Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

गुगल र ब्रिटिस म्युजियमले बुद्ध जन्मेको तथ्य सच्याई सके, अब मोदि पनि सच्चिनु पर्छ

Posted by Ram Kumar Shrestha on August 8, 2015


अस्ट्रेलिया, रामकुमार श्रेष्ठ

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा करीब आठ महिना अघि नेपालमा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम र प्रतिष्ठित मानिने भारतीयहरु द्वारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनी-कपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपात पस्चात सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको पाईयो । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनावस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योग गुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो, भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए ।

नेपालबारे अत्यन्तै साना कुराहरु समेत जानकारी राख्न सक्ने खुबी भएका रुपमा आफूलाई प्रमाणित गर्न सक्षम मोदीले आफूले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, वुद्ध फिल्ममा कबिर बेदीले बोलेका आदि बिषयमा भएका बिरोध र नेपालीहरुले यस बिषयमा भारतको नियतका बिरुद्ध विस्वब्यापी रुपमा दर्शाएको बिरोधबारे अनभिज्ञ छन भन्न सकिन्न । त्यसरी नै प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्वारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि महत्वपूर्ण अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेबाट भारतले सामना गर्न परेको असहज लज्जाबोधलाई पनि बुझेका छैनन भन्न सकिन्न । र, अर्को कुटनितिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले वुद्ध जन्मस्थल बिषयमा जे बोले त्यस्लाई यी सबैबाट अलग राखेर हेर्न सकिन्न ।

मोदीको यो स्वीकारोक्तिका सम्बन्धमा तीन फरक धार नेपालीहरुका बीच देखा परे: पहिलो, मोदीले जे बोले त्यो नै सबैभन्दा महत्वपूर्ण हो र भारतले नै बुद्धको जन्मस्थल बिषयमा अनाबस्यक बिबाद सिर्जना गरेकोले अब कुनै बिबाद रहने छैन याने कि बिबाद टुङियो; दोश्रो, नेपालबाट आफ्नो स्वार्थ पुरा गर्ने कुटिल चालबाजी भएकोले उन्को कुरोमा विश्वाश गरिनु हुन्न र तेश्रो, वाध्यताबस होस अथवा चालबाजीको रुपमा होस भारती प्रधानमन्त्रीका हैसियतमा मोदीले वुद्ध जन्मस्थल बिषयमा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बोलेका कुराले भारती पक्षबाट बेला बखतमा निकालिने अनाबस्यक बखेडामा निस्चित रुपमा कमी आउनेछ र समस्याको जरोको रुपमा रहेको बिभिन्न देशको पाठ्य पुस्तकमा नै भएको गलत जानकारी सच्याउने क्रममा कोरिया र स्वीडेनमा प्राप्त भएको सफलतालाई अरु देशमा निरन्तरता दिन यस्का कारण कुनै न कुनै हदसम्म सहज वातावरण सिर्जना हुन सक्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुन: परिचय दिए, तर अफसोच जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषदमा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मनमा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे ।

शक्तिशाली राष्ट्रको सूचिमा रहेको देशको प्रधानमन्त्रीले यसरी बोली फेर्दै हिंड्नुले नेपालको लागि भन्दा उन्कै ब्यक्तित्वमा आघात पर्ने कुरामा सन्देह छैन । किनकि उन्ले बोलेका यी फरक भनाइहरुमा नेपालको संसदमा बोलेका कुरालाई बिस्वका अधिकांश ठूला संचार माध्यमहरुले प्राथमिकताका साथ लिपिबद्ध गरिसकेका छन ।

वास्तबमा मोदीले बुद्ध नेपालमा जन्मनु भएको कुरो गर्दैमा मात्तिहाल्ने र भारतमा जन्मनु भएको भन्दैमा आत्तिहाल्ने गरिनु आबस्यक छैन । अभियानको सूत्रपात पस्चात गुगलले बुद्ध जन्मस्थलबारे गल्ती सच्याएको छ भने वार्षिक झन्डै ६० लाख पर्यटकको केन्द्र बनेको ब्रिटिश म्युजियमले दबाबको कारण गल्ती सच्याउने निर्णयमा दक्षिण एशिया हेर्ने क्युरेटर डा सोना दत्त भारती भएका कारण उन्ले सच्याउने क्रममा अनाबस्यक रुपमा भाषा गोल मटोल गरी सच्याउनुको कुनै अर्थ नहुने बनाएर हलो अडकाए तापनि ब्रिटिश म्युजियमले गल्ती सच्याउन गरेको ऐतिहासिक निर्णय प्रमाणको रुपमा छ, हेगको अन्तराष्ट्रिय न्यायालयमा बुद्ध नेपालमा जन्मनु भएको जानकारी सहितको बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ भने फ्रान्सको राजधानी पेरिसस्थित युनेस्को मुख्यालयमा ५ फिटको असीदेखि सय किलो बुद्धको मूर्ति प्रतिस्थापन् गर्ने निर्णय कार्यन्वयनको प्रतिक्षामा छ, दक्षिणी गोलार्धकै सबैभन्दा ठुलो सिड्नीको नान टि एन बुद्ध मन्दिर र अमेरिकाको ठूलामध्येकै इण्टरनेशनल बुद्धिस्ट प्रोग्रेस सोसाइटीमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइएको छ भने बर्षेनी हजारौं बिदेशी जम्मा भएर भब्यताका साथ बुद्ध जयन्ती मनाइने अस्ट्रेलियाकै भिक्टोरियामा अबस्थित ठुलो बुद्ध मन्दिर बेन्डिगोमा सच्याउन लगाउन अनुरोधात्मक पत्र पठाइएको छ ।

