Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘देवदह’

लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु

Posted by Ram Kumar Shrestha on November 6, 2011

By रामकुमार श्रेष्ठ 
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।
छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएकोमासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको,  न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र?  Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , , , , , , , , , , , , , , , , , | 1 Comment »

ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

Posted by Ram Kumar Shrestha on November 2, 2011

[यही समाचार कान्तिपुरमा १३ कार्तिकमा प्रकाशित भए तापनि कान्तिपुरमा नै आज प्रकाशित यो समाचार केही फरक र अलि परिमार्जित रुपमा प्रकाशित भएको छ ।  ]

नविन पोखरेल

लन्डन, कार्तिक १६ – वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ ।

‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द वुद्ध’ शीर्षकमा टांगिएको दस्तावेजमा वुद्धिज्मलाई भारतको धर्म अन्तर्गत राख्दै ‘वुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तर पूर्वी भारतमा एक शाही परिवारमा जन्मिनुभएको हो’ उल्लेख छ । वुद्धको जन्म महारानी मायाबाट लुम्विनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ ।

‘उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट विरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्नाहरु किन घटिरहेको छ भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी वोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो’– संग्रहालयको अभिलेखमा छ ।

त्यहाँ वुद्धले ध्यानबाट वोधीसत्व प्राप्त गरेपछि मानव जीवनमा आइलाग्ने समस्या र चाहनाबीचको अन्तरसम्वन्धबारे सारनाथमा बसि सन्देश दिलाएको उल्लेख छ । वुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि वुद्धका उपदेश शिष्यहरुमा बाँडियो भनिएको छ ।

म्यूजियमको ‘द डिपार्टमेन्ट अफ एसिया’ मा मात्र एसिया महादेशका ७० हजार र संग्रहालयभर विश्वका ७० लाख ऐतिहासिक कलात्मक सामाग्री संग्रहित छन् । एसोसिएसन अफ लिडिङ भिजिटर एट्रयाक्सनका अनुसार, सन् २०१० मा ५८ लाख ४२ हजार १ सय ३८ जनाले ब्रिटिश म्युजियम अवलोकन गरेका थिए जुन बेलायतमै सबैभन्दा बढि आगन्तुक तान्ने गन्तव्य थियो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , | Leave a Comment »

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

Posted by Ram Kumar Shrestha on May 10, 2011

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा अबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »