Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

मेलबर्नको भानु जयन्तीमा छ: बर्षिय आर्जन पौड्यालद्धारा कविता बाचन

Posted by Ram Kumar Shrestha on July 8, 2013


bhanubhakta

७ जुलाई, २०१३ कोबर्ग पुस्तकालय हल, कोबर्ग मेलबर्न: करीब दुई बर्षदेखि प्रत्येक महिनाको पहिलो आइतबार बिदेशमा बसेर पनि नेपाली साहित्य र भाषाको संरक्षण र सम्बर्द्धन कार्यमा जुटने अभिप्रायले नियमित रुपमा आयोजना गरिंदै आएको साहित्यिक कार्यक्रमलाई आज २०० औं  भानु जयन्तीको रुपमा भब्यताका साथ मनाइयो । कार्यक्रमको बिशेष आकर्षण छ: बर्षको आर्जन पौड्यालको नेपाली भाषामा कविता वाचन बन्न पुग्यो । बिदेशमा कत्ती नेपाली केटाकेटीहरुले नेपाली बोल्न नसक्ने, बोले पनि लेख्न र पढन नसक्ने अवस्था छ । यस्मा अभिभाबकको पनि अहं भूमिका हुन्छ । यसरी आफ्ना बच्चालाई आफ्नो भाषा सिकाउने मात्रै नभएर यत्ती सानै उमेरमा नेपाली भाषामा नै साहित्य लेख्न र पढन सक्षम बनाउने आमा पार्बती पहाडी र बुवा माधव पौड्याल हुनुहुन्छ । आर्जनकी आमा पार्बती पहाडी आफै कबियत्री हुनुहुन्छ र हरेक साहित्यिक कार्यक्रममा कविता बाचन गर्ने गर्नुहुन्छ । उहाँको कविता संग्रह पनि प्रकाशित भएको छ ।

6 yrs old

उक्त कार्यक्रममा लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, नेप्लिज एशोसियसन अफ भिक्टोरियाका अध्यक्ष बम योन्जन, एनआरएनका डा राजु अधिकारी, मनोज पन्त, इ गणेश भक्त श्रेष्ठ, नोर्गेन नोर्बो, मुकुन्द खत्री, नबराज केसी, आत्मा रिजालले भानु भक्त र नेपाली साहित्यमा केन्द्रित भएर मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यस्तै रिक अधिकारी, अनुपम सायर, द्रोण पन्त, पार्वती पहाडी, डा अनुपम पोखरेल, मिन प्रशाद घले, आत्मा रिजाल, आर्जन पौड्यालले कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा मेलबर्नमा जे जसरी साहित्यिक कार्यक्रम अगाडि बढिरहेको छ यस्लाई आगामी दिनमा कसरी सशक्त रुपमा अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको थियो भने अभियानलाई केही नेपाली पुस्तकहरु पनि उपहार स्वरुप प्रदान गरिएको थियो ।

Leave a comment