Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

चिनको पाठ्यक्रममा बुद्ध नेपालमा जन्मिएको लेखन कार्य प्रकृया अगाडि बढाइने

Posted by Ram Kumar Shrestha on August 3, 2013


Nepal China friendship

२०१३ अगष्ट १, काठमाण्डौं: नेपाल चिन समाजले नेपाल चिन दौत्य सम्बन्धको ५८ वर्ष पुगेको अबसरमा याक एंड यति होटेलमा गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल किसान पार्टीका बिदेस बिभाग प्रमुख सुनिल प्रजापतिले मंचमा आसिन नेपालअका लागि चिनका राजदुत वु चुन्ताइलाई सम्बोधन गर्दै चिनको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको कुरा लेखिएकोले त्यस्लाई सुधार गर्न र बुद्ध नेपालमा जन्मिएको लेख्न आग्रह गर्नु भएको छ । प्रजापतिको सो आग्रहको कार्यक्रममा उपस्थित नेपाली बुद्धिजिबीहरुले प्रसंसा गरेका थिए । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सार्क सल्लाहकार केदार शाक्यले उपयुक्त ठाउँमा उचित बिषयबस्तु उठान गरिएको भन्दै प्रजापतिलाई बधाई ज्ञापन गर्नु भएको थियो । सुनिल प्रजापतिका अनुसार कार्यक्रममा उपस्थित चिनिया प्रतिनिधिहरुले चिनमा यसबारे माथिल्लो तहमा कुरा चलाउने बताएका थिए ।

कार्यक्रममा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई, चिनिया राजदूत वु चिन्ताओ, नेकपा माओबादीका उपाध्यक्ष सि पि गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाश चन्द्र लोहनी, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, मुख्य सचिब लिलामणि पौडेल, पररास्ट्र नीति बिज्ञ डा जयराज आचार्य, चिनका लागि पूर्व नेपाली राजदूत राजेस्वर आचार्य, नेपाल-चिन मैत्री संघका प्रेम शुवाल, चिन अध्ययन केन्द्रका महासचिब उपेन्द्र गौतम र नेपाल चिन समाजका सभापति प्रेमकुमारी पन्तले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थिए । नेपाल चिन समाजका उपाध्यक्ष जनार्दन आचार्यले आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सान्दर्भिक पोस्टिङ् :

कोरिया सरकारले बुद्ध सम्बन्धी भ्रम सच्याउने

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

बुद्धको जन्मस्थलवारेको भ्रम हटाउन राजदूत कोइरालाले कोरियाली राष्ट्रपतिलाई पत्र लेख्लान त ?

Leave a comment