Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘लुम्बिनी’

नयाँ बर्ष २०६९ को शुभ-कामना !!!

Posted by Ram Kumar Shrestha on April 11, 2012

जे होस अब पुन: एउटा सकारात्मक सोंच, आशा, उमंग सहित नयाँ बर्ष २०६९ लाई स्वागत गरौं । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने गणतान्त्रिक राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस; नेपालीको चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जिउने वातावरण तयार होस । संपूर्ण नेपालीमा पनि तदनुरुपको भावनाको बिकास होस । यो नयाँ वर्ष २०६८ को सुखद उपलक्ष्यमा मेरोतर्फबाट यहाँहरु लगायत यहाँहरुको स- परिवारमा सुख, शान्ति तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभ कामना !!!

२०६८ मिश्रित परिणाम दिएर बिदा लिंदैछ हामीबाट ।

राजनीतिले कता कता केही गति लिन लागेको हो कि जस्तो लक्षण बर्षको उत्तरार्धमा देखा परे तापनि बुद्धिजीबिहरुले पार्टीभन्दा माथि उठेर नेताहरुभन्दा फरक र फराकिलो चरित्र र सोंच प्रदर्शन गर्नु पर्नेमा राजनीतिक कार्यकर्ताभन्दा अलिकति पनि फरक नदेखिने गरी प्रदर्शित भएर देशमा हुन लागेको महत्वपूर्ण काम समेत संकुचित सोंचका कारण भाँडेर मर्यादित केही बुद्धिजीबि अत्यन्तै बिबादमा आउने दु:खद काम भयो यो बर्ष । काठमान्डौंका साँगुरा सडकहरु अहिलेसम्म असम्भब जस्तो देखिएको परंपरालाई तोडदै फराकिलो बन्दैछ । नयाँ सरकारले ठूलो मन्त्रीमण्डल र बिपा जस्तो बिबादित संझौता बाहेक केही नयाँ कार्यको शुरुवात गर्‍यो । पदमा नै भएको मन्त्रीलाई भ्रस्टाचारको अभियोगमा जेल चलान गर्ने र केही मन्त्रीलाई बर्खास्त गर्ने जस्ता कामको शुरुवात भयो । सेना समायोजन विशेष समितिको निर्णाय अनुसार माओवादी लडाकुका सबै शिविर मंगलबारदेखि नेपाली सेनाको कमान्डमा सुम्पिएको छ । सेनाको नियन्त्रणमा शिविर र हतियारको सुरक्षा हुनेछ । अब सबैको ध्यान संबिधान निर्माणतिर केन्द्रित हुनेछ । माओबादीभित्रको चरम बिबाद कता कता “तँ रोएको झैं गर, म कुटेको झैं गर्छु” भन्ने आशंकाको अब अन्त्य जस्तै बन्न पुगेको छ ।

बुद्ध जन्मस्थल दिग्भ्रम चिर्ने महत्वपूर्ण श्रृन्खलाहरु :
संयुक्त राष्ट्र संघलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत बुद्धको जन्मभूमि लुम्बिनीको बिकासको लागि अन्तराष्ट्रिय सहयोग र सदभाब र अन्तराष्ट्रिय समितिको यथाशीघ्र पुन: सकृयताको लागि गरिएको आह्वानपस्चात ३० असोजमा मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउने निर्णय गरी बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन र त्यसपस्चात प्रचण्डको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता सु-समाचारहरु भारतले नक्कली लुम्बिनी निर्माण कार्य अन्तिम चरणमा पुर्याएको बेला अत्यन्तै सुखद मान सकिन्छ । गत अक्टोबर २४ को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचार पढेपछि गत डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्धसम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा बुद्ध जन्मस्थलबारे सच्याउने निर्णयले एउटा महत्वपूर्ण ढोका खोलेको छ । वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश नेपालीहरुको ब्यापक दबाबका कारण सच्याउने निर्णय गरेको लामो समयपस्चात सच्याए पनि चित्त बुझ्दो किसिमले भने सच्याइएको छैन र यस्को लागि थप दबाब दिनु पर्ने देखिन्छ । दक्षिण एशिया हेर्ने क्युरेटर भारती भएको कारण उस्ले आफ्नो अधिकार दुरुपायोग गरेको देखिन्छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011

१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | Leave a Comment »

लुम्बिनी भ्रमण बर्ष २०१२ मनाउन गरिएको निर्णयको सम्बन्धमा प्रेस बिज्ञप्ति

Posted by Ram Kumar Shrestha on October 19, 2011

बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ  । त्यसैले ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज उहाँ करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा समेत आजको अशान्तमय बिस्व परिबेशका कारण संपूर्ण जाती, धर्म, सम्प्रदायका बीच झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले युनेस्कोले बुद्ध जन्मस्थल लुम्बिनीलाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा । बिस्वमा करीब ५० करोड बुद्धिस्ट छन भने बिस्वभरि बुद्धिज्मलाई धर्मभन्दा बिज्ञानको रुपमा लिने पनि लाखौं छन । र उक्त संख्याको ०.१ प्रतिशत मात्र पर्यटक बर्षेनी भित्र्याउने बातावरण तयार गर्न सकियो भने पनि बर्षमा ५ लाखभन्दा बढी पर्यटक भित्रिने देखिन्छ र यसबाट मात्रै अरबौं रुपयाँ देश भित्र्याउन सकिने देखिन्छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा

Posted by Ram Kumar Shrestha on October 17, 2011

प्रचण्डको संयोजकत्वमा लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति

३० असोज, काठमाडौं । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष बनाउने निर्णय गरेको हो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा

Posted by Ram Kumar Shrestha on October 17, 2011

प्रचण्डको संयोजकत्वमा लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति

३० असोज, काठमाडौं । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष बनाउने निर्णय गरेको हो ।

बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको छ । समितिमा वनमन्त्री मोहमद वकिल मुसलमान, कांग्रेस नेता एवं पूर्व संस्कृतिमन्त्री मिलेन्द्र रिजाल, एमाले नेता मंगलसिद्धि मानन्धर लगायतका ६ जना सदस्य रहनु भएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो-लुम्बिनीको विकासका लागि लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरिएको छ । समितिमा पूर्वप्रधानमन्त्री प्रचण्डको संयोजक हुनुहुन्छ ।’ माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीको विकासका लागि महत्वकाक्षी योजना अघि सारेको चिनियाँ एनजीओ एपेकको समेत उपध्यक्ष हुनुहुन्छ ।

सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview.

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

थाई राजाको चौरासीमा नेपाली सर्जाम

Posted by Ram Kumar Shrestha on September 12, 2011

सुरेन्द्र पौडेल, काठमाडौँ, भदौ २५- थाइल्यान्डका राजा भूमिबोल आदिल्यादेजको चौरासी पूजाको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय मेलामा नेपाल झल्किने बगैंचा बनाउन सरकारले विशेष वनस्पति पठाउने भएको छ।

आफूलाई राजा जनकको सन्तान मान्ने थाई राजा भूमिबोलको आउँदो कात्तिकमा चौरासी पूजा हुँदैछ। हिन्दु र बौद्ध धर्मअनुसार ८४ औं जन्मदिनको अवसरमा यस्तो पूजा गरिन्छ। थाई रानीको ८० औं जन्मदिन र युवराजको ६० औं जन्मदिन पनि यही सेरोफेरोमा पर्छ।

यही मेलोमा थाइल्यान्डको कृषि मन्त्रालयले कात्तिक २३ देखि फागुन ३ सम्म (९९ दिन) राजधानी बैंककको च्याङमाईस्थत ‘रोयल फ्लोरा राजा प्रुएक ‘ पार्कमा अन्तर्राष्ट्रिय कृषि मेला गर्न लागेको हो। Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

भारतीय मिडियाको दादागिरी

Posted by Ram Kumar Shrestha on August 8, 2011

विश्व समुदायले बुद्धको जन्मस्थान लुम्बिनी भएको स्विकार गरिसिक्दा पनि उसले लुम्बिनी भारतमा पर्छ भन्दै भ्रम फैलाई नै रहेको छ। माधव नेपाल नेपालको प्रधानमन्त्री चुनिंदा भारतीय संचार माध्ययमले भारतीय मुलका नेपाल नेपालके प्रधानमन्त्री भन्दै प्रचार गरेका थिए। लुजेन्द्र प्रकरण त्यसको निरन्तरताको एक अंश मात्र हो।

भारतीय नेताको मात्र हैन,मिडियाको दादागिरी पनि टुलु टुलु हेरेर बस्नुपर्ने यो कस्तो बाध्यता हो हाम्रो?

के डोटी जिल्ला भारतभित्र पर्छ? कि ठमेलसंगै जोडिएको नयांबजार वा म्हैपी भारतीय सिमाभित्रका स्थान हुन? भारतको नक्सा हेर्ने हो भने यी दुबै प्रश्नको उत्तर हैन भन्ने पुष्टी हुन्छ नै। यदि त्यसो हो भने हिजोका दिनसम्म कुनै वास्तै नभएका लुजेन्द्र ओझाले जव मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाएको सार्वजनिक भएपछी उनी एकाएक कसरी भारतीयमुलका भए ? मंगलग्रहबारे लामो समयदेखि अनुसन्धान गरिरहेको नासाले मंगलग्रहमा नुनिलो पानीको सतह भएको पत्ता लागेको घोषणासंगै त्यसको अनुसन्धानको श्रेय नेपाली मुलका हैन नेपाली नागरिक लुजेन्द्रलाई दिएपछी अहिले भारतीय मिडिया उनलाई भारतीय मुलका बैज्ञानीक भन्दै प्रचारप्रसारमा ब्यस्त छ।

डोटी महादेवस्थान,गाविस २ का उनी सन् २००८ मा अमेरिका जानु अगाडिसम्म काठमाडौंको म्हैपीमा बस्दै आएका थिए। अनी ग्यालेक्सी पब्लीक स्कुलमा अध्ययनर उनी बाबुको पिएचडीसंगै अमेरिका गएका थिए। जहां पुगेर उनले नेपाली बैज्ञानिकहरुले कल्पनै गर्न नसक्ने उपलब्धी पाए। जुन उपलब्धीले सबै नेपालीको शिर उचो बनाएको छ।

उनीहरुले लुजेन्द्र कुन आधारमा भारतीयमुलका हुन भन्ने खुलाउन सकेको छैन। लुजेन्द्रसंगै नेपालको नाम समेत चर्चामा आएपछी केही भारतीय मिडिया अहिले ज्यान फालेर लागेका छन् लुजेन्द्रलाई भारतीय मुलको बैज्ञानीक बनाउन।

त्यसमा सबैभन्दा अगाडि देखिएको छ इन्डीया एक्सप्रेस। जसले आाफ्नो समाचारको प्रारम्भमै भारतीयमुलको भनेर दावी गरेको छ। तर समाचारमा उनी कुन आधारमा भारतीयमुलका भए, उनी भारतको कहां बस्थे? केही खुलाएको छैन समाचारमा।

नेपाल र नेपालीको उपलब्धी विरुद्ध भ्रम फैलाउन होस् या गलत प्रचारप्रसारमा भारतीय मिडिया सधै एक कदम अगाडि नै छन्। सगरमाथा चढ्ने तेन्जीगं शेर्पालाई प्रलोभनमा पारेर भारतीय नागरिक बनाईछाड्यो। त्यसपछीपनि उसको अभ्यास रोकिएको छैन। आफ्नो नभएपनी भ्रम फैलाएर राम्रो कामको श्रेय लिने अनी नेपाल र नेपाली संलग्नै नभएका घटनामा पनि सश्लग्न छन् भन्दै बदनाम गराउने मामलामा भारतीय मिडिया एक कदम अगाडि छन् सधै। Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , | 3 Comments »

बुद्धको जीवनी एनिमेसन फिल्ममा

Posted by Ram Kumar Shrestha on July 29, 2011

सन्तोष रिमाल, काठमाडौं, साउन १३- ‘म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथा झल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।

‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।

कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।

तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले ‘गौतम बुद्ध’को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने ‘ग्ल्यामर’ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

Posted by Ram Kumar Shrestha on May 10, 2011

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा अबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात

Posted by Ram Kumar Shrestha on January 31, 2011

तिलौराकोटमुनी शहरको अबशेष भेटियो

१७ माघ, काठमाडौं । बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।

हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।

एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।

त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।

के गर्दै छ भारतले ?

बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ जुन २०१२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।

तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन्

नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।

माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आप\mनो नाम भने बताउन चाहेनन् ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।

नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ ।

@onlinekhabar


 

Posted in समाचार | Tagged: , , , , | Leave a Comment »

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने

Posted by Ram Kumar Shrestha on August 16, 2010

देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण

Chief Guest HE Dr Suresh Chandra Chalise and representatives from different organisations

कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , | 1 Comment »

कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏

Posted by Ram Kumar Shrestha on June 1, 2010

By रामकुमार श्रेष्ठ,

पृष्ठभूमि:
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा  रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।
Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , , , , , , , , , , , | 1 Comment »