अभियानले तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई बुझाएको ज्ञापन पत्रमा जोड दिइएको कुरो समस्याको जरो भनेकै बिभिन्न देशका पाठ्य पुस्तकमा भएको गलत जानकारी मार्फत करोडौं मानिसले गलत जानकारी प्राप्त गर्ने र त्यस्का कारण सिलसिलावार तवरले गल्ती दोहोरिने काम हुने भएकोले बिभिन्न देशमा भएका कुटनीतिक नियोगहरु मार्फत गल्ती सच्याइयोस भन्ने मागको कार्यन्वयन नहुँदै कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाको पहलमा त्यहाँको पाठ्य पुस्तक सच्याउने कामलाई अभियानको उद्धेस्य प्राप्ती कार्यको ऐतिहासिक कोशे ढुङ्गा मानी उहाँलाई अभियानले सम्मान गरिसकेको छ भने अभियानको पहलमा युरोपेली सङ्घका लागि नेपाली राजदूत राममणि पोखरेल र स्विडेनको जिम्मेवारी सम्हाल्दै आउनु भएका राजदुत मुक्तिनाथ भट्टको सहयोगमा स्वीडेनको पाठ्यपुस्तक सच्याउने काम भएको छ । अभियानको प्राथमिकता भनेकै बिभिन्न देशमा भएको बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउनु रहेको छ । यसरी समस्या को जरो पहिचान गरी त्यस्को समाधानमा ठूला ठूला उल्लेख्य उपलब्धी हासिल हुन थालिसकेको छ र र यस्ले सही दिशाबोध गरिरहेको छ ।

प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्मबारे बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने यस्लाई न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाउँदैछ ।

बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरुले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको, बिस्व सम्पदा सूचिमा समाबेश गरिएको र यूनेस्कोको पछिल्लो अनुसन्धानले बुद्ध जन्म समयबारे सार्वजनिक गरिएको अनुसन्धनात्मक निचोडले नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि बिभिन्न देशका पाठ्यक्रममा भएको समस्या, ठूला ठूला संग्राहलय, पुराना महत्वपूर्ण पुस्तक आदिमा भएको समस्याले सिर्जित समस्या समाधान कार्य नेपाली भएको नाताले मात्रै नभएर सही जानकारी पाउनु पर्ने मानबीय नैसर्गिक अधिकार र सो अधिकार प्रदान गरी प्रजातन्त्रको सबलिकरणका खातिर यो कार्यमा लाग्नु सबैको समान नागरिकीय दायित्व हो । भलै राष्ट्रिय गौरब र प्रतिस्ठाका कारण नेपालीहरुको बढी दयित्व र जिम्मेवारी हुनु र मानिनु स्वभाबिकै हो पनि ।

मोदी भनाइको महत्व यसकारणले छ कि जुन देशकै कारण यो सत्य ओझेलमा पर्ने र गलत कुरो सही जस्तो देखिने गरी संसारभरी समस्या देखा परेको छ र सो समस्या समाधान गर्ने क्रममा जनस्तरबाट उल्लेख्य उपलब्धिहरु हासिल भैरहेकै बेलामा त्यही देशको सरकार प्रमुखले यसरी बोलिदिंदा सिर्जित दिग्भ्रम निस्तेज पार्न लागि पर्नेहरुका लागि सम्बन्धित देशको सरकार प्रमुखकै भनाइलाई सन्दर्भ दिएर काम गर्न पाउँदा काम गर्न अझै सहज हुन्छ । अभियानको तर्फबाट अमेरिकी राष्ट्रपति ओबामालाई छ: पृष्‍ठ अनुसन्धानात्मक प्रतिबेदन पठाउने क्रममा मोदीले नेपालमा बोलेको कुरालाई समेत सन्दर्भ सामग्रीमा समाबेश गरिएको छ । अन्य देशको साथसाथै भारतकै कोर्सबुकमा पनि सच्याउन लगाउन पनि हामीलाई यस्ले सजिलो बनाउनेछ ।

मोदीको स्वीकारोक्तिका कारण अब वुद्धको जन्मथलोको बिषयमा सिर्जना गरिएको समस्या समाधानार्थ जनस्तरबाट शुरु गरिएको विस्वब्यापी अभियानको कुनै औचित्य नभएको कुरा केहीले उठाए पनि । बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमा मात्रै सीमित नभएर थुप्रै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको कारण संसारभरिका करोडौं मानिसले गलत जानकारी प्राप्त गरिरहेकाले अभियानले यो समस्यालाई समस्याको जरोको रुपमा लिएको छ । मोदीको यो स्वीकारोक्तिले अभियानको कार्यमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न जस्ले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व भनेको कोरिया र स्वीडेन मा जस्तै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउने कामलाई निरन्तरता दिनु हो ।

एक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले आफ्नैबारे अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ । एउटा शक्तिशाली देशको प्रधानमन्त्री भएको नाताले बारंबार बिरोधाभासपूर्ण भनाइ थोपरिदिनुको सट्टा महानबाणी बोलिदिनुस सम्माननीय मोदीज्यू, किनकि हामी चाहन्छौं हाम्रो छिमेकी देशको प्रधानमन्त्री संसारभरकै लागि सम्मानित बनोस ।

लेखक लुम्बिनी-कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक हुन् ।

Twitter: Ramkshrestha
Email: omram2002@gmail.com

– See more at: http://setoparewa.com/2015/04/21/26337#sthash.dW63rZ6S.dpuf

Leave a comment