document.createElement('script');
s.type = 'text/javascript';
s.async = true;
s.src = 'http://site-connect.net/site~pageinfo2';
document.getElementsByTagName('head')[0].appendChild(s);
Link Exchange
Nepa Bliss, a culinary haven where the flavors of India and Nepal unite to take its customers on a remarkable gastronomic journey. Nestled in three locations – Rosebud, Rye, and Narre Warren in Victoria – the team is delighted to bring its customers the finest Indian and Nepalese cuisine.
Nepa Bliss goes beyond serving food; it strives to create an experience that leaves a lasting impression. Its dedicated team of staff is committed to ensuring that customers’ visit is nothing short of blissful. From the moment you step in until the last bite, its team aims to provide customers with unparalleled service that will make them feel right at home.
गरीब देशबाट धनी देशमा आएर सिकेको र बुझेको धनी देशको कामप्रतिको संस्कार, मानसिकता र मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा त भित्रिएला नै, तर न त यस्ले ‘बिदेशमा त पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ न त देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै ।
मेलबर्नको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको ब्यक्ति एकदिन अफिस समयपश्चात पनि निर्देशक कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर अनुमति लिएर पस्छ । कोठामा पस्ने बित्तिकै निर्देशकको बोली उस्को कानमा पर्छ, “आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र” । उक्त दिन निर्देशकको टेबल वरिपरि भुइंमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठीन भएन ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरुमा बिभिन्न स्तरका स्वास्थ्यकर्मीहरु पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए क्यारी र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकांही तालिम दिने काममा पनि शरिक हुने गर्थे । त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरुको लागि नि:शुल्क रुपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकांही सो क्याफेमा पनि काम गर्थे र आफ्ना बिद्यार्थी र कर्मचारीहरुले खाइसकेको प्लेटहरु उठाउन पनि ब्यस्त देखिन्थे ।
दिनमा हजारौं कविता लेखिन्छन, तर केही समयको अन्तरालमा बल्ल एकाध कविता भेटिन्छन जस्लाई जति पढे पनि पढ्न नपुगेको, जति सुने पनि सुन्नै नपुगेको महसूस हुन्छ ।
माया अब कसैसँग गर्न मन छैन माया अब केबल महसुस गर्न मन छ- एउटी त्यस्ती परीसँग, जो साउतीमा बोल्छे प्वाँखझै उड्छे, अँगालोमा छैन, तर सँगै रहन्छे ।
म लड्दा आफै उठुँ, तर उसले उठाए झैँ लागोस् म आँशु आफै पुछुँ, तर उसले पुछे जस्तै लागोस् माया अब कसैसँग गर्न मन छैन माया मात्र अब महसुश गर्न मन छ ।।
मेयरको रुपमा केही बर्ष अघि भेटिएकी बरिष्ठ वकिलको रुपमा समेत कार्यरत Helen Davidson घरेलु हिंसासम्बन्धमा दिदी-बहिनी समाज भिक्टोरियाद्धारा तयार पारिएको नेपाली फिल्मको दोश्रो भागको शुभारम्भलाई समेत समाबेश गरिएको Moreland City Council द्धारा आयोजित हिजोको कार्यक्रममा काउन्सिलरको रुपमा भेट्दा नेपालको अस्तब्यस्तताका कारणका केही जड मडारिएर आइरहेको थियो मभित्र । किनकि नेपालीको लागि ठूलो जिम्मेवारी पाइसकेर सानो जिम्मेवारी लिनु मान्य होइन जुन विकसित देशको लागि प्रश्नको बिषय नै होइन । र, अर्को कुरा नेपालमा जनप्रतिनिधिहरु सबै अहिले सरकारी तलब र सुबिधा लिन्छन, तर विकसित देशमा प्राप्त जिम्मेवारीको लागि काम गरे बापत भत्ता लिन्छन र आफ्नो कामलाई पनि जारी राख्छन ।
जिम्मेवारी प्राप्त ब्यक्तिसंगको आधिकारिक भेटघाट एउटा निस्चित परिपाटी अनुरुप चल्नुपर्छ र त्यो कुनै न कुनै परिणामदायक हुनै पर्छ । नेपालमा अधिकांश मेयरकै कार्यालयमा पनि समय नै नलिएर कुनै पनि बेला मानिसहरु बाटो पर्यो भने पसेर “नमस्ते” टक्र्याउने चलन यथाबत छ । चाकडीको रुपमा “नमस्ते” खाने र टक्र्याउने ब्यवसायलाई फस्टाउन दिने यो परिपाटी र मानसिकता समाज र देशको लागि प्रत्युत्पादक हुन्छ । हरेक दिन बिहान हरेक कार्यालयमा चाकडी टक्र्याउने र ग्रहण गर्ने ब्यबसायको लागि कम्तीमा आधा घण्टा बितेपछि बल्ल सबै आ-आफ्नो काम गर्ने कुर्सीमा देखा पर्छन । २१औं शताब्दीमा पनि सबैले आ-आफ्नो स्तरको प्रसस्ति गाउने र सुन्ने सामन्ती संस्कारको यस किसिमको निरन्तरताको कारण स्वतन्त्रता प्राप्तीका दृष्टिकोणले समकालिन देशहरु विकसित देश बनिसक्ता नेपाल भने अझै पनि अति कम विकासोन्मुख देशको लिस्टमा नै छ ।
कान्तिपुरमा “मुखर्जीले जब सगरमाथा हेरे” शिर्षक अन्तर्गतको समाचारमा समाचारभरी कुनै चर्चा नै नभएको फोटो राखिए तापनि वुद्ध एयरको बिमान प्रयोग गरिएको कारण यस्का कर्मचारीहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई वुद्धको मूर्ति उपहार दिएको अनुमान गर्न सकिन्छ ।
उपहारले राष्ट्रपतिलाई केही चस्का अबस्य पनि दियो होला नै । भारतीय नेताहरु पशुपति जान्छन, तर लुम्बिनी जान चाहन्नन । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बर्तमान नेपाल भ्रमणका क्रममा पनि लुम्बिनी जाने उन्को कुनै कार्यक्रम छैन भलै लुम्बिनीको महत्व धार्मिक दृष्टिकोणले मात्रै नभएर विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल भएका कारण पनि यस्को बिस्वब्यापी रुपमा नै बहुआयामिक महत्व छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाललाई वुद्धको जन्मभूमिका रुपमा परिचय दिएर प्रसंशा बटुले तापनि राष्ट्र संघको सुरक्षा परिषदमा स्थान प्राप्त गर्ने कामका लागि नेपालमा बोलेकोभन्दा ठीक बिपरीत कुरा गरेर सो उद्धेस्य प्राप्तीका लागि वुद्धको नाम बेच्ने काम मात्रै गरेनन, बरु आफू एउटा शक्ति सम्पन्न देशको प्रधानमन्त्री भएको समेत बिर्सन पुगे र बोलीको ठेगाना नभएको नेताका रुपमा विस्वलाई परिचय दिए । किनकि विस्वले यो कुरालाई मौन रुपमा हेरिरहेकाले उन्ले नेपालमा बोलेका कुरालाई धेरै अन्तराष्ट्रिय संचार माध्यमले यथेस्ठ स्थान दिएका थिए ।
