Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Malai Yo Jindagile Kaha Purayo’

बाल गायक प्रेम परियारसंगको जम्काभेट

Posted by Ram Kumar Shrestha on June 29, 2013

Prem Pariyarखाना खान मलेखुमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो त्यही छेउको होटेलमा । म खान छोडेर निस्कें र उसलाई मेरो लागि कुनै गीत गाउन लगाएँ । उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले । गीत गाएपछि रियाज गर्छौ भनेर सोध्दा “त्यस्तो ठाउँ नै छैन ।” भनेर उत्तर दिए उनले । जान्छौ त काठमाडौँ मसंग मैले सोधें र भने “पढ्ने र रियाज गर्ने पैसा मेरो पकेट मनी बाट जसरी भए पनि मिलाउछु” । कति भन्दा पनि उसले मानेन । “तिम्रो नाम के हो” भन्दा प्रेम परियार हो भनेर जवाफ दिए । पछाडी खोला पारी बस्छु भनेर औलाले देखाए उनले । त्यसपछि हामी यो भिडियो लिएर घर फर्कियौ | केहि महिनापछि हामी फेरी गयौ उसलाई लिन भनेर । मलेखु पुगेर यता उता (यही भिडियो देखाउदै) र उसको नाम भनेर सोध्यौ कहाँ बस्छ त्यो केटा ? हामीहरुले थाहा पायौ कि उसलाई कोही टिभी रिपोर्टरले काठमाडौँ ल्याइ सकेका रहेछन । अनि, हजुरहरुसंग सानो अनुरोध गर्छु कृपया यो भिडीयोलाई सकेसम्म धेरै शेयर गरेर सहयोग गर्दिनुहोला |

Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, समाचार | Tagged: , , | Leave a Comment »