Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध

Posted by Ram Kumar Shrestha on December 13, 2009


(सन्दर्भ: कपिलबस्तु दिबस)
रामकुमार श्रेष्ठ

आज (29th of November) समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो  ।

कपिलबस्तु दिबसको लागि सोचिएभन्दा धेरै कार्यक्रम आयोजना हुँदै छन बिभिन्न देशहरुमा । सिडनीमा अस्ती २७ तारिखका दिन एउटा कार्यक्रम  संपन्न पनि भैसक्यो । अन लाइन समग्र कपिलबस्तु दिबस कार्यक्रमको एउटा अंश हो र प्रभाबकारी पनि । ट्विटरमा नेपालीहरुको तुलनात्मक रुपमा धेरै नै न्यून सहभागिता देखिन्छ अर्को सामाजिक सन्जाल फेसबुकको तुलनामा । कतिपय कारणले गर्दा यस्तो कार्यक्रमको लागि फेसबुक नै बढी उपयुक्त देखिन्छ । त्यसैले यस्मा सशक्त सहभागिता गराएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु यस कार्यक्रमका मुलभूत उद्धेस्यहरु हुन ।

कपिलबस्तुसम्बन्धी सामग्रीहरु गुगलमा गएर खोज्दा अधिकांश सामग्रीहरु भारतीहरुद्धारा तयार गरेको पाइन्थ्यो जस्ले गर्दा बिस्वका अधिकांश

(Kapilvastu is not in India, but due to Indian media influence in the world some western people think that Kapilvastu is in India and not in Nepal. That's why the importance of this programme "Kapilvastu Day")

मानिसमा भारतको नीतिको कारण कपिलबस्तु भारतमा पर्छ भन्ने भ्रम सिर्जना भएको छ । फ्रान्स र जर्मनीमा बसोबास गर्ने मेरा एक बिदेशी मित्र राहो जोए एउटा आध्यात्मिक समूहको सकृय सदस्य हुन र उन्ले कपिलबस्तु दिबसलाई कसरी सहयोग गर्न सकिन्छ भनी मसंग जिज्ञासा राखेपछि मैले बताए अनुरुप उन्ले फेसबुक मार्फत आफ्ना साथीहरुलाई समेत सहभागी गराउन शुरु गरेको पाएँ र उन्का थुप्रै साथीहरुको सहमति भएको देखियो, तर दु:खको कुरो कपिलबस्तु दिबसको लोगोको तल उन्ले कार्यक्रमबारे जानकारी राख्ने क्रममा कपिलबस्तु र कोस्ठमा भारत लेखेका रहेछन । यो संचारको क्षेत्रमा भएको भारतीहरुको प्रभुत्वको परिणाम हो । कपिलबस्तु दिबसको अभियानपस्चात गुगलमा नेपाली सामग्रीहरु अनायासै बढेको पाइयो र यस्को लागि सहयोग गर्ने थुप्रै संचारकर्मीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर हाम्रा सामग्रीहरुको  बाहुल्यता नेपाली भाषामा भएको कारण बिदेशीहरुमा रहेको यस किसिमका भ्रम निबारण गर्न यस किसिमका कार्यक्रमका साथसाथै सान्दर्भिक अंग्रेजी लेखहरुको प्रबाह ल्याइनु पर्ने हुन्छ । अंग्रेजी लेखहरु प्रकाशित गर्ने गरेको नभए तापनि कपिलबस्तु दिबसको सन्दर्भमा मेरो अंग्रेजी  लेखलाई स्थान दिन नहिचकिचाउने http://www.bagaicha.com, http://www.mulbato.com, http://nepalarab.com, र http://dcnepal.com पत्रिकाहरुप्रति यस दृष्‍टिकोणले आभार ब्यक्त गर्न चाहन्छु । आखिर यो लेखभन्दा अभियानको प्रचार प्रसार हो र यस्तो सामग्रीहरु हाम्रो राष्ट्रियताको प्रश्नसंग गासिएको कारण जति सक्यो बढी प्रचार प्रसार गरिनु पर्ने हुन्छ । जुन बिदेशी मित्रले हामीलाई सहयोग गर्न चाही रहेका छन, बिस्वमा भारतीय संचार माध्यमको प्रभुत्वको कारण यस्तो गल्ती गरेको देखियो र यस्तै भ्रम निबारण गरिनु पनि यो कार्यक्रमको एउटा मुख्य उद्धेस्य हो । अत: संपूर्ण कलमकर्मी र संचारकर्मी मित्रहरुले यस्तो संबेदनशील बिषयबस्तुलाई प्राथमिकता दिनुलाई राष्ट्रियताकै प्रश्नमा प्रथमिकता दिएको रुपमा लिनु हुनेछ भन्ने कुरामा बिस्वस्त छौ ।

Published links:

http://aswikrit.com/index.php?linkId=350

http://worldamity.wordpress.com/2009/11/29/wp-adminpost-newkdrk-php/

http://limbusansar.blogspot.com/2009/11/blog-post_494.html
http://www.sherpaworld.com/show.php?at=1&sn=2082

2 Responses to “कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध”

  1. […] https://ramkshrestha.wordpress.com/2009/12/13/reqtowritersjournalists/ […]

  2. Rupak said

    This is the reality, but another reality is that people are not becoming people in fact. Most of them want to be “KARYAKARTA” of any party.
    Another interesting thing is that national level media also do not give priority to this sort of important issue. No idea what they want

Leave a comment