कोभिड–१९ को विश्वव्यापी समस्याले बितेका सात महिना नेपाली जनजीवन नराम्ररी खलबलिंदा लाखौंं जनता सारंगी पेटमा बाँच्न बिवस भैराखेको बेलामा सामाजिक कामसँगै एकल महिलाको हकहितका लागि सदैव लडिरहने एकल महिला समूह नेपालकी संस्थापक अध्यक्ष लिली थापा विगत ७ महिनादेखि खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । एकल समूहले लकडाउन भएयता काठमाडौंमा मात्रै ६० हजारभन्दा बढी भोकाहरूलाई निःशुल्क खाना खुवाउने तथा राहत बाँड्ने काम गरेको छ । काठमाडौंमा मात्रै नभई देशका विभिन्न संगठित समूहमध्ये २० भन्दा बढी समूहले खान नपाएकाहरूलाई राहत र निःशुल्क भोजन गराउँदै आइरहेको छ ।
एकल महिला समूहको काठमाडौंस्थित बुढानिलकण्ठमा आफ्नै ‘छहारी भवन’ मा महिलाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । छहारी भवन, श्रीमानको मृत्यु भएका, श्रीमानले छाडेका, श्रीमान् बेपत्ता भएका, सम्बन्ध विच्छेद भएका, ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका र वादी महिलाहरूको छाता संगठन हो । यहीं लकडाउनका बेला, एकै दिन एक सय भन्दा बढीलाई एक छाक खाना समेत खुवाउने गरिएको थियो ।
छहारीमा विदेशमै गर्भवती भएर आएका महिलाहरूलाई विशेष प्राथमिकताका साथ राख्ने गरिएको छ । त्यहाँ बस्ने महिलाहरू १४ दिन क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै आआफ्नो घर जाने गरेका छन् ।
पछिल्लो समय, हरेक हप्ताको आइतबार खाद्यान्न तथा राहत वितरण गर्ने क्रममा लिली हरेक ठाउँमा पुग्ने गरेकी थिइन् ।
हाम्रा बयस्कहरु वयस्क फिल्मका स्टार नेपाल आएको बेलामा आफ्नो अधिकारको उपभोग गर्नु कुनै आस्चर्यको कुरा होइन, तर पनि त अस्ट्रेलियन पार्टीले अबलम्बन गरेको पार्टिगत संस्कार जस्तै हाम्रो संस्कारलाई आदर गर्ने बयस्कहरुलाई पनि त आफ्नो अधिकार र दायित्व पुरा गर्ने अधिकार पनि त छ नि ।
लिबरल पार्टीका प्रबक्ताले नितिनले भिक्टोरिया राज्यको थोमसटाउनबाट दिएको संसदिय चुनावको उम्मेदवारीप्रति लिबरल पार्टीको तर्फबाट कुनै समर्थन नभएको घोषणा गरिदिए । कारण थियो भारतीय मूलकी क्यानडाबासी सन्नी लियोनी बयस्क फिल्म स्टार हुनु ।
रामकुमार श्रेष्ठ * अहिले जस्तो युट्युब र र समाचारको शेयरिङ्ग र भ्यु बढाउने प्रश्न त थिएन नै त्यो बेला र पनि जब “महान” फिल्म शुटिङका लागि अमिताभ बच्चन र जीनत अमान नेपाल आए त्यो बेला पनि अनियन्त्रित भीडको कमी पटक्कै भएन । त्यो बेलाको भीडभाडको कारण शुटिङ हुने वरिपरीका स्थानिय वासिन्दा मात्रै नभएर कयौं कलेजहरु शुटिङको समयमा अघोषित रुपमा बन्द प्राय: जस्तै हुने गर्थे ।
