Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘बौद्ध वाङ्गमय’

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

Posted by Ram Kumar Shrestha on May 10, 2011

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा अबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »