Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘फेसबुकमा अन्जु पन्तको चरित्र हत्या’

फेसबुकमा अन्जु पन्तको चरित्र हत्या, वास्तबिक फोटो श्रोत फेला पर्‍यो

Posted by Ram Kumar Shrestha on April 29, 2012

सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिनभरि एउटा कामुक तस्बिर छ्याप्छ्याप्ती भैदिनाले ठूलो हैरानी दियो गायिका अञ्जु पन्तलाई । टपलेस अवस्थामा एक युवकसित टङकिसमा मस्त युवती अञ्जु पन्त भएको प्रचार गरिएकाले सनसनी फैलिएको थियो । आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।

तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आफ्नो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले भनिन् । तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , | 2 Comments »