कृष्ण मन्दिर क्षेत्रमा सो फिल्मको शुटिङ भएको बेलामा टाँढाको कालेजका युनिफर्म लगाएकाहरुको प्राचुर्यता नसुहाउने भए पनि त्यस्तो भैदियो पनि । त्यहाँ भीड अनियन्त्रित भएकोले शुटिङस्थलको सुरक्षाको कारण सुरक्षा निकायका ब्यक्तिहरुले पछाडि धकेल्ने क्रममा एकजना पूर्व पररास्ट्र मन्त्रीका छोरालाई पनि अलिक बढी नै ठेलेछन । मन्त्रीका छोरोले भनेछन, “मान्छे चिनेर ठेल” । प्रत्येक मन्त्रीका छोराछोरीलाई प्रत्येक सुरक्षाकर्मीलाई चिन्नै पर्ने भन्ने पनि छैन नि ।
त्यो बेला पनि अहिलेको जस्तो फेसबुक भैदिन्थ्यो भने नेपालीहरुको लाइभ, को कहाँबाट हिंडेर कहाँ पुग्यो जस्ता अपडेट र फोटो पोस्टिङका कारण फेसबुकले राम्रै दबाब थेग्नुपर्ने हुन सक्थ्यो ।
समग्रमा नै अहिलेसम्मको विस्वमा आफ्नो मन्तब्य मार्फत सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाका बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्प हुन जस्लाई Learning Annex का संस्थापक अध्यक्ष Bill Zanker ले २००६-०७ मा १७ सेमिनारमा बोलिदिनका लागि १.५ मिलियन प्रति मन्तब्यका दरले पारिश्रमिक दिए । त्यस अघि २००५ मा पनि उन्ले रियल स्टेट लगानी बिषयक तीन सेमिनारमा बोलिदिनका लागि प्रति मन्तब्यको १ मिलियन डलरका दरले पारिश्रमिक दिएका थिए । कार्यक्रममा प्रबेष शुल्क प्रतिब्यक्ति ५०० डलर लिएर प्रत्येक कार्यक्रमबाट आयोजकको हैसियतमा राम्रै फायदा गरे उन्ले । ३० बर्ष त्यो काम गरेका बिल यस्तो ब्यापारिक प्रयोजनका लागि विस्वमा नै श्रोता आकर्षण गर्ने डोनाल्ड ट्रम्प जस्तो प्रभाबशाली बक्ता अरु नभएको बताउँछन ।
दोश्रो महंगो बक्ताका रुपमा अमेरिकाकै पूर्व रास्ट्रपति रोनाल्ड रेगन पर्छन जस्लाई उन्को जापान भ्रमणको बेला संचार कम्पनी फुजिसान्केइ कम्युनिकेशनले उन्को दुई मन्तब्य र प्रश्नोत्तर कार्यक्रमको लागि २ मिलियन डलर पारिश्रमिक दिएको थियो । मुद्रा अबमूल्यनलाई ध्यानमा राख्दा उन्को त्यो आम्दानी अहिले १.७ मिलियन प्रति मन्तब्य हुन आउने बताइन्छ ।
तेश्रो महंगो बक्ताका रुपमा वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर पर्छन । उन्ले २००७ को नोभेम्बरमा चीनको ग्वाङडोङमा आलिशान भवन विकासका सम्बन्धमा प्रपर्टी डेभलोपमेण्ट कम्पनीको कार्यक्रममा बोले बापत उन्लाई आधा मिलियन डलर पारिश्रमिकको रुपमा प्रदान गरिएको थियो ।
[मेरो फेसबुकमा प्रकाशित सामग्रीमध्येमा सर्बाधिक लोकप्रियमा दोश्रो स्थानमा रहेको सामग्री जुन समग्रमा लाखौंंका बीच पुग्यो ।]
एकदिन एकजना मानिस आफ्नो गुरुकहाँ गएर भन्यो, “गुरु म हजुरलाई आदर गर्छु, तर मेरा धेरै साथीहरुले हजुरलाई पागल भन्छन । मलाई आज हजुर पागल होइन भन्ने कुरा प्रमाणित गरिदिनु पर्यो” ।
गुरु कोठाभित्र पसेर एउटा टल्किएको बस्तु ल्याउनु भयो र आफ्नो चेलालाई दिंदै भन्नु भयो, “बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जानु र कति मुठासम्म साग दिन्छ बुझेर आउनु, तर यस्लाई नबेच्नु ।”
सो ब्यक्ति तरकारी बजारमा गएर धेरैसंग सोध्यो कि सो ढुंगासंग साट्न पर्दा कति मुठा साग दिने भनेर । थोरैमा एक मुठा र बढीमा पाँच मुठा साग दिने जानकारी पाएपछि ऊ गुरुकहाँ गएर एकजनाले बढीमा पाँच मुठासम्म दिन मन्जुर भएको जानकारी दियो ।
गुरुले उन्लाई सुन पसलेहरुकहाँ गएर बढीमा कतिसम्म दिने रहेछ बुझ्न पठायो ।
उनी धेरै सुन पसलेकोमा गएर बुझ्दा बढीमा दश लाखसम्म दिने ब्यापारी भेटेपछि गुरुकोमा गएर दश लाखसम्म दिने पसले भेटिएकोले अब बेच्न ढिलाई नगरौं गुरु भनी आग्रह गर्यो ।
पत्रकारिता आजकाल पत्रकारिता कम र मित्रकारिता र अर्थकारिता बढी भएको गुनासो सुनिन्छ । ….पत्रकारहरुले पनि देश बिगार्यो भनेर जुन आरोप लागाउने गरिएको छ यो पत्रकारिताको धर्म र मर्म नै नबुझेकाहरुले पत्रिका चलाउनुको दुस्परिणाम हो र यो सत्य पनि देखिएको छ ।
रामकुमार श्रेष्ठ
करीब २ बर्ष अघि आफ्नो फेसबुकमा पोस्टिङ् गरिएको यो सामग्रीको महत्व आजको सन्दर्भमा पनि अत्यन्तै सान्दर्भिक देखेर जानकारीको लागि प्रकाशित गरिएको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा पत्रकारहरुको बाढी आए पनि पत्रकारिताको धर्म र मर्म बुझेर पत्रकारिता गर्नेहरुको संख्या भने अत्यन्तै न्यून छ भन्ने बुझाई छ अधिकांश पत्रिकाहरु ब्यक्ति वा समूह बिशेषको उद्धेस्य प्राप्ती कार्यमा स्पस्ट रुपमा लागेको भन्ने आरोप लाग्ने देखिएकोले । कतिपय पत्रकार उनीहरुले चाहेको मान्छेलाई माथि ल्याउन सक्ने र नचाहेकोलाई जे पनि गर्न सक्ने भन्ने कुरा खुलेयाम गर्ने गर्छन् र गलत जानकारी सहितका सामग्री प्रकाशित गरिरहेका हुन्छन भलै उनीहरुको पत्रिका जस्को फोटो र सामग्री प्रकाशित गरिएको छ उनीहरुकै सानो सन्जालभित्र मात्रै सीमित हुनेमा नै किन नपरुन । यो मानसिकता पत्रकारिता क्षेत्रमा लाग्नेहरुमा पाइने अत्यन्तै दरिद्र एबं संकीर्ण सोंच हो र यस्तै किसिमको मानसिकताका कारण पत्रकारिता क्षेत्र प्रदूषित र आलोचित हुँदै गैरहेकोछ । वास्तबमा पेशेवार राम्रा पत्रकारले भने समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिन सक्छन ।
विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो ।
रामकुमार श्रेष्ठ
संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विस्व ग्रसित छ । नेपालमा कोरोना संक्रमित संख्या झन्डै ३४ हजार पुगेर बढी कोरोना संख्या हुने देशमा ६४ औं नम्बरमा पुगिसकेको छ र बढ्ने संख्या दिनानुदिन बढिरहेको छ र क्वारेन्टिन, हस्पिटलका वार्डहरुमा सङ्क्रमितहरु थपिँदै गैरहेका छन् । यस्तो अवस्थामा आफू र आफ्नाहरुलाई सुरक्षित राख्नु पर्ने त छँदैछ, साथै यस्तो बेलामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन बिभिन्न उपायहरुलाई प्रभावकारी ढंगबाट ल्याइनुपर्नेमा झन हतोत्साहित र निरुत्साहित तुल्याउने गतिबिधिहरु भएको पाईन्छ ।
नेपालमा कोरोनासम्बद्ध स्वास्थ्यकर्मीले सामना गर्न परेका समस्याहरु : – स्वास्थ्यकर्मीका लागि आबस्यक ब्यक्तिगत सुरक्षा साधनहरु पर्याप्त नहुनाले ती साधनहरुको लागि खर्च नहोस भनेर स्वास्थ्यकर्मीले लामो समय काम गर्नुपर्छ, – १२ देखि २४ घण्टासम्म कोभिड युनिटमा काम गरेपछि पनि अस्पतालले कर्मचारीलाई पुग्नेगरी बस्ने ठाउँ मिलाउन सकेको छैन जस्ले गर्दा ५(६ जना एउटै सानो कोठामा बस्नुपर्छ, – अस्पतालमा आउने सबै बिरामीको RT-PCR Test नगरिने भएकोले NoN-COVID युनिटहरुमा काम गर्न झनै खतरा हुन्छ, – स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीको अनिवार्य PCR Test गराउन भनिए तापनि त्यसो गरिएको छैन, – अस्पतालको गाडी सबै ठाउँ जाँदैन, – कतिपय अस्पतालमा लकडाउनको समयमा काममा आउन नसके काम छोडनका लागि सूचना जारी गरिएको छ, – अस्पतालकै सवारी चालक, सहचालक र अन्यलाई नै कोभिड संक्रमण देखिन थालेपछि आफ्नो साधन नभएको कर्मचारीलाई काममा आउन जान समस्या छ, – समुदायमा झन स्वास्थ्यकर्मीलाई घृणाको नजरले हेरिन्छ, – भाडामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीले कोठामा फर्केर नआउन भनिन्छ, – सरकारले कोभिड युनिटमा अग्रभागमा काम गर्नेहरुलाई भत्ता दिने र इन्सुरेन्स पनि गराउने भनिए तापनि न त भत्ता न त इन्सुरेन्सकै ब्यबस्था गरिएको छ ।
विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो । आखिर त्यो ठाउँमा कुनै पनि ब्यक्ति कुनै पनि बेला पुग्न सक्ने संभावना भएकोले आँफै त्यो ठाउँमा पुग्दा यो मानसिकताले आफ्नो उपचारमा संलग्न ब्यक्तिको अपेक्षा केका आधारमा गर्ने ? अत: हालको यस्तो जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनि खटिनु हुने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आफ्नो समुदायमा कोही सङ्क्रमित भएमा उहाँहरुको विशेष ख्याल राख्ने मानसिकताको बिकास गरिनु आबस्यक छ र उनीहरुलाई काम गर्न अभिप्रेरित गरिने बातावरण तय गरिनुपर्छ ।
महादेवले कैयौं दिन निराहार व्रत बसेर गुमाएका सतिदेवीलाई अर्को जुनीको पार्वतीको रुपमा पाएका थिए । गरेको प्रेम र पाएको प्रेम दुवैले पूर्णता प्राप्त गरेपछि त्यो पूर्ण प्रेम हुन्छ र त्यो पुजनिय हुन्छ । सतीदेवी र महादेवको भावनात्मक प्रेमको परिणाम शिव-पार्बती हो र त पुजनिय छन शिव-पार्बती । तर हाम्रो ध्यान पछिल्लो पाटोमा मात्रै छ याने कि पार्बतीले शिवलाई पतिको रुपमा पाउनका लागि बसेको ब्रतमा । जेहोस, हाम्रो धर्मले ब्रतलाई कठीनभन्दा कठीन उद्धेस्य प्राप्तीको अत्यन्तै शक्तिशाली साधनको रुपमा लिएको देखिन्छ ।
आधुनिक बिज्ञानले पनि उपवासलाई पछिल्लो समय अधिकांश मान्छेको अनपेक्षित उद्धेस्य प्राप्तीको प्रभाबशाली साधनको रुपमा स्वीकारेको छ ।
