Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

बुद्ध जन्मस्थललाई बिस्व जनता बीच लैजान सकिने संभाबित उपायहरुबारे छलफल

Posted by Ram Kumar Shrestha on December 10, 2010


 

राजदूत डा चालिसे महारानी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा । उहाँले महारानीलाई प्रदान गर्नु भएको बुद्धको मूर्ति देख्न सकिन्छ ।

९ डिसेम्बर, लण्डन: वेलायतमा दोस्रो कपिलबस्तु दिवस मनाउने क्रममा दोस्रो कपिलबस्तु दिवसको अबसरमा प्रकाशित कपिलबस्तु दिवस अभियान बिद्युतीय स्मारिका २०१० मा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेद्धारा उपहार दिने कार्यक्रम रहेकोमा उपहार दिनु पर्ने सामग्री हङ्कङबाट आइपुग्नु पर्नेमा समयमा नआइपुगेका कारण आज लण्डनस्थित नेपाली दूताबासमा आयोजित एक कार्यक्रममा महामहिम राजदूतद्धारा बिज्ञापनदाताहरुलाई उपहार प्रदान गर्नु भयो । स्मारिकालाई North West College, London र Asia Express Indian and Oriental Buffet Restaurant Romford, Essex प्रत्येकबाट ३००-३०० पाउण्ड, So Asia, Slough र Oriental Buffet, Folkestone प्रत्येकबाट १००-१०० पाउण्ड र Gorkha Security Services Ltd Farnborough बाट ५० पाउण्डको बिज्ञापन प्राप्त भएको थियो । महामहिम राजदूतले बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट उपहार प्रदान गरिनु अघि अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे र अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई अभियानका तर्फबाट उपहार प्रदान गर्नु भयो । दूताबासमा आयोजित कार्यक्रममा अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, बिस्व संयोजक रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके संयोजक बिकल आचार्य र अमर गुरुङको उपस्थिति थियो ।

उक्त कार्यक्रममा नेपाललाई बिस्व सामू चिनाउने एउटा महत्वपूर्ण आधार गौतम बुद्धको जन्मस्थललाई बिस्वका जनता बीच लैजान सक्नुले नेपालको प्रतिस्ठा बढाउन र पर्यटन प्रबर्द्धन मार्फत देशको बिकास गर्न सकिने भएकोले के कसरी यो कार्यलाई आ-आफ्नो क्षेत्रबाट योगदान गरी एउटा असल नागरिकीय भूमिका निर्बाह गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित भएर छलफल पनि भएको थियो । नेपालमा सरकारी स्तरबाट बिशेषत: बुद्ध धर्मलाई

राजदूत डा चालिसेलाई उपहार प्रदान गर्दै बिस्व सयोजक रामकुमार श्रेष्ठ

अंगीकार गर्ने देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुलाई आमन्त्रण गरी लुम्बिनीमा एउटा अन्तरराष्ट्रिय कार्यक्रम गर्न सकिएको खण्डमा यस्ले बिस्वब्यापी रुपमा नै धेरै किसिमबाट सकारात्मक भूमिका निर्बाह गर्न सक्ने धारणा राख्नु भएको थियो महामहिम राजदूतले । त्यसरी नै आफू वेलायतको राजदूत भएर आएपछि महारानी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति महारानीलाई उपहार दिंदा अत्यन्त खुशी भएर सो उपहारलाई महारानीले बेलायतको शाही संग्रहालयमा राखिने जानकारी दिनु भएको बताउँनु हुँदै शाही संग्राहलयमा बुद्धको मूर्ति राखिनुले पनि नेपालको लागि धेरै सकारात्मक भूमिका खेल्ने बताउनु भयो । दूताबासद्धारा बितरण गरिने पर्यटन प्रबर्द्धनसमबन्धी हरेक किसिमका सामग्रीमा बुद्ध नेपालमा जन्मिएको कुरा जानकारी दिने किसिमको कुनै पनि किसिमको जानकारी सहितको स्ट्याम्प मात्र प्रयोग गरिन सकिएको खण्डमा त्यस्ले पनि सकारात्मक सन्देश दिन सक्ने भन्ने अभियानका सल्लाहकार डा कबिताराम श्रेष्ठको सुझाबलाई त्यस्को लागि नेपालबाट अनुमति लिनु पर्ने भएकोले प्रकृया शुरु गरिने जानकारी दिनु भयो ।

समय, परिस्थिति र अवस्थानुरुप यस कार्यमा आ-आफ्नो मर्यादामा बसेर नै पनि आ-आफ्नै किसिमले योगदान दिन सकिने र योगदान दिने क्रममा भावनानुरुपको उद्धेस्य प्राप्तीको लागि कार्य गर्दा सकभर शक्ति क्षय पनि नहुने र नकारात्मक असर पनि देखा नपर्ने कुरामा पनि सजग हुनु पर्ने किसिमले कार्य गरिनु पर्ने कुरामा सबैको सहमति रह्यो । कार्यक्रममा वेलायतमा संपन्न भएको दोस्रो कपिलबस्तु कार्यक्रमपछिका अभियानका गतिबिधिबारे जानकारी गराउनु भएको थियो अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले भने छोटो समयमा नै अभियानले हासिल गरेका उपलब्धीको महामहिम राजदूत डा सुरेशचन्द्र चालिसेले प्रसंशा गर्दै अभियानको उद्धेस्यले सबै नेपालीको भावना समेटेकोले यस्लाई सक्दो सहयोग गर्ने जानकारी दिनु भयो ।

सल्लाहकार डा श्रेष्ठलाई उपहार प्रदान गर्दै इ श्रेष्ठ

बिकल आचार्यलाई उपहार प्रदान गर्नु हुँदै राजदूत डा चालिसे

 

 

 

 

 

 

 

 

 

 

अमर गुरुङलाई उपहार प्रदान गर्नु हुँदै राजदूत डा चालिसे

सुरेन्द्र श्रेष्ठलाई उपहार प्रदान गर्नु हुँदै राजदूत डा चालिसे

 

One Response to “बुद्ध जन्मस्थललाई बिस्व जनता बीच लैजान सकिने संभाबित उपायहरुबारे छलफल”

  1. […] Ramkshrestha Greaternepal DCNepal Nepalisrael Nobleguru […]

Leave a comment