Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

दामोदर आचार्य अभियानको यूरोप सल्लाहकार

Posted by Ram Kumar Shrestha on May 2, 2013


Damodar Acharyaलुम्बिनी-कपिलवस्तु दिवस अभियानको यूरोप संयोजक डा मधु माधुर्यको सहमति अनुरुप बेल्जियमका दामोदर आचार्यलाई यस अभियानको यूरोप सल्लाहकार बनाउने निर्णय गरिएको छ । उहाँले अभियानको शुरुदेखि नै अभियानलाई बिभिन्न किसिमबाट सहयोग गर्दै आउनु भएको छ र आगामी दिनमा अभियानको तर्फबाट प्राप्त यस जिम्मेवारी अनुरुप अभियानलाई उल्लेख्य योगदान दिनु हुनेछ भन्ने कुरामा अभियान बिस्वस्त छ । यस अघि उहाँले लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियमा राष्ट्रिय समितिका सल्लाहकारको भूमिका निर्बाह गर्दै आउनु भएको थियो ।

हालै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगिताका साथै पहिलो अनेकस उत्कृष्ट नेपाली फिल्म अवार्ड्स २०१३ कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट लुम्बिनी-कपिलवस्तु दिवस अभियान बेल्जियम राष्ट्रिय समितिका सल्लाहकारका हैसियतमा दामोदर आचार्य जर्मन जानु हुँदा बिभिन्न देशबाट आउनु भएका साथीहरुसंग अभियानबारे कुरा गरिसक्नु भएकोले यस निर्णयका कारण  यूरोपका देशहरुमा अभियानका थप राष्ट्रिय समिति गठन प्रकृया सहज हुनेछ ।

अभियानको यसरी क्षेत्रीय सल्लहकार यसभन्दा अघि सार्कको लागि मात्रै निर्णय गरिएको थियो र उहाँ हुनुहुन्थ्यो गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार बुद्ध बाङ्मयका बिद्धान केदार शाक्य ।

Why Kapilvastu Day – as Global Day ? By Damodar Acharya

Leave a comment