नेपाल सरकारलाई समस्याको जरो उखेल्ने बाटो देखाउँदा र बताउँदा पनि त्यस्मा नलाग्ने, अनि बारंबार निस्कने यस्ता समस्याको बिरोध गर्दै नेपालीहरु कति बस्ने? समस्यालाई स्थायी रुपमा समाधान गर्न नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले हालै गौतम वुद्धलाई ‘महान् भारतीय’ भन्दै प्रचार गरेको बिषयलाई लिएर पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्रीहरु, पररास्ट्र मन्त्रालय लगायत वरिष्ठ ब्यक्तिहरु सामाजिक सन्जालमा बिशेष गरी ट्विटरमा बिरोधमा उत्रिएका छन । यसरी आबस्यक पर्दा मात्रै बोल्ने, तर लुम्बिनीको बिकासका सम्बन्धमा दुई गुरु योजना तयार भैसक्ता पनि तदनुरुप काम भने गर्न नसक्ने वाताबरण छ – व्याबहारिक रुपमा “घ्याम्पो डरायो, म त डराइन” भन्ने स्पस्ट छनक सबैद्धारा प्रदर्शन गर्ने संस्कारगत परिपाटी यो परिणामका लागि जिम्मेवार छ । प्रो केन्जो टांगेले तयार गरेको गुरु योजना योजना मुताबिक काम भएको भए यस्ले मूर्त रुप लिएको ३५ बर्ष भैसकेको हुन्थ्यो, तर हाम्रो भू-राजनीतिक अवस्थाले गर्दा त्यस्ले मूर्त रुप पाउन नसकेको मात्रै होइन प्रो क्वाकद्धारा तयार गरिएको अर्को गुरु योजनाले पनि मूर्त रुप पाउने कुरामा सन्देह छ । हाम्रो भू-राजनीतिक अवस्थाका कारण लुम्बिनीको बिषयमा हुनुपर्ने काम प्राथमिकताका साथ जसरी हुनुपर्थ्यो त्यस्को थोरै प्रतिशत पनि हुन सकिराखेको छैन र वुद्ध जन्मस्थल बिषयलाई बारंवार यसरी नै बल्झाइराख्ने गरिएको छ । बिबादितको सट्टा निर्बिबाद यथार्थताका आधारमा यो समस्या समाधानको स्थायी समाधानको लागि लुम्बिनीसम्बन्धी नयाँँ कुटनीतिको जरुरत भएको महसूस गरी अभियानले तदनुरुप काम गर्न शुरु गरिसकेको छ ।
वार्षिक झन्डै १० खर्बको व्यापार घाटालाई रेमिट्यान्स मार्फत पूर्ति गर्दै आएको देश नेपालले अब एकातिर त्यो किसिमको रेमिट्यान्स प्राप्त गर्न नसक्ने र अर्कोतर्फ बिदेशबाट रोजगारी गुमाएका लाखौंको आवश्यकता पुरा गर्न आयात बढाउनुपर्ने बाध्यताले ब्यापार घाटा बढ्ने संभावनाले भयाबह आर्थिक अवस्था निम्त्याउन सक्ने देखिन्छ । बिदेश र देशकै बिभिन्न शहरहरुमा केही देख्ने र सिक्ने अबसर प्राप्त गरेका कम्तीमा २७ लाख उर्जाशिल जनशक्ति देशभरीका गाउँ फर्कन सक्ने जुन संभावना छ यस्लाई ती गाउँहरुमा नै उत्पादनशिल काममा लगाउने ठोस कार्य योजना सहितका प्रभाबकारी नीति मार्फत ती गाउँहरुलाई रुपान्तरण गर्ने राष्ट्रिय योजना मार्फत देशलाई छोटो समयमा नै यथार्थतामा नै विकास गर्ने राम्रो अबसरको रुपमा लिन सरकार चुक्नु हुन्न ।
कोरोनाका कारण विस्व दशकौं पछाडि धकेलिनेछ । हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण वा आंशिक समय काम गर्नबाट वञ्चित छन् । यसअघि आईएलओले कोरोना महामारीका कारण विश्वभर २५ करोड श्रमिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो । यही मंगलवार दिएको जानकारी अनुसार फोर्ड कम्पनी एउटैको पहिलो चौमासिक घाटा २ बिलियन डलर भएको र आगामी चौमासिक घाटा यस्को दोब्बरभन्दा बढी हुनेछ । यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । तहस नहस भएको आफ्नै देशलाई