Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

चालिस वर्ष आयु भएको सस्तो बाँसको घर, भूकम्प र अागाे प्रतिरोधी घरकाे मूल्य साढे तीन लाख रुपैयाँ

Posted by Ram Kumar Shrestha on June 27, 2015


काठमाडौं । भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरेर भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो ।
‘हामीले १३ वर्षअघिदेखि बाँसको घर निर्माण गर्दै आएका थियौ । तर अहिले भूकम्प आएपछि यो घरको महत्व थप बढेको छ,’ कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भने, ‘हामीले माटो र ढुंगाको घर बनाउँदा धेरै क्षति भयो । अहिलेपनि त्यस्तै घर बनिरहेको छ । त्यसैले हामीले सस्तोमा भूकम्प प्रतिरोधी घर निर्माण गर्छौ ।’ बाँसबाट निर्माण हुने घरको आयु ४० वर्षको हुनेछ ।

‘बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुनेछ,’ उनले भने, ‘नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल छ ।’ जोशीको अनुसार अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको छ । भूकम्पपछि डेढ सय घरको अर्डर आएको उनले बताए । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुनेछ । यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ ।

कम्पनीको हेटौंडामा रहेको उद्योगले बाँसको ट्रिटमेन्ट गरेपछि घरको फ्रेम निर्माण हुन्छ । कम्पनीका अनुसार घरको फाउन्डेसनमा ढुंगा र सिमेन्ट प्रयोग हुन्छ । घरको छानो टिनको हुनेछ र भित्तामा बाँसमा सिमेन्टले प्लास्टर गरेपछि आर्कषक देखिने कम्पनीको दावी छ । कम्पनीले भूकम्प प्रभावितलाई लक्षित गरेर बनाएको घर भक्तपुर औद्योगिक क्षेत्रमा प्रदर्शनमा राखेको छ ।

‘भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले आफैले घर बनाएमा सस्तो पर्नेछ । हामीले घरको फ्रेम निर्माण गरेर सम्वन्धित क्षेत्रमा पु¥याउने र घर आफै बनाउन सक्नेछन्,’ जोशीले भने, ‘भित्तामा सिमेन्टको ठाउँमा माटोले लिपेर पनि बस्न सकिन्छ ।’ बाँसको घर बनाउन फाउन्डेसनको लागि १५ दिन र घर पूरै निर्माण गर्न १५ दिन लाग्ने उनले बताए ।

Leave a comment