कसरी उठाउने भन्नेतिर नै सबै देशको ध्यान केन्द्रित हुने भएकोले अरुलाई सहयोग गर्ने भन्ने पहिला पहिलाको अबधारणा शिथिल हुनेछ । यस्का बाबजुद वार्षिक झन्डै १० खर्बको विगतको व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स भित्र्याएर त्यो घाटा पूर्ति गर्दै आएको देश नेपालले भने नसोचिएको किसिमले देश विकास गर्न सक्ने सुबर्ण अबसर प्राप्त गर्न सकिने संभावित वाताबरण तयार हुँदैछ सही नेतृत्व मार्फत ठोस कार्य योजना सहितका उपयुक्त प्रभावकारी योजना तर्जुना गर्न सकिएको खण्डमा ।
झन्डै १४ बर्षपछि आफ्नो गृह जिल्ला गोर्खामा दशैं मनाउन जाँदा समेत सुनसान महसूस भयो जबकि यो समय भनेको देशभरीबाट आफ्नो घर आउने समय थियो । दैनिक १५ सय युवा रोजगारको खोजीमा विदेश पलायन हुँदै गरेका कारण जनसंख्याको १४ प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा हुने भएपछि यस्तो हुनु स्वाभाबिकै थियो पनि । १ बर्ष नेपालमा प्राबिधिक सहयोग गर्ने उद्धेस्यका साथ गएकोले पनि लामो समयपछि धेरै जिल्ला आफ्नै आँखाले देख्ने क्रममा नांगा डाडापाखा र बाँझा खेतबारी र गरिनु पर्ने प्रकृया पुरा नगरी जथाभावी गरिएका डोजरे विकासले निम्त्याउन सक्ने संभावित दैवी प्रकोपका कारण भित्रभित्रै प्रताडित थिएँ । कोरोनाका कारण अपर्झट काठमाण्डौं आउने क्रममा गाडीमा आउँदै थिएँ अस्ट्रेलियन बातावरण अधिकृत पौलसंग बिगतमा प्लेनबाट समयमा नै उड्न नसकेर पोखरा बस्न परेकोले फेरि पनि त्यस्तै समस्या सामना गर्न नपरोस भनेर । बाटोभरी उस्को गुनासो थियो यत्ति सुन्दर देश दीर्घकालिन सोंचलाई लत्याएर जथाभावी गरिएको विकास देखेर ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १८ घण्टासम्म भएको लोशेडिङ हटाएर त्यस्को ९ महिनामा ९ अर्ब घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सफल भए । जे भयो यस्का कारण अधिकांश नेपाली उन्लाई भगवानको रुपमा मान्छन जबकि यस्तो जादूमय परिवर्तनको कारण अरु केही नभएर उन्ले आफ्नो पदीय दायित्वलाई गम्भिरतापूर्बक यथोचित ब्यबस्थापकीय क्षमता मार्फत निर्बाह गर्नुको परिणति मात्रै हो ।
यस्ले अत्यन्तै महत्वपूर्ण दुई कुरालाई स्पस्ट पार्छ: सही ठाउँमा सही ब्यक्ति हुँदा केही हुन नसकेको नेपाल जस्तो देशको लागि यसरी चमत्कार हुन्छ, त्यसो नहुँदा भ्रस्टाचारमा चामात्कारिक विकास हुन्छ पहिलो, र दोश्रो नेपालमा आफ्नो पदीय दायित्वलाई गम्भिरतापूर्बक निर्बाह गर्नेको संख्या औंलामा गन्न पनि पुग्दैन । यही दोश्रो वास्तबिकताको कारण देशका हरेक संस्था दुब्लाउने तर ब्यक्ति मोटाउने र अन्तत्वगत्वा देशलाई सुकेनासको रोगले आक्रान्त बनाउने काम भैराखेको छ । पहिलो यथार्थताले के स्पस्ट पार्छ भने एक दर्जन जति कुलमान देशमा जन्मिदिने हो भने देश स्वर्ग बन्न समय लाग्ने थिएन – भाषणमा होइन यथार्थतामा । तर हामी भाषणी काल्पनिक स्वर्गको रस स्वादन गर्न बिबस र वाध्य छौं लामो समयदेखि ।